मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चैत २०, २०७९
तनहुँ– १ बाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा कडा टक्कर पर्ने भएको छ ।
पौडेलले ५ हजार ३८० मतान्तरले जितेको तनहुँ– १ मा कांग्रेसले अहिलेसम्म अवसर नै नपाएका युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार उठाएको छ ।
उनी नेविसंघका पूर्व सभापति एवं नेपाल तरुण दलका पूर्व उपाध्यक्ष हुन् ।
अर्थशास्त्रीको छवि बनाएका स्वर्णिम वाग्ले कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट भट्टराईविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले पूर्व आईजीपी एवं तनहुँ नै पुर्ख्यौली घर भएका सवेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
तीन उम्मेदवारमध्ये कांग्रेसका भट्टराई र रास्वपाका वाग्ले आफ्नो जीवनमै पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
नेपाल प्रहरीका पूर्व आईजीपी खनाल भने ४ मंसिरको निर्वाचनमा काठमाडौं– ६ मा एमालेबाट उम्मेदवार बन्दै पराजित हुन पुगेका थिए ।
खनाल रास्वपाका शिशिर खनालसँग पराजित भएका हुन् ।
रास्वपा खनालले १४ हजार २०४ मत पाउँदा पराजित एमालेका सर्वेन्द्रले ८ हजार ९११ मत मात्रै ल्याएका थिए । एमाले प्रवेश गरेपछिको पहिलो निर्वाचनमा खनालले ५ हजार २९३ मतान्तरले पराजय बेहोरेका थिए ।
तर, यसक्रममा खनालले कांग्रेसका अनुभवी नेता भीमसेनदास प्रधानलाई पछाडि छोडेका थिए । प्रधानले ८ हजार ८०५, राप्रपाका विष्णुप्रसाद आचार्यले १ हजार ९८० र स्वतन्त्रका सञ्जयमान श्रेष्ठले ५४६ मत आएको थियो ।
अहिलेसम्म अवसर नपाएका भट्टराईलाई कांग्रेसले उम्मेदवार बनायो । तर, त्यही दिन स्वर्णिम कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरे । लगत्तै स्वर्णिमको छनोटमा ४ मंसिरको निर्वाचनमा नयाँ दलका रूपमा उदाएको रास्वपा परेको हो ।
रवि लामिछानेको नेतृत्वमा खुलेको रास्वपा छोटो समयमै २० सीट जितेर सनसनी मच्चाएको थियो । यही आकर्षण देखेका स्वर्णिमले चटक्कै कांग्रेस छाड्नुले धेरैलाई आश्चर्यमा पारेको छ ।
बलियो जनाधार रहेको क्षेत्रमा एमालेले भने यसपटक स्थानीय अनुहार उठाउन चाहेन । बरु एमालेले तनहुँ जिल्लाबाट सिफारिशमा पारेरै सर्वेन्द्रलाई उम्मेदवार बनायो ।
सधैं हेबिवेट नेता रोजाइमा पर्दा अवसर नपाएका भट्टराईको वाग्ले र खनालसँग प्रतिस्पर्धा यसपटक रोचक हुने अनुमान गरिएको छ ।
रामचन्द्र पौडेल, गोविन्दराज जोशी, शंकर भण्डारी, प्रदीप पौडेलजस्ता नेता रहेको तनहुँ कांग्रेसमा यसपटक अवसर नपाएको भन्दै भट्टराईप्रति बढी नै सद्भाव रहेको बताइन्छ । तर पछिल्लो निर्वाचनमा परम्परागत राजनीतिक शक्तिविरुद्ध चुनावी परिणाम उल्ट्याएको रास्वपाका प्रभावशाली अर्थशास्त्री उम्मेदवार र चर्चित प्रहरी ‘अफिसर’ खनालसँग भट्टराईको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।
भट्टराईप्रतिको सद्भाव, रास्वपाको आकर्षण, स्वर्णिमप्रतिको विश्वास र कुनै बेलाका प्रभावशाली प्रहरी ‘अफिसर’ एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएकाले पनि तनहुँ– १ चर्चामा देखिएको छ । कांग्रेस सत्ता गठबन्धनको बलमा जित्न चाहन्छ । रास्वपा परिवर्तनप्रतिको भोक र आकर्षण आफ्नो पक्षमा रहेको जबर्जस्त स्थापित गर्ने हुटहुटीमा छ । एमाले सत्ता गठबन्धनविरुद्ध एक्लै चुनाव लडेर आफ्नो प्रभाव र लोकप्रियता नघटेको देखाउन चाहन्छ ।
यस्तो थियो ४ मंसिरको चुनावी परिणाम
मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ– १ बाट कांग्रेस नेता पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरको १९ हजार ९८१ मत आएको थियो । २०४८ यताका ७ मध्ये ६ वटा चुनाव जित्दै आएका पौडेल यसपटक ५ हजार ३८० मतान्तरले चुनाव जित्न पुगेका थिए ।
जिल्लाको राजनीतिमा सधैं रामचन्द्र पौडेलसँग द्वन्द्वमा उत्रिँदै आएका गोविन्दराज जोशीले स्वतन्त्रबाट ६ हजार ८८६ ल्याएका थिए । पछिल्लो निर्वाचनमा लहर देखिएको राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलको ६ हजार ४४ मत आएको थियो ।
केन्द्रकै प्राथमिकतामा तनहुँ र चितवन
मुख्य राजनीतिक पार्टीले नै तनहुँ– १ मा हुने उपनिर्वाचनलाई प्राथमिकतामा राखेका छन् । कांग्रेसले भट्टराईको उम्मेदवारी मनोनयन अगाडि नै महामन्त्री गगन थापालाई तनहुँ खटाएको थियो । थापालाई तनहुँ खटाउनुको कारण पनि रणनीतिक देखिन्छ, किनकी भट्टराईका प्रतिस्पर्धी स्वर्णिम कांग्रेसमा गगन थापासँग निकट सम्बन्ध भएका अर्थशास्त्री हुन् ।
४ मंसिरको निर्वाचनमा थापा स्वर्णिमलाई काठमाडौं– ४ छाडेर सर्लाही– ४ मा निर्वाचन लड्न तयार भएको चर्चा भएको थियो । तर, आन्तरिक समीकरण नमिल्दा थापा काठमाडौंमै निर्वाचन लडेका थिए । यसैले पनि कांग्रेसले उनै स्वर्णिमविरुद्ध माहोल बनाउन लोकप्रिय युवा नेता थापालाई तनहुँ खटाएको हो ।
तनहुँ पुगेर थापाले ‘घुम्दै आएका टुरिस्ट उम्मेदवारले अन्यत्र मादल बजाएजस्तो कांग्रेस चोकमा राखेको मादल होइन’ भन्दै स्वर्णिमको नाम नलिई आलोचना गरेका छन् ।
थापा यतिमै अडिएनन् विदेशमा जागिर खाएर, घर बनाएर र पेन्सन पकाएर आएका व्यक्तिले नेपालमा संघर्ष गरेकाहरूप्रति आक्षेप लगाउन नमिल्ने बताए ।
अवसर पाउँदा र मन्त्री बनाउँदा दाजु पनि ठीक र भाउजू पनि ठीक भन्नेले अवसर नपाउँदा धैर्य गर्नुको साटो लाञ्छना लगाउनु अव्यावहारिक भएको उनको टिप्पणी छ ।
उम्मेदवार बनेका भट्टराईले आफ्नो सक्रियता, निरन्तरता, भूगोलसँगको सामिप्यता नै जीतको आधार रहेको बताएका छन् ।
कांग्रेसले तनहुँसँगै चितवनलाई पनि पनि उत्तिकै प्राथमिकतामा राखेको छ । चितवन २ मा हुने उपनिर्वाचनका लागि खटाएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेविरुद्ध परिणाम उल्टाउने दाबी गरे । त्यहीँबाट उनले स्वर्णिमविरुद्ध आलोचना गर्न भ्याए । ‘कांग्रेसले उहाँ (स्वर्णिम)लाई अवसर दियो । तर, उहाँ उल्टै कांग्रेसलाई गाली गरेर हिँड्नुभयो,’ शर्माले चितवनबाट भने ।
कांग्रेसले मात्रै होइन उपनिर्वाचनमा तीनवटै क्षेत्र जितेर ‘क्लीन स्वीप’ गर्ने उद्घोष गरेको रास्वपाले पनि उपनिर्वाचनलाई उत्तिकै महत्त्व दिएको छ । चितवन– २ मा बिहानै उम्मेदवारी दर्ता गरेपछि सभापति रवि लामिछाने आफैं तनहुँ– १ मा स्वर्णिमको उम्मेदवारी मनोनयन दर्ता गर्न पुगे ।
रविलाई साथमा लिएर उम्मेदवारी दर्ता गर्न पुगेका वाग्लेले राज्यको अवस्था शिथिल भएको भन्दै सामान्य झारफुक होइन, सर्जरी गरेर अर्थतन्त्र उकास्न आफू उम्मेदवार बनेको टिप्पणी गरे ।
‘अब सामान्य हिसाबले चल्नेवाला छैन । चितवनमा जसरी रविजीलाई जिताएर पठाउनुभयो, त्यस्तै सन्देश तनहुँबाट पनि दिनुपर्नेछ । अब सामान्य घिसिपिटी र लरतरो पाराले चल्नेवाला छैन,’ आफ्नो विज्ञता रहेको अर्थतन्त्रबारे उनले भने, ‘राज्य र अर्थतन्त्र बिरामी परेको छ । यसको सुधारको लागि अब सामान्य झारफुक र टालटुले विधिले हुँदैन । अर्थतन्त्रको सर्जरी नै आवश्यक भएकाले म चुनावी मैदानमा होमिएको हुँ ।’
एमाले उम्मेदवार सर्वेन्द्र खनाल पनि चुनाव जित्नका लागि कम्मर कसेर लागेका छन् । उनले विगतका योगदानलाई हेरेर जनताले आफूलाई सांसद बनाउनेमा विश्वस्त रहेको बताए ।
एमालेले तनहुँजस्तै चितवन– २ लाई पनि विशेष प्राथमिकता दिएको छ । चितवन– २ मा प्रभावशाली नेता गोकुल बास्कोटालाई उपनिर्वाचन कमान्डर बनाएर खटाइएको छ ।
चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै बास्कोटाले रविलाई लक्षित गर्दै सरकारमा जाने, फिर्ता हुने, राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने, फेरि सरकारमा जाने जस्तो अमिल्दो कच्चा खेल खेलेको आरोप लगाए ।
‘पिँध नभएको पार्टी होइन, भविष्य भएको पार्टी एमालेका रामप्रसाद न्यौपानेलाई जिताउनुस्’ भनेका बास्कोटाले रास्वपाको भदौरे बाढीले ल्याएको भेल नारायणीमा मिसिएर संग्लिसकेको टिप्पणी गरे ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...