×

NMB BANK
NIC ASIA

गीतसंगीतलाई फिल्मले महत्व नदिएको संगीतकारको चिन्ता

चैत ११, २०७९

NTC
Premier Steels

नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ ।

Muktinath Bank

दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रेम गीत', 'नाई नभन्नु ल', 'म यस्तो गीत गाउँछु'लगायत चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउन सकेन ।


Advertisment
Nabil box
Kumari

प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीतसङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन ।

Vianet communication

भिडियोमा बढी लगानी गर्दा गीतसङ्गीतको स्तरमा कमी आएको सङ्गीतकार अर्जुन पोखरेल स्वीकार्छन्। 'चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । एकलरूपमा गीतिसङ्ग्रहमा आउनेमा भने त्यो लागु हुँदैन', उनले भने। 'स्टुपिड मन', 'प्रेम गीत', 'ऐश्वर्य', 'म यस्तो गीत गाउँछु' सफल हुनुको कारण गीतसंगीत नै भएको पोखरेलको भनाइ छ ।

चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए। 'काममा बजेटले असर गर्छ । हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ', उनले भने, 'केही निर्माता गीतलाई भिडियोमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठीकठाक गरौँ भन्ने पनि हुनुहुन्छ । उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौँ ।'

संगीतकार शम्भुजित बाँस्कोटा गीतसंगीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउँछन्।

'पहिला चाडपर्वलाई लक्षित गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो । त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्', उनले भने। प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रदर्शन भइरहेको छ । यसको गीतसङ्गीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेको छ ।

घरेलु बजारसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बताए। 'हामी प्रति दर्शकको विश्वास छ । साथै गीतसङ्गीतले समेत सामाजिक सञ्जालमार्फत प्रचारमा सघाएको छ', उनले भने। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x