×

NMB BANK
NIC ASIA

जसपाको विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुंगियो

बैशाख २९, २०८०

NTC
Premier Steels

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या टुंगो लागेको छ। प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको होे । जसअनुसार अधिवेशनमा ७७८ जना सहभागी हुनेछन् ।

Muktinath Bank

 २ वा २ भन्दा बढि प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ । मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ ।
अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्या निम्नानुसार तय भएको छ । केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा,  महिला, कानून व्यवसायीबाट २/२ जना प्रतिनिधि हुने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, खेलकुद महासघ, साँस्कृतिक महासंघ, पिछडा वर्ग महासंघ, शिल्पी दलित महासंघ, थारु संघ, मुस्लिम संघ, सुकुम्वासी संघ, प्रेस युनियनबाट १/१ जना प्रतिनिधि हुने छन् ।


Advertisment
Nabil box
Kumari

बैठकले मधेस प्रदेश समितिलाई, प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई थप प्रतिनिधिको व्यवस्था गरेको छ । जस अनुसार मधेस प्रदेश समितिलाई ५ जना, प्रदेश १ का धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट ४/४ जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट ५/५ जना थप प्रतिनिधि रहने छन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई ४/४ जना थप प्रतिनिधिको व्यवस्था गरिएको छ ।  
केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने छ ।  

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x