×

NIC ASIA

को हुन् रवि लामिछानेविरुद्ध उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठ ?

चैत १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि चितवन २ बाट जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरस्थिति केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पान समितिको बैठकले श्रेष्ठ चितवन २ श्रेष्ठको नाम अघि सारेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४ मंसिरको चुनावमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनाव जीतेका थिए । तर नागरिकता प्रकरणमा दोषी ठहर भएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । तर पुनः नागरिकता प्राप्त गरेपछि लामिछाने नै फेरि उम्मेदवार बन्दैछन् । 


Advertisment
Rupse Holidays
Nabil box

चितवन २ मा पार्टी गठनको छोटो समयमै रास्वपाका सभापति रवि लामिछानेले फराकिलो जीत हात पारेका थिए । लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए । यहाँ कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । राप्रपाका रविन अधिकारीले भने ९५५ मत पाएका थिए । ३४ हजार ३१२ मतान्तरले विजयी भएका थिए । जुन ४ मंसिरमा चुनाव भएका १६५ क्षेत्रमध्ये सबैभन्दा फराकिलो अन्तरको जीत पनि हो । 

Vianet communication

अघिल्लोपटक कांग्रेसले उम्मेदवार बनाएका उमेश श्रेष्ठ सभापति शेरबहादुर देउवाका विश्वासपात्र उद्यमी थिए । करोडौं खर्च गर्दा पनि उनले चुनाव जीत्न नसकेपछि यसपटक स्थानीय अनुहारलाई नै कांग्रेसले उम्मेदवार बनाएको हो । उम्मेदवार बनाइएका श्रेष्ठ चितवन कांग्रेसका पूर्वसभापति हुन् । १३ औं महाधिवेशनमा जीतनारायण चितवन जिल्ला सभापति भएका थिए । 

श्रेष्ठ २०४८ सालदेखि कांग्रेसको राजनीति थालेका युवा नेता हुन् । जिल्ला सचिव हुँदै २०७२ माघमा भएको अधिवेशनमा श्रेष्ठ जिल्ला सभापति चुनिएका थिए । सभापति हुँदा उनको उमेर ३८ वर्षमात्र थियो । नेविसंघको जिल्ला सभापति हुँदै उनी पार्टी राजनीतिमा जोडिएका थिए ।  दुईपटक जिल्ला सभापति, जिल्ला सभापति बन्नु अघि २०६८ मा उनी चिवतन कांग्रेसको सचिवमा निर्वाचित भएका थिए । 

श्रेष्ठ कांग्रेसको पूर्वसंस्थापन समूहका नेता हुन् । यसैले उनलाई अहिलेको संस्थापनसहित सबै पक्षको सहयोग नमिले रविसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने बताइन्छ ।

‘पहिले केन्द्रीय पहुँचमा उमेश श्रेष्ठले टिकट ल्याएर प्रशस्त पैसा खर्च गरे पनि चुनाव जीत्न सकेनन् । फराकिलो मतान्तरले हार बेहोरे’ कांग्रेस चितवनकै एक नेता भन्छन्, ‘अघिल्लोपटकका विरोधले हुन सक्छ । यसपटक स्थानीय उम्मेदवारलाई नै कांग्रेसले उम्मेदवार बनाएको छ । तर पहिलेकै जस्तो अर्को पक्षबाट पनि समर्थन र विश्वास पाउन उम्मेदवारले सबैलाई विश्वासमा लिनुपर्ने हुन्छ ।’ जिल्ला सभापति भइसकेकोले पार्टीको संगठन परिचालनको शैली बुझेका, तल्लो तहसम्म सम्बन्ध र सम्पर्क बनाएको हिसाबले पनि श्रेष्ठलाई थप सहजता हुनेछ । 

नागरिकता प्रकरणपछिको विवाद, सरकारमा प्रवेश, बहिर्गमन, समर्थन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा फरकफरक भूमिका जस्ता विषयले रास्वपाप्रति पहिलेजस्तो सकारात्मक समर्थन र विश्वास छैन । यसलाई चिरेर अगाडि बढ्नुपर्ने चुनौतीमा रवि छन् । 

विस्तार हुँदै गरेको सरकारमा पनि सहभागी हुने सार्वजनिक इच्छा गरेर पनि रास्वपाले सरकारमा भाग पाएन । यसले पनि रास्वपालाई परम्परागत दल जस्तै सत्ता स्वार्थी दल देखाएको छ । रविले निर्वाचनमा फेरि जाँदा यो विषयलाई चिर्नुपर्नेछ । तर विपक्षीका लागि रविको यही पाटो चुनावी मुद्दा बन्ने देखिन्छ । 

कांग्रेस र रास्वपाबाट उम्मेदवार तय भए पनि एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । 

उम्मेदवार भएपछि के भने श्रेष्ठले ? 

कांग्रेसबाट चितवन २ को उम्मेदवार बनेका जीतनारायण श्रेष्ठले ४ मंसिरमा रवि लामिछानेले हावाहुरीको सिर्जना गरे पनि अहिले उनी पहिचान खोज्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यालयमा आफ्नो नाममा सहमति बनेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले अब पहिले जस्तो चिवतनमा रविको हावाहुरीको असर नहुने बताए। 

‘चितवनमा मंसिरमा भएको निर्वाचनमा हावाहुरी आएको थियो । तर जे जसरी त्यहाँ हावाहुरी आएको थियो अहिले जनताको बीचमा स्थिति त्यसतो छैन । रवि लामिछाने मेरो पहिचान कहाँ हो भनेर खोज्नुपर्ने अवस्थामा पुगेका छन्’ श्रेष्ठले भने, ‘रास्वपाले कहिले कसलाई समर्थन गर्ने, कहिले कसलाई भोट हाल्ने र किन भोट हालको भभनेर पनि खुलाएको छैन । किन सरकारलाई समर्थन गरेको र विश्वासको मत किन दिएको भनेर पनि जनतालाई भन्नु नपर्ने ? न पार्टीबाट निर्णय गर्नुपर्ने । यसपटक चितवनका नागरिक सचेत भइसके ।’

जनताले नजिकबाट लामिछानेको गतिविधिको निगरानी गरेको भन्दै १० वैशाखको निर्वाचनमा परिणाम उल्टाउने दाबी पनि उनले गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x