×

NMB BANK
NIC ASIA

हवाई सुरक्षाको चिन्ता

बढ्दो हवाई दुर्घटना : एकपछि अर्को कमजोरीले ईयूको कालोसूचीबाट उम्किनै मुस्किल

बैशाख २६, २०८०

NTC
Premier Steels

हवाई क्षेत्रमा एकपछि अर्को घटना दोहोरिइरहँदा नेपाली आकाश प्रयोग गरिरहेका वायुसेवाका उडानमा सुरक्षा चुनौती बढ्दै गएको छ ।

Muktinath Bank

नेपाली आकाशमा उड्ने आन्तरिक तथा बाह्य उडानका वायुसेवामा एकपछि अर्को समस्या आउँदा नियामक निकायलाई टाउको दुखाइको विषय बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटै प्रकृतिको दुर्घटना बारम्बार भइरहँदा तथा जहाज कम्पनी र कर्मचारीले गर्ने लापरवाही सार्वजनिक हुने क्रम बढ्दा यो हवाई उड्डयन क्षेत्रका लागि थप पेचिलो विषय बन्न थालेको छ । 


Advertisment
Nabil box
Kumari

यस्ता घटनाले सन् २०१३ देखि युरोपेली युनियन (ईयू)को कालोसूचीमा परेको नेपाली वायुसेवा अहिलेसम्म उम्कन सकेका छैनन् । अझै पनि कालोसूचीबाट हट्न मुश्किल देखिएको छ ।

Vianet communication

ईयूको कालोसूचीले नेपाली वायुसेवाको छवि धुमिल बनाएको छ भने अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)देखि विदेशी वायुसेवा कम्पनी र पर्यटकले हेर्ने दृष्टिकोण समेत फरक भइरहेको छ । 

पछिल्लो समय सोमवार श्री एयरलाइन्सको जहाज उडान गरेको केही क्षणमै तुरुन्तै भैरहवा विमानस्थल फर्कनुपर्ने अवस्था आयो । जहाजको ल्यान्डिङ गेयरमा समस्या देखिएको इन्डिकसेनले संकेत गरेपछि काठमाडौं आउन उडेको जहाज फर्किएर भैरहवा विमानस्थलमै अवतरण गर्‍यो । तर, जहाजको अगाडिको पाङ्ग्रा लक भएका कारण करीब १ घण्टा धावनमार्गमै अड्कियो । 

यही जहाज २ दिनअगाडि (२३ वैशाखमा) धनगढी विमानस्थलमा इन्जिन स्टार्ट गरेर ट्याक्सी वेमा लैजाने क्रममा नोज ह्वील लक भएको थियो । इन्जिन अफ गरेर पुनः स्टार्ट गर्दा लक खुलेर काम गरेको थियो । 

शनिवार समस्या संकेत गरेर तुरुन्तै समाधान भएकै जहाजमा सोमवार बिहान पुनः समस्या देखियो ।

३ दिनको बीचमा एउटै जहाजमा उस्तै प्रकृतिको समस्या देखिनु गम्भीर भएको भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको ९ एन एएनई नाम जहाजलाई ग्राउन्डेड गराएको (उडानमा रोक लगाएको) छ । 

यो जहाजका लागि उडान अनुमति दिने तथा चेकचाँज गर्ने मेन्टेनेन्स इन्जिनीयरलाई समेत निलम्बन गरेर छानबिन शुरू गरिएको छ ।  

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल हवाई उडानमा जति सुधार गर्छु भन्यो उति छिटो समस्या आइरहेको बताउँछन् । पछिल्ला घटनाक्रमले नियामक निकायलाई नै अचम्मित बनाइरहेको उनको भनाइ छ । 

‘कसैलाई उपद्रो नगर भन्दा उल्टै जिस्क्याएर धेरै उपद्रो गरेको जस्तो पो छ अहिले देखिएको समस्या’, भुलले भने, ‘पछिल्लो समय हवाई क्षेत्रमा देखिएका घटनाक्रमले हामी आफैंं शक्ड भएका छौं ।’

१९ वैशाखमा फ्लाई दुबईको जहाज टेकअफ (उडान) गरेसँगै आगो देखिएको थियो ।

उक्त जहाजमा आगो देखिएको विषय निकै पेचिलो भयो । यो उडानको विषयमा आएको विवादास्पद अभिव्यक्तिका कारण उड्डयन प्राधिकरणले फ्लाई दुबईका एयरपोर्ट म्यानेजरलाई कारवाहीसमेत गरेको थियो । 

यो बाहेक पछिल्लो एक महिनामा ३ वटा हेलिकप्टर दुर्घटनामा परिससकेका छन् ।

यस अवधिमा एक जनाले ज्यान पनि गुमाएका छन् ।

हवाई क्षेत्रमा जिम्मेवार हुनुपर्ने जहाज कम्पनी नै हो । जहाज कम्पनीले गर्ने हरेक उडानमा नियामक निकायको कर्मचारी राखेर उडान गराउन सम्भव हुँदैन । 

एउटा कम्पनीमा मात्रै नभएर धेरैवटामा समस्या देखिनुलाई प्राधिकरणले गम्भीर दृष्टिले हेरिरहेको छ । अन्तर्राष्ट्रिय निकायले पनि यसलाई गम्भीररूपमा हेर्ने भएकाले जवाफदेही बन्नुपर्ने अवस्था छ ।

पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनीमा लापरवाही समेत थालको र एकपछि अर्को गरेर हवाई सुरक्षामा चुनौती समेत थपिँदै गएको देखिएको छ ।

यसअघि १८ चैतमा काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आयो ।

दुई दिनसम्म ग्राउन्डेड गरेर गरिएको निरीक्षणबाट उक्त जहाजको स्पिड मिटरमा समस्या औंल्याइयो । उक्त जहाजको मेन्टिनेन्स इन्जिनीयरलाई पनि प्राधिरणले निलम्बन गरेको थियो । 

२० चैतमा पनि ताप्लेजुङबाट काठमाडौं आएको जहाजमा क्षमताभन्दा बढी तौल बोकेको भन्दै निगमका चालकदलसहितका ७ जना कर्मचारी कारवाहीमा परेका थिए ।

यसअघि नेपाल वायुसेवा निगमको अन्नपूर्ण नामक वाइडबडी जहाजको ढोका १८ चैतमा रातैभरी खुला राखेको भन्दै निगमका दुईजना एरोनटिकल इन्जिनीयरलाई कारवाही गरिएको थियो ।

यसअघि १२ फागुनमा नेपाल वायुसेवा निगमका पाइलटले आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परेको घटना हवाई उड्डयनमा निकै चर्चाको विषय बन्यो । 

प्राधिकरणले विभिन्न प्रकारको कमीकमजोरी गरेको र उड्डयन नियमन पालना नगरेको भन्दै पछिल्लो ६ वर्षमा ६१ जना पाइलटलाई कारवाही गरेको छ ।

प्राधिकरणले जहाज उडानका क्रममा भएको विभिन्न कमीकमजोरी औल्याउँदै उक्त कारवाही गरेको थियो ।

सबै पक्ष उत्तिकै जिम्मेवार हुन सकेको देखिएन

पछिल्लो १० वर्षमा नेपालको हवाई उडानमा निकै सुधार आएको दाबी गरिन्छ ।

हवाई क्षेत्रको नियामक निकायले नियम पालनामा कडाइ तथा वायुसेवालाई जिम्मेवार बनाउन प्रयास गरिरहेको अवस्था छ ।

वायुसेवा कम्पनी, नियामक निकाय, सम्बन्धित सकारोकारवालाले पूरा गर्ने स-सानो जिम्मेवारीले ठूलो सुधार हुनसक्ने हवाई विज्ञ तथा उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री बताउँछन् ।

हवाई उडानमा देखिएको कमी कमजोरीका विषय सामाजिक सञ्जाल, मिडिया, नियामकको तुरुन्तै हुने एक्सन, साना कमजोरी पनि सुधार गर्न दिइने सार्वजनिक सूचना आदि कारणले बढी देखिएको हुनसक्ने उनको तर्क छ ।

पछिल्लो समय अलि बढी घटना सार्वजनिक हुनुमा प्रविधि र सचेतना दुवैले काम गरेको उनको तर्क छ ।

 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x