×

NMB BANK
NIC ASIA

उपनिर्वाचनको जनादेश

मतगणनाको रुझान– घण्टीले १ को बदला २ सीट पाउने निश्चित !​

बैशाख ११, २०८०

NTC
Premier Steels

एकपछि अर्को काण्ड घटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको विश्वास बढेर गएको देखिएको छ । 

Muktinath Bank

उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाका सांसद ‘घुस काण्ड’मा मुछिएपछि सो पार्टीप्रति जनताको विश्वास घट्ने र मत प्रभावित हुने टीकाटिप्पणी भएको थियो । तर, रास्वपाले ती अनुमानलाई खण्डन गरिदिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसको गढ तनहुँमा रास्वपाका उम्मेदवारले पाइरहेको मतले भर्खरै बामे सर्दै गरेको दलप्रति जनताको भरोसा देखिएको हो ।


Advertisment
Nabil box
Kumari

तनहुँ– १ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवारले पाएको मतले रास्वपाको लोकप्रियता बढेको देखिएको छ । 

Vianet communication

पार्टी सभापति रवि लामिछाने उठेको निर्वाचन क्षेत्र चितवन २ मा रास्वपाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेको छ । 

सोमवार ढिला गरी शुरू मतगणनामा रविले अग्रता लिन शुरू गरेका छन् । शुरूमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएकोमा दोस्रो अपडेटमै रविले अग्रता लिन शुरू गरेका छन् । 

आफ्नो जीतमा ढुक्क रहेका रविले उपनिर्वाचनमा ‘एकको बदला तीन’को नारा दिएका थिए । रास्वपाले गुमाएको एक सीटको ठाउँमा तीन सीट जित्ने उनको दाबी थियो । बारा– २ मा भने रास्वपाका उम्मेदवार रमेश खरेल मुख्य प्रतिस्पर्धामै नरहेको सर्वेक्षणहरूले देखाएका छन् । 

सोमवार मध्याह्नसम्मको मतगणना रुझानले तनहुँमा स्वर्णिम वाग्लेको जीत सुनिश्चित जस्तै देखएिको छ । मतगणना भएका नगरपालिका र गाउँपालिकाका सबैजसो वडामा उनले लीड गरिरहेका छन् । 

निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारसँग उनले मतान्तर फराकिलो बनाएका छन् । त्यहाँ मंसिरको चुनावमा कांग्रेसले राम्रो मतान्तरसहित जितेको थियो । मंसिरमा चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको थियो ।  

चैत २० मा उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा पार्टी प्रवेश गरेका स्वर्णिम वाग्लेले पाएको मतले रास्वपाका नेताहरू उत्साही बनेका छन् । तनहुँ– १ मात्र नभएर देशका अन्य भूभागमा पनि पार्टीको लोकप्रियता बढेको रास्वपाको विश्लेषण छ । 

मंसिरको चुनावमा रास्वपाले बागमती प्रदेशका काठमाडौं, ललितपुर र चितवनमा प्रत्यक्षतर्फ चुनाव जितेको थियो । उपनिर्वाचन रास्वपाका लागि बोनस भएको छ । उसले आफ्नो प्रभाव गण्डकी प्रदेशमा पनि विस्तार गरेको छ । संसद्मा २० सीट रहेकोमा रविको सांसद पद खारेज भएपछि १९ मा झरेको थियो । 

चितवनमा रविले जितेमा गुमेको सीटको क्षतिपूर्तिसहित संसद्मा रास्वपा २१ जना सांसदसहितको चौथो ठूलो दलका रूपमा कायम रहनेछ । मंसिरको चुनाव रविले फराकिलो मतान्तरले जितेका थिए । विगतको मतलाई जोगाउने रास्वपाको रणनीति थियो । कांग्रेस–एमालेको रणनीति भने रास्वपातिर गएको मत फिर्ता ल्याउनेमा केन्द्रित थियो ।

रास्वपा महामन्त्री डा. मुकुल ढकाल पार्टीले लिएको नीतिलाई जनताले अनुमोदन गरेको बताउँछन् ।

‘हाम्रो पार्टी, पार्टीले लिएको नीति र उम्मेदवारलाई जनताले विश्वास गरे । जनता परिवर्तनको पक्षमा तयार भएका छन् भन्ने उपनिर्वाचनको सन्देश हो,’ ढकालले सोमवार लोकान्तरसँग भने । 

रास्वपाले पाएको मतले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दल झस्किएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा सिद्धान्त र आदर्शभन्दा पनि सेन्टिमेन्ट, आवेग र अराजकता बढेको टिप्पणी गरेका थिए । 

‘कम्युनिस्ट आन्दोलन मात्र नभई राजनीति नै विचार, सिद्धान्त र मूल्यबाट विचलनमा जालाकि भन्ने चिन्ता छ । गत चुनावलाई हेर्दा विचार, सिद्धान्त, मूल्यमान्यता बोकेको दल र उम्मेदवारभन्दा सेन्टिमेन्ट, आवेग र अराजकतालाई प्रश्रय दिएको देखियो । यसविरुद्ध बुद्धिजीविबाट वैचारिक बहस जरुरी छ,’ रास्वपाप्रति लक्षित गर्दै प्रचण्डले भनेका थिए । 

नेकपा एमालेका नेताहरूले पनि रास्वपाको अस्वाभाविक उदयप्रति कटाक्ष गरिरहेका छन् । ठूला दलका नेताको व्यंग्य र कटाक्षका बावजुद रास्वपाले आफ्नो प्रभाव विस्तार गरिरहेको उपचुनावको नतिजाले संकेत गरेको छ । रास्वपाको विस्तारले यसपटक सबैभन्दा क्षति कांग्रेसलाई भएको छ । कांग्रेसले तनहुँजस्तो आफ्नो बलियो आधार क्षेत्र गुमाएको छ भने बिकाउ उम्मेदवार पनि । 

तनहुँको प्रारम्भिक नतिजा सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवार संसदीय दलमा दिएको अभिव्यक्ति महत्त्वपूर्ण छ– पुराना दलप्रति जनताको चासो देखिएन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x