×

NIC ASIA

राहदानी दुरुपयोग प्रकरण

रविको मुद्दा हेर्न नमिल्नेमा, आज सुनुवाइ भएन

चैत २१, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।

न्यायाधीश अनिल सिन्हाले यसअघि रविको नागरिकतासम्बन्धी मुद्दाको फैसलामा आफूले राय दिइसकेकाले हेर्न नमिल्ने निर्णय गरेको निवेदकका तर्फबाट बहसको तयारीमा रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राहदानी दुरुपयोगसम्बन्धी अभियोगमा रविविरुद्ध मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय खारेजीको मागसहित अधिवक्ता युवराज सफलले सोमवार सर्वोच्चमा रिट दायर गरेका थिए ।


Advertisment
Rupse Holidays
Nabil box

उक्त रिट न्यायाधीश सिन्हाको इजलासमा पेशी चढेको थियो ।

Vianet communication

यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइमा बहसको अनुमति माग्दै लामिछानेका वकिलहरूले इजलाससमक्ष निवेदन दिएका थिए ।

आफूहरू सरोकारवाला भएकाले बहसमा सहभागी हुन पाउनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलको नेतृत्वमा रविका तर्फबाट इजलाससमक्ष निवेदन परेको थियो ।

निवेदनमा पोखरेलका अलावा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतम तथा अधिवक्ताहरू राजेन्द्रप्रसाद सेढाइँ, रिमा शर्मा, मोहम्मद आफ्ताब आलम, सुविज्ञ पन्त र सरोज सिलवालको हस्ताक्षर छ ।

सामान्यतया प्रारम्भिक सुनुवाइमा निवेदक पक्षले मात्र बहस गर्ने प्रचलन छ । इजलासले अनुमति दिए मात्र विपक्षीले बहसमा सहभागिता जनाउन पाउने छन् । 

बहसका लागि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू शिवकुमार यादव, कीर्तिनाथ शर्मा पौडेल, राधिका खतिवडा, अर्जुन थापा, नितिका ढुंगाना, श्यामकृष्ण मास्के र केवाङ हाङ राई पालो कुरेर बसेका थिए । अब यस मुद्दामा अर्को दिन सुनुवाइ हुनेछ ।

अमेरिकी नागरिकता कायम रहेकै बेला झुटो विवरण दिएर नागरिकता लिएको र त्यसको दुरुपयोग गरेको अभियोग रविमाथि छ । तर, सरकारले यस विषयमा छानबिन टुंग्याएर मुद्दा नचलाउने निर्णय गरिसकेको छ ।

सोही सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x