×

NMB BANK
NIC ASIA

सरकार विस्तारको तयारी

सरकारलाई पूर्णता दिन बालुवाटारमा एकै दिन सत्ता गठबन्धनको दोस्रो बैठक

चैत १५, २०७९

NTC
Premier Steels

सरकार विस्तार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा बुधबार दोस्रो पटकको बैठक शुरू हुन लागेको छ ।

Muktinath Bank

बुधबार बिहान २ घण्टासम्म बसेको बैठकमा मन्त्रालयको भागबन्डामा सहमति नभएपछि पुनः ३ बजे बस्ने भन्दै नेताहरू उठेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बैठक शुरू हुन लागेको जानकारी दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

बिहानको बैठकले तत्काल मुख्य दलबाट एक-एक जना मन्त्री बनाएर पहिलो चरणमा मन्त्रीको शपथ गराउने र पछि दोस्रो चरणमा सरकारलाई पूर्णता दिने विषयमा छलफल गरेका थिए ।

Vianet communication

बिहानको छलफलपछि प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसमक्ष मन्त्रीको नाम दिन आग्रह गरेका थिए । 

लगत्तै नेकपा एसले पहिलो चरणमा सरकारमा प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ । 

पहिलो चरणमा कांग्रेस, नेकपा एस, जसपासहित मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री रहेका बताइन्छ । गृह मन्त्रालय भने भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पाउने भएका छन्। 

नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का वा डा. प्रकाशशरण महतमध्ये एक जना मन्त्री बन्नेछन् । तर कांग्रेसको तर्फबाट नेतृत्व गरेर उपसभपाति पूर्णबहादुर खड्का जाने सम्भावना अझै टरिसकेको छैन।

कांग्रेसले खड्कालाई पहिलो चरणमा नै पठाउने तयारी गरेको छ । उनले गृह रोजे पनि पाएनन् । अर्थमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई रोजेपछि खड्काले रक्षा वा परराष्ट्र मन्त्रालय लिनुपर्ने भएको छ । 

सरकारमा कांग्रेसले ७, माओवादीले ४, रास्वपा, नेकपा एस, जसपाले २/२ मन्त्रालय पाउने भएका छन् । यसमा कांग्रेस, माओवादी र रास्वपाले एक एक राज्यमन्त्री थप पाउनेछन् । 

लोसपा, जनमत, नागरिक उन्मुक्ति प्रत्येकबाट १/१ जना मन्त्री बनाउने तयारी छ । स्वतन्त्रमध्येबाट प्रभु साह पनि मन्त्री बन्ने लाइनमा छन् । 

१५ फागुनयता १६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । 

६ चैतमा विश्वासको मत लिएको केही दिनमै सरकार विस्तार गर्ने दाबी प्रधानमन्त्रीले गरेका थिए । तर उनले समयमा भागबन्डा मिलाउन नसक्दा सरकार विस्तारको भाका पटकपटक सर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x