×

नक्कली शरणार्थी प्रकरण

टोपबहादुरबारे अन्योल : प्रहरी भन्छ– पक्राउ परेका छैनन्, भैरहवा आएपछि सम्पर्कविहीन !

बैशाख २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बुधवार नै पक्राउ पुर्जी जारी भए पनि उनलाई पक्राउ गर्न बाँकी रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।


Advertisment

रायमाझी बुधवार सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएका थिए ।


Advertisment

अर्घाखाँचीबाट ‘काठमाडौं जाँदैछु’ भनेर निस्किएका रायमाझी अहिले सम्पर्कविहीन छन् । प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई भने बुटवलबाट बुधवार नै पक्राउ गरिसकेको छ ।

टोपबहादुर अर्घाखाँचीबाट भैरहवासम्म आएको सूचना प्रहरीलाई छ । त्यसपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । 

‘अहिलेसम्म उहाँ पक्राउ पर्नुभएको छैन,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकान्तरसँग भने । 

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रमुख एसएसपी डा. मनोज केसीले पनि टोपबहादुर पक्राउ परेको कुरा आफ्नो सूचनामा नरहेको बताए ।

‘अहिले (बिहान १०ः३०)सम्म पक्राउ परेको कुरा मेरो सूचनामा छैन,’ डा. केसीले भने ।

टोपबहादुरले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकट काटेका थिए । प्लेनमा यात्रा गरेको देखिएको छैन भने उनी अहिले मोबाइल अफ गरेर बसेका छन् ।

यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई काठमाडौं प्रहरी परिसरले बुधवार नै पक्राउ गरेको थियो ।

अपराध अनुसन्धान कार्यालयमा २०७८ माघमै यस सम्बन्धमा उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान गर्दा शक्तिशाली व्यक्तिहरूको नाम समेत तानिने देखिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान थालेको थियो ।

शुरूको उजुरी पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजाता कोइरालाका पीए रहिसकेका केशव दुलालले दिएका थिए । आफूलाई पैसा उठाउन लगाएर काम नगरेको भन्ने व्यहोराको उजुरी उनको थियो ।

पछि केशवलगायतका व्यक्तिहरूलाई समेत पोलेर पीडितका तर्फबाट उजुरी पर्‍यो । अनुसन्धानका क्रममा २०७९ चैत १३ गते प्रहरीले ३ जनालाई पक्राउ गर्‍यो । त्यो समयमा ८१ जना पीडितबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीहरूलाई सार्वजनिक गरिएको थियो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २३ का ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्वरे नगरपालिका– १० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका– ७ का ४५ वर्षीय टंककुमार गुरुङ थिए ।

उनीहरूले एक जना व्यक्तिबाट १५ देखि २० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो ।

लगत्तै चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै यही प्रकरणमा मोरङको पथरी शनिश्चरे नगरपालिका– १० का ४४ वर्षीय सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

वैशाख ६ गते थप १० जना पीडितहरूले थप ५ करोड १९ लाख ९८ हजार रुपैयाँ सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राईलगायतले ठगी गरेको भन्दै उजुरी दिएका छन् । 

उजुरी गर्नेमा मोरङ, कास्की, दाङलगायत जिल्लाका बासिन्दा छन् ।
 

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x