मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एकीकृत समाजवादीले सबै जनवर्गीय संगठनको पदाधिकारी भेला गर्ने भएको छ ।
पार्टीले वैशाख २० गते काठमाडौंमा भेला गर्न लागेको हो ।
पार्टीका महासचिव घनश्याम भूसालको उपस्थितिमा बुधवार बसेको मोर्चा फाँटको बैठकले पार्टी निकट २२ भ्रातृ संगठनका पदाधिकारीको भेला गर्ने निर्णय गरेको हो ।
बैठकमा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी समसामयिक राजनीतिक अवस्थामा त्यसलाई प्रयोग गर्न केन्द्रीय नीतिमा प्राथमिकतामा राखिने जनाइएको छ । पार्टीले अवलम्बन गरेको समाजवादी अर्थ व्यवस्थाको नीति तथा राजनीतिक दृष्टिकोणका साथै कार्ययोजनामा आवश्यक सुझाव दिन भेलामा राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल गरिने छ ।
महासचिव भुसालले पार्टीलाई देशभर संगठित गरी जनतालाई उत्पादनसँग जोडेर सामाजिक रूपान्तरण गरी जनमुखी बनाउन पार्टीको कार्यदिशा परिमार्जन गर्न भेला उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
मोर्चा फाँटका इन्चार्ज डा. विजय पौडेलका अनुसार पार्टीमा गर्नुपर्ने आवश्यक सुधार तथा कार्ययोजनामा परिमार्जनका लागि सामूहिक धारणा भेलाले बनाउने छ । सामूहिक धारणाका आधारमा प्रतिवेदन बनाई पार्टी केन्द्रलाई बुझाउने छ ।
सबै संगठनका करीब २०० पदाधिकारी सहभागी हुने भेलालाई अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...