×

NIC ASIA

उपनिर्वाचन विशेष

तनहुँ १ को चुनावमा जोशी ‘फ्याक्टर’– कति छ गोविन्दराजको शक्ति ?

चैत ३०, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सम्पूर्ण रूपले केन्द्रित भएको छ । उपनिर्वाचन हुन लागेका ३ मध्ये २ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले दुवै क्षेत्र जित्ने दाबी गरेको छ ।

त्यसक्रममा एक क्षेत्रको नतिजा जोगाएर अर्को क्षेत्र बोनसका रूपमा प्राप्त गर्ने दाबी कांग्रेस नेताहरू गर्छन् । कांग्रेसबाटै निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएको तनहुँ– १ र नागरिकता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको पद गुमेपछि उपनिर्वाचन हुन लागेको चितवन– २ मा कांग्रेसका उम्मेदवार छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लोपटकको सीट संरक्षण गर्ने लक्ष्यसहित तनहुँमा कांग्रेसले आन्तरिक विवादको व्यवस्थापनसहित सम्पूर्ण खालको प्रयास गरिरहेको छ । त्यसक्रममा लामो समयदेखि कांग्रेसविरुद्ध विद्रोह गरेर मैदानमा उत्रिँदै आएका गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिएर उनलाई समेट्ने आश्वासन नेतृत्वले दिएको थियो । 


Advertisment
Rupse Holidays
Nabil box

सभापति शेरबहादुर देउवाले घरमै बोलाएर जोशीपुत्र दीपकराजलाई आश्वासन दिएका थिए । देउवाले आश्वासन दिँदै कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्न आग्रह गरेका थिए । तर, पछिल्लो १३ दिनसम्म पनि आफूहरूसँग कुनै वार्ता नगरेको भन्दै यो समूहले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्न नसक्ने चेतावनी दिएको छ । 

Vianet communication

बरु जोशी समूहले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई सघाउन सक्ने गरी संवाद अगाडि बढाएको छ । आफूहरूलाई अल्झाउने मात्रै काम गरेकाले अब एउटा निर्णयमा पुग्नैपर्नै जोशी बताउँछन् । तनहुँ १ मा कांग्रेसबाट जिल्लाकै नेता भट्टराई, एमालेबाट पूर्व आईजीपी सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले प्रतिस्पर्धामा छन् । 

‘कांग्रेसको क्रियाशील सदस्य म पनि छैन । छोरा दीपक पनि छैन । तत्काल क्रियाशील सदस्यता पनि नदिने अनि कांग्रेस उम्मेदवारलाई सहयोग गर मात्रै भनिररहने ?’ नेपाली कांग्रेस स्वतन्त्र अभियान जोशी समूह तनहुँ चलाइरहेका गोविन्दराजले भने, ‘भन्नलाई सभापतिले केन्द्रीय सदस्यको प्रस्ताव गरेको भन्ने हल्ला चलाइएको छ । तर, यी सबै झुटा हुन् । १३ दिनसम्म विषयमा प्रवेश गरेर वार्ता नगर्ने अनि सहयोग मात्रै खोजिरहने शैलीलाई पत्याइरहनुपर्छ भन्ने छैन । म काठमाडौंमै छु, शनिबारसम्म दमौली पुगेर सल्लाह गर्छु, अनि एउटा निर्णयमा पुग्छु ।’

रास्वपाका स्वर्णिमलाई अहिलेसम्म समर्थन गरिनसके पनि कांग्रेसले बेवास्ता गरे अब निर्णय गरेर अगाडि बढ्ने उनी बताउँछन् । 

‘हो, यसअघि म निष्पक्ष नै बस्ने भनेको थिएँ । तर, हामीलाई झन् पेल्ने का भएपछि हिजो वक्तव्य नै जारी गरेका छौं,’ जोशी भन्छन्, ‘स्वर्णिमलाई समर्थन गर्ने निर्णय अहिलेसम्म गरिसकेका छैनौं । तर पर्सिसम्म दमौली पुगेर एउटा निर्णय गर्छु ।’ 

जोशी काठमाडौंमा रहे पनि छोरा दीपक भने तनहुँमा रास्वपासँग वार्तामा रहेको बताइन्छ । जोशीले बिहीवार बिहान वाग्लेसँग वार्ता गरेका हुन् । तर, गोविन्दराजले आफू दमौली गएपछि मात्रै निर्णय लिने प्रस्ट्याएका छन् । 

बुधवार जोशीले विज्ञप्ति जारी गर्दै आफूहरूलाई झुक्याउन खोजेको उल्लेख गरेका छन् । 

‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसूस हामीले गरेका छौं । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौं,’ जोशीले भनेका छन् । 

गल्तीप्रति आत्मालोचना गर्ने र उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहनेजस्ता निर्णयहरू जालझेलपूर्ण र अपमान गर्ने नियतले आएको उनको भनाइ छ । 

बरु कांग्रेसभित्रै उममेदवारविरुद्ध छलकपट भएको उनको दाबी छ ।

‘यसमा हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौं, अर्थात् यो उपनिर्वाचनमा हाम्रो कुनै आधिकारिक उम्मेदवार छैन । तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकाले स्वतन्त्र छौं र स्वतन्त्र रहिनैरहने छौं,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल–कपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ । यस विषयमा अहिले हाम्रो कुनै टिप्पणी छैन ।’

आफूसँग कटुतापूर्ण सम्बन्ध रहेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँको राजनीतिमा फेरि पनि फर्किन सक्छु कि भन्ने बाटो पनि जोशीले हेरिरहेको बताइन्छ । सोही कारण तत्काल निर्णय नगरेर उनले दबाब सिर्जना गरिरहेका हुन् ।

‘यो उप–निर्वाचमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ,’ जोशीले भनेका छन्, ‘त्यसैले मतदान गर्दा २१औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछौं ।’

तनहुँमा कति बलियो छ जोशी समूह ? 

गृहमन्त्रीसहित पटक–पटक मन्त्री भएका जोशी कांग्रेसका पूर्व सहमहामन्त्री समेत हुन् । तनहुँको राजनीतिमा तल्लो तहसम्म जोशीको बलियो प्रभाव छ । जिल्लाको राजनीतिमा रामचन्द्र पौडेलसँग सधैं तिक्ततापूर्ण सम्बन्धमा रहेका जोशीको प्रभाव आजसम्म पनि घटेको छैन । ४ मंसिरमा तनहुँ– १ बाट उनै पौडेलले ५ हजार ३८० मतान्तरले जितेका थिए ।

एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवारी दिएर पनि जोशीले ६ हजार ८८६ मत ल्याएका थिए । 

गोविन्दराज मात्र होइन, छोरा दीपकले गत स्थानीय तहको निर्वाचनमा तनहुँको ब्यास नगरपालिकामा यही जोशी समूहबाट उम्मेदवारी दिएका थिए ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत ल्याएर जित्दा जोशीपुत्र दीपकराज जोशीले ११ हजार ८२६ मत ल्याएका थिए । एमालेको समेत साथ पाएर कैँची चिह्नमा उठेका दीपकले २५२ मतान्तरले मात्रै हार्न पुगेका थिए । विभिन्न हतकण्डा अपनाएर आफूहरूलाई चुनाव हराइएको जोशी समूहले आरोप लगाउँदै आएको छ । 

कांग्रेसको मूलधारको राजनीतिमा नअटाए पनि पटक–पटक मन्त्री बनेका जोशीको तनहुँको राजनीतिमा तल्लो तहसम्मको पकड अझै टुटेको छैन । 

आम कांग्रेसको भोट उनले तान्न सक्दैनन् । प्रभावशाली पौडेलविरुद्ध स्वतन्त्रबाट उठेर ६८८६ मत ल्याएका जोशी कमजोर भने छैनन् । यसपटक उनका कुनै उम्मेदवार छैनन् । तर व्यक्तिगत सम्बन्धका आधारमा उनले अझै पनि ५ हजार हाराहारी भोटमा प्रभाव पार्न सक्ने बताइन्छ । त्यसैले कांग्रेसका भट्टराई, एमालेका खनाल र रास्वपाका वाग्लेबीचको त्रिपक्षीय भिडन्तमा जोशी निर्णायक बन्न सक्ने कतिपयको आकलन छ ।

तनहुँ १ मा देवघाट, आँबुखैरेनी र बन्दिपुर गाउँपालिका पर्छन् । त्यस्तै, भानु नगरपालिका र ब्यास नगरपालिकाका १ देखि ४ र ७ देखि १४ गरी १२ वटा वडा पर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x