×

Nic Asia
Dabur
Prabhu Bank

सत्ताको जोडघटाउ

सत्ताको संसदीय अंकगणित : बजार हल्लाजस्तो सहज छैन अर्को समीकरण

काठमाडाैं | बैशाख २२, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा चुलिएपछि फेरि सत्ता गठबन्धनको अंकगणितलाई लिएर आशंका व्यक्त हुन थालेको छ । ओली अफैंले ‘पत्रिकामा पढेर थाहा पाएँ’ भनी यसको खण्डन गरे पनि आशंका मेटिएको छैन ।

yONNEX
Frooti
Appy

राष्ट्रपति निर्वाचनमा माओवादी कांग्रेसतिर लागेपछि सत्ता समीकरण बदलिएको थियो । १० पुसमा बनेको एमाले–माओवादी समीकरण बदलिए पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै निरन्तरता पाएका थिए । एमालेको बहिर्गमनपछि कांग्रेस १७ चैतमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

समीकरण फेरिएको एक महिनापछि देखि गठबन्धन बदलिन सक्ने गरी राजनीतिक वृत्त गर्माएको हो । सरकारमा गएर फिर्ता भएको र उपनिर्वाचनमा एक सीट थप गरेको रास्वपालाई देखाउँदै फेरि समीकरण बदल्नेसम्मको चर्चा भइरहेको छ ।

उपनिर्वाचनमा देखिएको माहोलपछि प्रधानमन्त्री प्रचण्डले नै फेरि रास्वपालाई सरकारमा सहभागी गराउन जोडबल गरेका छन् । बलियो प्रतिपक्षी एमालेसँग रास्वपा पनि मिसिँदा सरकार सञ्चालनमा कठिनाइ हुने प्रचण्डको बुझाइ देखिन्छ ।


Advertisment
Lokantar App
Saurya island

प्रचण्डको प्रयासलाई कतिपयले अर्को समीकरण बन्ने डरसँग पनि जोडेर हेरेका छन् । तर, बाहिर चर्चा भएजस्तो नयाँ सत्ता समीकरण बनिहाल्न सजिलो भने छैन । 

१० पुसमा आफ्नै कारण तत्कालीन गठबन्धन टुटेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो । विश्वासको मत हुँदै राष्ट्रपति निर्वाचनमा फेरि माओवादीसँग गठबन्धन गर्न कांग्रेस सफल भएको छ । यसैले यसपटक सहजै माओवादीसँग बनेको गठबन्धन तोड्ने पक्षमा कांग्रेस देखिएको छैन । 

JYOTI
Vianet communication

अर्थात्, अहिलेको गठबन्धनका ठूला दल कांग्रेस र माओवादीबीच असमझदारी नबढेसम्म विकल्पमा सहजै अर्को गठबन्धन बन्न सक्ने र धान्न सक्ने गणित देखिँदैन । यी दुई ठूला दल एक ठाउँमा रहेसम्म साना दलले पनि आफ्नो लाइन परिवर्तन गर्न कठिन छ ।

६ चैतमा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका थिए । उपस्थित २६२ सांसदमध्ये प्रचण्डले १७२ मत पाएका थिए । विपक्षमा ८९ मत खसेको थियो । 

बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा प्रचण्डले सहजै बहुमत प्राप्त गरे । 

रास्वपा समेतले प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रचण्डले उपस्थित २६२ सांसदमध्ये १७२ को समर्थन पाएका थिए । जसमा कांग्रेस, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, दुई स्वतन्त्र सांसद र जनमोर्चा थिए । प्रचण्डविरुद्ध एमालेका ७९, राप्रपाका १४ सांसदमध्येबाट ८९ मत परेको थियो । केही सांसद अनुपस्थित रहे ।

प्रचण्डलाई विश्वासको मत दिएकामध्ये २१ सीट भएको रास्वपा र ६ सीट भएको जनमत सरकारबाट बाहिर छन् ।

प्रचण्डले विश्वासको मत पाएको १७२ मा यी दुई दलको २७ सीट घटाउँदा पनि अझै १४५ सांसदको समर्थन उनलाई कायम हुने देखिन्छ । अर्थात्, असन्तुष्ट दलले साथ छाड्दा पनि प्रचण्ड बहुमतभन्दा ७ सीट माथि नै रहनेछन् ।

गठबन्धनको विकल्पमा एमालेका ७९ (भोट दिन पाउने ७७), रास्वपाका २१, राप्रपाका १४, जनमतका ६ सांसद एक ठाउँमा उभिँदा पनि ११८ सीट मात्रै पुग्छ । अझै थप २० सीट भएमा मात्रै अर्को गठबन्धनमा बहुमत पुग्न सक्छ । 

यस्तो २० सीटका लागि जसपाको १२ र नेकपा एसको १० सीट समेत थपिनुपर्ने अवस्था छ । तर, यी दुवै दल अहिलेको सत्ता गठबन्धनबाट दायाँबायाँ गर्ने मनस्थितिमा देखिँदैनन् । कांग्रेस र माओवादी एक ठाउँमा उभिँदासम्म अर्को समीकरण बन्न कठिन र बने पनि चलाउन कठिन रहेको बुझाइमा यी दुवै दल छन् । यसैले यी दलले अर्को समीकरणका लागि जोखिम मोल्ने आँट गरिहाल्ने सम्भावना कम छ ।

एमालेबाट टुक्रिएर बनेको नेकपा एसका अध्यक्ष माधव नेपाल नै गठबन्धन दायाँबायाँ नहुने बताउँछन् । ‘गठबन्धन टुट्ने भयो भनेर कोही रमाउन सक्छन्, तर यो गठबन्धन टुट्दैन, आनन्दले अगाडि बढ्छ,’ नेपालले कैलाली पुगेर बिहीवार भने ।

बरु यही सरकारमा रास्वपालाई सहभागी गराउनुपर्ने मत उनले राखेका छन् । साथै उनले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने भन्ने हल्ला आफूले नसुनेको पनि बताए । 

‘मलाई यस प्रकरणमा टिप्पणी गर्नु जरुरी छैन, कसलाई के अफर भए भएनन् भन्ने कुरा भइरहन्छ,’ उनले भने, ‘तर यी हल्लाका कुरा हुन् । म आफूसँग भनेका छैनन् । बरु रास्वपालाई सरकारमा ल्याउनुपर्छ भन्ने सुझाव दिएको छु । रास्वपालाई चुनावअघि नै सरकारमा ल्याउने भन्ने थियो, चुनावका कारणले रोकियो ।’ 

प्रधानमन्त्री निकट स्रोतका अनुसार अझै पनि रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले जोड गरिरहेका छन् । 

‘दुईवटा मात्रै मन्त्रालय बाँकी छ भनेर रास्वपा सरकारमा नआउने भन्ने अवस्था छैन । प्रधानमन्त्रीले जोड नै गरिरहनुभएको छ,’ प्रधानमन्त्री निकट स्रोत भन्छ, ‘गृह मन्त्रालय मात्रै भन्ने छैन । अरू पनि विकल्प छन् । उहाँहरू आउने भएपछि कुन मन्त्रालय दिन सकिन्छ, छलफल गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ ।’

प्रधानमन्त्रीसँगको भेटमा रविले आफूहरू सरकारमा आउँदै आउन्नौं भनेर नभनेको पनि बालुवाटार स्रोत बताउँछ । ‘रविजीले प्रधानमन्त्रीसँग भेट गर्दा सरकारमा आउँदै आउन्नौं भनेर बाटो बन्द भएको बताउनुभएको छैन,’ बालुवाटार स्रोत भन्छ, ‘उहाँहरूको बैठक पनि बस्दैछ । शायद एउटा टुंगोमा पुग्नुहोला ।’

अर्कोतिर बहुमत पुग्नकै लागि मुस्किल पर्ने भएकाले खासै भर पर्ने स्थिति देखिएको छैन । बरु उपनिर्वाचनबाट बढ्दो लहरपछि सरकारबाट फिर्ता भएर प्रतिपक्षमै खरो उत्रिनुपर्ने दबाब रविको पार्टीलाई छ । यसैले प्रतिपक्षी खेमामा धकेलेर माहोल बनाउन दिनुको सट्टा बरु सरकारको सहजताका लागि रास्वपालाई गृह मन्त्रालय दिएरै भए पनि सरकारमा ल्याउनुपर्ने मत माओवादीभित्रै छ । 

यसैले रास्वपामा आफैं अलमलमा र तानातानमा देखिएको छ । आवश्यक पर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरबदल गर्नुपरे पनि तयार हुनुपर्ने मतसमेत रहेको बताइन्छ । एमाले र रास्वपा विपक्षमा हुँदा सत्ताविरोधी माहोल बढ्ने जोखि प्रचण्डले देखेका छन् । 

सहयात्री कांग्रेसले पनि रास्वपालाई सरकारमा सहभागी गराउने विषयलाई अस्वीकार नगरेको बताइन्छ । उपनिर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले रविसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरिसकेका छन् । 

यी सबै परिस्थितिले नयाँ समीकरण चर्चा भएजस्तो सहज देखिन्न । नयाँ समीकरणमा एमालेसँग रास्वपा र जनमत मिलेर मात्र पुग्ने छैन । १२ सीट भएको जसपा र १० सीट भएको नेकपा एस पनि मिल्नुपर्ने हुन्छ ।

जसपाका अध्यक्ष उपेन्द्रले सत्ता गठबन्धनकै बलमा उपनिर्वाचन जितेका छन् । पार्टी राजनीतिमा पुनः हावी हुने गरी संसदीय दलको नेता भएका यादव तत्काल ठूलो मन्त्रालय नपाउँदा पनि सरकारसँग निहुँ खोज्ने मनस्थितिमा छैनन् ।

बरु अर्को सरकारमा राम्रो मन्त्रालयसहित उपप्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा उनमा रहेको बताइन्छ । सकेसम्म मधेश प्रदेशको सरकार जोगाइराख्ने शर्तमा उनी मन्त्री नबनी सरकारलाई समर्थन गरिरहने मनस्थितिमा रहेको स्रोतहरूको दाबी छ ।

अहिलेसम्म जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ४, स्वतन्त्रको २ र राष्ट्रिय जनमोर्चाको १ सांसदको समर्थन पनि सरकारलाई छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ९, २०८०

नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरै...

जेठ ११, २०८०

झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...

बैशाख ३१, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (प्रधानमन्त्री) सँग १० पुसमा गरेको सत्ता समीकरणमा कांग्रेस मिसिन खोजेपछि चिढिँदै एमाले १५ फागुनमा सरकारबाट बाहिरियो । आफूविरुद्ध कांग्रेस...

जेठ १०, २०८०

युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ ।  गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...

जेठ १२, २०८०

रुसको निजी सैन्य समूह वाग्नरले पूर्वी युक्रेनको बाखमुत (आर्त्योमोव्स्क) शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको भए पनि पश्चिमाहरू युक्रेनको प्रत्याक्रमण कारवाही सफल हुने दाबी गरिरहेका छन् ।  त्यसो त विगत केही महि...

जेठ १४, २०८०

नक्कली शरणार्थी प्रकरणमा निकटस्थहरू नै मुछिएको आशंका उत्पन्न हुँदा अस्वाभाविक मौनता साँधेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई पशुपतिको जलहरी प्रकरणले अर्को विवादमा तानेको छ ।  नेपालीलाई नक्कली ...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x