×

NMB BANK
NIC ASIA

अमेरिकी राजनीति

फौजदारी अपराधमा अभियुक्त बनाइएपछि कस्तो हुनेछ ट्रम्पको राजनीतिक भविष्य ?

चैत १७, २०७९

NTC
Alex Brandon/AP Photo
Premier Steels

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पोर्न स्टार स्टोर्मी डेनियल्सलाई मौन रहनका लागि पैसा खुवाएको आरोपमा अभियुक्त ठहर भएका छन् । 

Muktinath Bank

सन् २०१६ मा राष्ट्रपति निर्वाचनअघि ट्रम्पले डेनियल्सलाई आफूसँगको शारीरिक सम्बन्धको खुलासा नगर्नका लागि १ लाख ३० हजार डलर तिरेको आरोप थियो । फौजदारी अपराध मानिने गरी त्यस घटनाका साथै कारोबारमा ठगीका अन्य आरोप पनि ट्रम्पमाथि लगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस विषयमा चलिरहेको अनुसन्धानपछि अभियोग लगाउने कि नलगाउने भन्ने विषयमा म्यानह्याटन डिस्ट्रिक्ट एटर्नी कार्यालयले बृहत् जुरी गठन गरेको थियो । बिहीवार त्यस जुरीले ट्रम्पलाई अभियुक्त ठहर गरेपछि म्यानह्याटन सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिलाई फौजदारी अपराधको मुद्दा लगाइएको यो पहिलो अवसर हो । डेनियल्सलाई पैसा दिएको घटना बाहेक ३० भन्दा बढी ठगीका मुद्दा पनि ट्रम्पविरुद्ध दायर गरिएको सीएनएनले खबर दिएको छ । 

Vianet communication

ट्रम्पले अर्को साता अदालतसमक्ष आत्मसमर्पण गर्न सक्ने भनी अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । म्यानह्याटन जिल्ला न्यायाधिवक्ता आल्भिन ब्रागले एक बयान जारी गर्दै आफूले ट्रम्पको वकिलसँग सम्पर्क गरेको र उनलाई अदालतसमक्ष आत्मसमर्पण गराउनका लागि समन्वय गरिरहेको जनाएका छन् । 

सन् २०१६ मा ट्रम्प तथा उनका सहयोगीहरूले नकारात्मक खबरलाई लुकाउनका लागि प्रयास गरेका थिए । ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले डेनियल्सलाई पैसा दिएको अनि ट्रम्पका लागि राष्ट्रपति निर्वाचन अभियान चलाउँदा घोटाला गरेको आरोपमा तीन वर्षको कैद सजाय भुक्तान गरिसकेका छन् । 

त्यतिखेर कोहेन आफैंले डेनियल्सलाई पैसा दिएका थिए अनि पछि ट्रम्प अर्गनाइजेशनले वकालत खर्चका नाममा कोहेनलाई उक्त रकम भरपाई गरिदिएको थियो । अभियोजकर्ताहरूले उक्त रकमको गलत अभिलेख राखिएको आरोप लगाएका छन् । 

यसबाहेक अन्य राज्यमा पनि ट्रम्पविरुद्ध अनुसन्धान चलिरहेका छन् । सन् २०२० भएको राष्ट्रपति निर्वाचनमा जर्जिया राज्यमा आएको परिणाम उल्ट्याउनका लागि ट्रम्पले अवैध रूपमा प्रयास गरेको भनी एटलान्टाको फुल्टोन काउन्टीकी अभियोजनकर्ता फानी विलियम्सले गरेको अनुसन्धान टुंगोमा पुग्न लागेको बताइएको छ ।

अनि ट्रम्पले सन् २०२० को चुनावपछि शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण नगरेको आरोपमा डिपार्टमेन्ट अफ जस्टिसले अनुसन्धान गरिरहेको छ । वरिष्ठ अभियोजनकर्ता ज्याक स्मिथले यसका साथै ट्रम्पले गोप्य सरकारी दस्तावेज अवैध रूपमा आफ्नो घर लगेको अनि फिर्ता ल्याउने सरकारको प्रयासमा अवरोध गरेको आरोपमा पनि अनुसन्धान गरिरहेका छन् । ती अनुसन्धानमा अभियोग ठहर भई ट्रम्पविरुद्ध मुद्दा दायर गरिएमा डेनियल्स मुद्दाको भन्दा बढी गम्भीर कसूर ठहर हुन सक्ने विश्लेषकहरू बताउँछन् । 

सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि नाम दर्ता गराइसकेका ट्रम्पविरुद्ध यसरी फौजदारी मुद्दा दर्ता गरिनु राजनीतिक प्रतिशोध भएको रिपब्लिकन पार्टीले जनाएको छ । ट्रम्प स्वयंले पनि यसलाई राजनीतिक आक्रमण तथा निर्वाचनमा हस्तक्षेप भनी चित्रित गरेका छन् । 

ट्रम्प अभियुक्त वा कसूरदार नै ठहर भएमा पनि चुनाव लड्नबाट कसैले रोक्न नसक्ने क्यालिफोर्निया विश्वविद्यालयमा कानूनका प्राध्यापक रिचार्ड हासेनले सीएनएनका जखारी बी. वुल्फलाई बताएका छन् । तर अभियुक्त वा कसूरदार ठहरिएका उम्मेदवारलाई मतदाताले सकारात्मक रूपमा नलिने भएकाले ट्रम्पलाई यस अभियोगबाट राजनीतिक क्षति पुग्ने सम्भावना चाहिँ छ । 

ताजा अभियोजनपछि ट्रम्पले निर्वाचन लड्न पाउँछन् कि पाउँदैनन् भनी धेरैले जिज्ञासा राखिरहेका छन् । ट्रम्प अभियुक्त वा कसूरदार नै ठहर भएमा पनि चुनाव लड्नबाट कसैले रोक्न नसक्ने क्यालिफोर्निया विश्वविद्यालयमा कानूनका प्राध्यापक रिचार्ड हासेनले सीएनएनका जखारी बी. वुल्फलाई बताएका छन् । तर अभियुक्त वा कसूरदार ठहरिएका उम्मेदवारलाई मतदाताले सकारात्मक रूपमा नलिने भएकाले ट्रम्पलाई यस अभियोगबाट राजनीतिक क्षति पुग्ने सम्भावना चाहिँ छ । 

तर आफूलाई सत्तापक्षले पीडित बनाएको भनी ट्रम्पले यसबाट राजनीतिक लाभ लिन प्रयास गर्ने अमेरिकी विश्लेषकहरूले अनुमान गरेका छन् । ट्रम्प स्वयंले आफ्ना सहयोगीहरूलाई हत्कडी लगाइएको तस्वीर लिन अनि चारैतिर फैलाउन भनेको स्रोतहरूलाई उद्धृत गर्दै द गार्डियन पत्रिकाका ह्युगो लोवेलले खबर दिएका छन् । 

फौजदारी अपराधका अभियुक्तले आत्मसमर्पण गरेपछि औंठाछाप दिनुपर्छ र क्यामरातर्फ हेरिरहेको अनुहारको तस्वीर (मग शट) पनि खिचाउनुपर्छ । यो सब गर्न परेपछि हत्कडी पनि लगाइँदा शक्तिशाली दृश्य बन्ने र आफ्ना समर्थक तथा आम अमेरिकीहरूमाझ राजनीतिक सन्देश जाने ट्रम्पको दाउ देखिन्छ । 

राजनीतिमा प्रवेश गर्नुअघि टीभीमा रियालिटी शो चलाउने ट्रम्पलाई राजनीतिक नाटक तथा दृश्य माध्यमको प्रभावको राम्रो हेक्का छ । अहिले आफूमाथिको अभियोग तथा पक्राउलाई उपयोग गरी ‘भिक्टिम कार्ड’ खेल्दै मतदाताको सहानुभूति प्राप्त गर्न उनी लालायित देखिन्छन् । 

ट्रम्पलाई जुनसुकै हालतमा पनि समर्थन गर्ने दक्षिणपन्थीहरूको एउटा ठूलो तप्काले यस प्रकरणपछि के गर्ला भनेर पनि अमेरिकामा उत्सुकता छ । आफू पक्राउ परिन सक्ने भनी ट्रम्पले गत साता नै समर्थकहरूलाई विरोधमा आउन आह्वान गरेका थिए । 

उनका समर्थकहरू पनि डेमोक्रेटिक पार्टीले राज्यका संयन्त्रलाई हतियार बनाएर ट्रम्पलाई सताइरहेको बताउँछन् । उनलाई सत्ताबाट बाहिर राख्नका लागि डेमोक्रेटिक पार्टीले सबै किसिमको प्रयास गरिरहेको ट्रम्प समर्थकहरूको आरोप छ । 

ट्रम्पका कट्टर समर्थकहरू कामकाजी वर्गका गोरा मानिस हुन् अनि उनीहरू सम्भ्रान्त वर्ग (डीप स्टेट) ले आफूहरूलाई बेवास्ता गर्ने गरेको र ट्रम्पले आफूहरूको पीडा बुझ्ने गरेको धारणा राख्छन् । डीप स्टेट ट्रम्पलाई रोक्न लागिपरेकाले तिनको प्रतिकार गर्नुपर्ने उनीहरूको धारणा छ र ट्रम्पले पनि आफ्ना सम्बोधनहरूमा त्यसको चर्चा गर्ने गरेका छन् । 

खतरनाक कुरा त, ट्रम्पका समर्थकहरू हातहतियार बोक्ने मिलिसिया प्रकृतिका छन् । उनीहरू आफ्ना प्रिय नेतालाई राज्यले दुःख दिएको भनी आक्रोशित हुँदै हिंसा गर्न थाल्ने त हैनन् भन्ने डर पनि प्रबल छ । 

त्यसो त अहिले पनि रिपब्लिकन पार्टीमा ट्रम्पको समर्थक सूचकांक अरू प्रतिस्पर्धीहरूको भन्दा माथि छ । रोयटर्स समाचार संस्था र इप्सोस कम्पनीले मार्च महिनामा गरेको सर्वेक्षणमा ट्रम्पलाई ४४ प्रतिशत रिपब्लिकनहरूले पत्याएको पाइएको छ । उनका निकटतम प्रतिस्पर्धी फ्लोरिडाका गभर्नर रोन डिसान्टिस (औपचारिक उम्मेदवारी दिन बाँकी) लाई ३० प्रतिशतको मात्र समर्थन छ । आधिकारिक उम्मेदवारी दिएका निक्की हेली र विवेक रामास्वामीको समर्थन प्रतिशत खासै उल्लेख्य छैन । 

फौजदारी अपराधको अभियुक्त बनाइएपछि ट्रम्पले आफ्ना कट्टर समर्थक बाहेक अरूलाई आफूतर्फ आकर्षित गर्न गाह्रो हुने कतिपय विश्लेषकको धारणा छ । स्वतन्त्र तथा अनिर्णित मतदातालाई ट्रम्पको अभियोग (तथा सम्भावित कसूर ठहर) ले बिच्क्याउन सक्ने सम्भावनालाई नकार्न सकिन्न । त्यस्ता मतदाताहरू ट्रम्पले लगातार भन्दै आएको ‘होक्स’ र ‘विच हन्ट’ जस्ता शब्दबाट आजित भइसकेको विश्लेषकहरू बताउँछन् । 

ट्रम्पविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको भए पनि त्यसको फैसला सन् २०२४ को निर्वाचनअघि आउने कुनै सुनिश्चितता छैन । अनि ट्रम्पमाथिको यस अभियोगले अमेरिकाको राजनीतिक र सामाजिक संरचनामा कस्तो असर पार्नेछ भनी अहिल्यै अनुमान गर्न सकिँदैन । 

तर यसले सत्ताच्युत नेताविरुद्ध मुद्दामामिला गर्ने सत्तापक्षको प्रयास अनि सत्तामा रहिसकेको भन्दैमा अपराधबाट उन्मुक्ति पाउन नेताले गर्ने प्रयासका विषयमा रोचक बहसको थालनी गराएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x