×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

ओलीलाई नै चक्मा दिएर भागेपछि टोपबहादुरलाई निलम्बन गर्ने एमालेको तयारी

बैशाख २६, २०८०

NTC
Premier Steels

नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई नै ढाँटेर फरार भएपछि एमालेले रायमाझीलाई कारवाही गर्ने तयारी गरेको हो । एमालेले शरणार्थी प्रकरणको अनुसन्धानमा समेत सघाउने भएको छ । गिरोहको लहरो तान्दा राजनीतिक पहरो हल्लिएपछि एमाले अनुसन्धानमा सघाउने निर्णयमा पुगेको हो । 

Muktinath Bank

‘नाम जोडिएपछि अध्यक्षले नै टोपबहादुरलाई फोन गरेर चासो राख्नुभएको थियो । उहाँले म आएर छानबिनमा सघाउँछु भन्नुभएको थियो । तर पछि आउनुभएन,’ ओली निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘यो प्रकरणमा के भएको हो उहाँले आएर बताइदिनुपर्‍यो । नआएपछि प्रश्न उठ्यो । टोपबहादुर रायमाझीलाई  कानूनले जे भन्छ त्यही गर्ने हो । अब अपारदर्शी बनेर हुँदैन । पार्टीभित्र पनि छानबिनको माग भएको छ । उहाँलाई निलम्बन गर्ने तयारी छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब बस्ने केन्द्रीय कमिटी बैठकले रायमाझीलाई निलम्बन गर्ने तयारी छ । 'प्रश्न उठेपछि कानूनी रूपमा दोषी देखिनुअघि अनुसन्धानलाई सघाउन पनि उहाँलाई बैठक बसेपछि  निलम्बन गर्ने तयारी छ,' स्रोतले भन्यो ।  


Advertisment
Nabil box
Kumari

एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने छ । केन्द्रीय कमिटी बैठक बिहीवारदेखि काठमाडौंमा बस्दै छ । 

Vianet communication

ओलीले सचिव टोपबहादुरलाई निलम्बन गर्ने र दोषी देखिएकामाथि पनि प्रभावकारी अनुसन्धान अगाडि बढाउन प्रधानमन्त्रीमाथि दबाब दिएको ती नेताको दाबी छ । ‘अध्यक्षले शुरूदेखि नै निर्दोष पर्नुहुन्न तर दोषीलाई छोड्नुहुन्न भन्दै आउनुभएको छ । आज पनि उहाँको अडान यही छ’ उनी निकट स्रोत भन्छ, ‘यसैले जो–जो दोषी देखिन्छन् उनीहरूमाथि अनुसन्धान अघि बढाउँदा जस्तो समर्थन चाहिन्छ त्यस्तो समर्थन गरिदिउँला भन्नेमा अध्यक्ष हुनुहुन्छ ।’

यसबारे आजै प्रमुख दलका शीर्ष तीन नेताबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली सहभागी थिए । 

शरणार्थी प्रकरणमा कांग्रेसका प्रभावशाली नेताहरू बालकृष्ण खाण, उनकी पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं नेतृ आरजु देउवालगायत मुछिएका छन् । यो प्रकरणमा एकपछि अर्को नेता जोडिन थालेपछि एमालेमाथि पनि दबाब परेको हो । छानबिनको दायरामा आएका टोपबहादुरलाई संरक्षण नगरी अनुसन्धानमा सहयोग गर्नुपर्ने माग एमालेभित्रै उठेको छ । 

अध्यक्षसँग आउँछु भनेर पनि फरार भएका रायमाझीलाई निलम्बन नगरिए अरुमाथि कारबाहीको माग गर्ने नैतिक आधार नहुने दबाब एमालेमाथि छ । ‘अपराध र भ्रष्टाचारमा सत्ता पक्ष, कालो वा गोरो अपराधी भन्ने हुँदैन । चैत १३ गतेको बयानलाई १० दिन रोकेर अनुसन्धानलाई कमजोर बनाउन किन खोजियो ?’ ओली निकट स्रोत भन्छ, ‘अध्यक्षको प्रष्ट माग छ जो–जो दोषी छन् उनीहरूमाथि प्रभावकारी अनुसन्धान हुनुपर्छ । टोपबहादुर र रामबहादुर थापाको सल्लाहकारलाई पक्राउ पुर्जी जारी हुँदा पूर्व उपराष्ट्रपतिको छोराविरुद्ध पक्राउ पुर्जी किन आउँदैन । बालकृष्ण खाणविरुद्ध किन पक्राउ पुर्जी काटिँदैन ? कागज गरेर उनले उन्मुक्ति पाउने भन्ने हुन्छ ?’

छुटेका शरणार्थीको सवालमा मात्रै छानबिन गर्न कार्यदल गठन गरिए पनि खाण गृहमन्त्री भएपछि चलखेल गरिएको दाबी एमालेको छ । ‘दर्ता भएर पनि विदेश जान नपाएका शरणार्थीको विषयमा पहल गर्न छानबिन समिति गठन गर्ने कुरा आयो । एक महिनामा प्रतिवेदन बुझायो । तर शंकास्पद कुरा देखिन थालेपछि सरकारले प्रतिवेदन थन्क्यायो । मंसिरमा निर्णय नगर्ने भन्यो,' ओली निकट स्रोत भन्छ, ‘तर असारमा अर्को सरकार आयो । साउनमा खाणले पत्र लेखेर पुरानो प्रक्रिया अघि बढाउन भने । फेरि फलोअपका लागि दोस्रो पत्र पठाएर चलखेल गरे ।’ 

एमाले नेतृत्वको सरकारमा रामबहादुर थापा बादल मन्त्री हुँदा छुटेका ४७६ जनाको मात्रै नाम रहेकोमा पछि ८०० हाराहारी बनाइएपछि चलखेल भएको आशंका एमालेको छ । 

गत बुधवार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएकै दिन अध्यक्ष ओलीले फोनगरी स्थितिबारे बुझेका थिए । जवाफमा उनले आफूले केही नगरेको र काठमाडौं आउने बताएका थिए । 

प्रधानमन्त्रीसँग भेट गरेपछि गत बिहीवार ओलीले सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण भएको बताएका थिए । तर दुई दिनपछि फेरि प्रधानमन्त्रीसँग भेट गरेपछि भने ओलीले रायमाझीबारे अनभिज्ञता प्रकट गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x