×

NMB BANK
NIC ASIA

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न रहेको आरोप लागेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी अहिले कहाँ छन् भन्ने कुरामा सर्वत्र चासो छ ।

Muktinath Bank

बुधवार नै पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउको औपचारिक जानकारी आएको छैन । प्रहरी अधिकारीहरू आफूहरूले रायमाझीलाई खोजिरहेको र अहिलेसम्म पक्राउ नपरेको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार पक्राउ पुर्जी जारी भएपछि रायमाझीले आईजीपी वसन्त कुँवरलाई फोन गरेर 'आफैं हाजिर हुन्छु' भनेको कुरा सार्वजनिक भएको थियो ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म रायमाझी आफूहरूको सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication

‘काठमाडौं परिसरलाई उहाँले कुनै जानकारी गराउनुभएको छैन । उहाँ सांसद हो । कानून बनाउने व्यक्तिले कानूनका कुरा बुझ्नुपर्ने हो,’ एसएसपी कार्कीले भने ।

उनका अनुसार रायमाझी बिहीवार भैरहवाबाट काठमाडौं आएको भनेर सूचना आए पनि उनको गाडी मात्र आएको थियो । बिहान ६ बजे भैरहवाबाट काठमाडौंका लागि छुटेको गाडी बेलुका अबेर काठमाडौं आइपुगेको थियो ।

गाडीमा रायमाझी समेत भएको आशंकामा प्रहरीले निगरानीमा राखे पनि एक जना सहयोगी मात्र आएको पाइएको प्रहरी स्रोतले बतायो ।

एसएसपी कार्कीले रायमाझी अझै सम्पर्कबाहिर रहेको बताए ।

‘हामीले खोजी गरिरहेका छौं । उहाँ (टोपबहादुर रायमाझी)को फोन मंगलवार बेलुकादेखि नै अफ छ,’ उनले भने ।

रायमाझी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सभामुख देवराज घिमिरेसँगै सहभागी भएका थिए ।

त्यहाँबाट बुटवल झरेका रायमाझीले भैरहवा विमानस्थलबाट काठमाडौं आउन टिकट समेत काटेका थिए । तर, त्यो टिकट रद्द गरेर रायमाझी उतै बसेकोसम्म सूचना आफूहरूलाई रहेको प्रहरी स्रोत बताउँछ ।

टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई भने रुपन्देही प्रहरीले बुधवार नै पक्राउ गरेर काठमाडौं पठाइसकेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर रायमाझीबारे चासो व्यक्त गरिसकेका छन् । एमालेलाई मात्र जोडेर फसाउन खोजिएको हो कि भन्ने उनको आशंका छ ।

‘तानिएको हो कि तनाइएको हो भन्ने विषयमा अध्ययन गर्दैछौं । त्यसपछि मात्रै हामी निष्कर्षमा पुग्छौं,’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका थिए ।

ओलीले अगाडि भने, ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्कनु पनि हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोषलाई फसाउन खोजियो भने छाड्दैनौं ।’

प्रहरीले अहिलेसम्म गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे, इन्द्रजित राई र सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १५४ जनाबाट २० वटा जाहेरी परेको छ । थप केही सम्पर्कमा आउने क्रममा रहेकाले यो संख्या बढ्ने अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रमुख एसएसपी डा. मनोज केसीले बताए ।

एक जनाबाट ४५ लाखसम्म ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

एसएसपी केसीका अनुसार अहिलेसम्म २३ करोड रुपैयाँ ठगिएको भन्दै जाहेरी आएको छ । अन्य जाहेरी पनि थपिन सक्ने भएकाले यो रकम बढ्न सक्ने देखिन्छ ।

‘अहिलेसम्मका जाहेरी र प्रमाणका आधारमा २३ करोडभन्दा धेरै कारोबार भएको देखिएको छ,’ डा. केसीले भने, ‘हाम्रो अनुमान ३४ करोडभन्दा धेरै कारोबार भएको भन्ने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x