×

NMB BANK
NIC ASIA

सरकारी तलब खाने शिक्षकले राजनीति गर्ने देश नेपालबाहेक अन्त छैनः रवीन्द्र मिश्र

चैत २१, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरणको सम्भव नरहेको दाबी गरेका छन्। 

Muktinath Bank

मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकारी कार्यालयमा ७ युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पारे।


Advertisment
Nabil box
Kumari

वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताए।

Vianet communication

उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरे। शिक्षामा राजनीतीकरण गर्नु जघन्य अपराध भएको उनको भनाइ थियो। 

उनले भने, ‘सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानून लिएर आउँ, त्यो कानूनले नै सार्वजनिक विद्यालयका शिक्षकहरूलाई, सरकारी तलब खाने शिक्षकहरूलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईंले मरिमेट्नुस् यो देशको रुपान्तरण सम्भव छैन ।'

यो देशमा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरूले (अपवादलाई छोडेर) सार्वजनिक स्कुलमा पढाउने नगरेका उनको भनाइ थियो। 

उनले भने, 'किनभने हामी हाम्रा छोराछोरीको भविष्यमा खतरा मोल्न सक्दैनौँ । यो देशका बुर्जुवा शिक्षा भनेर धेरै हामीले भाषण सुन्यौँ । त्यो शिक्षा प्रणालीबाट देशको रुपान्तरण हुँदैन भनेर आउनुभएका नेताहरू आज आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनुहुन्छ, यो पीडाको विषय हो,' मिश्रले भने। 

कमसेकम विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न उनले अनुरोध गरे। 'देशको रुपान्तरण हुनै सक्दैन । निजी बिजनेस गर्न दक्ष जनशक्ति चाहिने अनि देशको विकास गर्न दक्ष जनशक्ति नचाहिने ? देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, कांग्रेस बनाएको छ, कम्युनिष्ट बनाएको, प्राध्यापकलाई त्यही छ, उनीहरूले कम्युनिष्ट हुन् कि कांग्रेस कम्युनिष्ट राप्रपा ? यो जसलाई म शिक्षाको राजनीतीकरणलाई जघन्य अपराध भन्छु,’ मिश्रले भने। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x