×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीसँग प्रश्नोत्तर

सदनमा प्रधानमन्त्रीसँग सवाल-जवाफ : शिविर घोटालादेखि दरबार हत्याकाण्डसम्म

जेठ ४, २०८०

NTC
Premier Steels

प्रतिनिधिसभा बैठकमा बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच रोचक सवाल-जवाफ भयो । विभिन्न दलबाट प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले एक–एक गरी जवाफ दिए ।

Muktinath Bank

प्रधानमन्त्रीलाई लडाकू शिविर अनियमितता, नक्कली शरणार्थी प्रकरणदेखि आसन्न भारत भ्रमणसम्मका प्रश्न सोधिएको थियो । आफूमाथि नै लागेको अनियमितताको आरोप (लडाकू शिविर प्रकरण) प्रधानमन्त्रीले खण्डन गरे । आरोप पुष्टि भए जेल जान तयार रहेको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शिविरमा घोटाला प्रमाणित भए जेल तयार’


Advertisment
Nabil box
Kumari

शान्ति प्रक्रियाका क्रममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेर अडिट भएको विषयमा अनावश्यक बखेडा झिकिएको उनले बताए । यद्यपि कसैले दिएको उजुरीका आधारमा छानबिन भएर दोषी देखिए आफू जेल जान तयार रहेको घोषणासमेत प्रधानमन्त्रीले गरेका छन् । 

Vianet communication

‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ’फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको जानकारी गराउन चाहन्छु ।’ प्रधानमन्त्रीले २०४८ सालयताका भ्रष्टाचारका सबै काण्ड र नेताको सम्पत्ति छानबिनका लागि आफू तयार रहेको पनि बताएका छन् । 

लडाकू शिविर प्रकरणबारे प्रश्न राप्रपाका ज्ञानेन्द्र शाहीले सोधेका थिए ।

शरणार्थी प्रकरण : ‘भीआईपी पनि जोगिँदैनन्’

पछिल्लो समय देश र विदेशसम्म तरंग फैलाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्डले प्रभावकारी अनुसन्धान अगाडि बढिरहेको दाबी गरेका छन् । यो दलहरूको खस्कँदो साखलाई माथि उठाउने विषय भएको संकेत पनि प्रधानमन्त्रीले गरे । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै दलका व्यक्तिलाई पनि कानूनी दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी राखेको छैन, राख्ने छैन । प्रहरीको अनुसन्धानमा कुनै निकायबाट हस्तक्षेप भएको छैन, हुन पनि दिइने छैन,’ प्रचण्डले भने, ‘दोषी कोही उम्किदैनन्, निर्दोष फस्दैनन् । तर, दोषी जोसुकै भए पनि कानूनी कारवाहीको दायरामा आउँछन् । भीआईपी र भीभीआईपी परेका छन् । छानबिनले पनि त्यो देखाएको छ ।’ 

निष्पक्ष छानबिनका लागि सरकार अघि बढेको भन्दै उनले यो विषय सबै दलका निम्ति संवेदनशील रहेको पनि बताए ।

‘निष्पक्ष, तटस्थ र व्यावहारिक छानबिन गरी अपराधीलाई कानूनको दायरामा ल्याउन सरकार दृढ छ । गृहमन्त्रीलाई दोषी नउम्किने र निर्दोष नपर्ने गरी काम अगाडि बढाउन निर्देशन दिइएको छ । प्रहरीले पनि प्रक्रियालाई अगाडि बढाएको छ,’ प्रधानमन्त्रीले भने, ‘यो सबै दल, राजनीतिक नेतृत्व र देशकै निम्ति संवेदनशील विषय छ । कारवाहीको दायरा ल्याएमा मात्रै सुशासन दिन सकिन्छ भन्नेमा सरकार दृढ छ ।’

दलहरूलाई सच्चिने अवसर

यो प्रकरणको छानबिन दलहरू सच्चिने अवसर भएकोमा पनि प्रधानमन्त्रीले जोड दिए । 

‘नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन । अन्य ठूल्ठूला विवादित घटनाको पनि छानबिन हुन्छ । सम्पत्ति शुद्धीकरणको केसलाई पनि छानबिन गरी दोषीलाई कारवाही गर्छौं । राजस्वमा भएको चलखेलको छानबिन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘पुँजी बजारमा भएका सेटिङलाई पनि भत्काउने काम शुरू गरेका छौं । संस्थागत भ्रष्टाचारको कारणले देश अप्ठ्यारो ठाउँमा छ । यसमा अनुसन्धान अगाडि बढेको छ । राजनीतिक दलहरूलाई आफूलाई सच्याउन अवसर आउँदा सबै दल एकजुट बन्नुपर्छ ।’

दरबार हत्याकाण्ड र मदन भण्डारीको हत्याकाण्ड छानबिन 

प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डसहितका वीभत्स हत्याकाण्डहरूबारे नयाँ शिराबाट अनुसन्धान हुनुपर्ने पनि बताए ।

स्वतन्त्र सांसद प्रभु साहले गौर हत्याकाण्डबारे सोधेको प्रश्नको जवाफमा प्रचण्डले विगतका सबै हत्याकाण्डको नयाँ शिराबाट अनुसन्धान हुनुपर्ने बताएका थिए ।

‘चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे नेपालको इतिहासकै सबैभन्दा वीभत्स दरबार हत्याकाण्ड होस्, ती सबैको नयाँ शिराबाट छानबिन हुनुपर्छ,’ प्रचण्डले भने,’ अहिले जे जसरी ती कुरालाई बिर्साउने कोशिश भइरहेको छ, त्यसलाई गम्भीर रूपले लिनुपर्छ । म त मदन–आश्रितको बारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने ठान्छु ।’

अर्थतन्त्र, सुशासन र रोजगारका वाचा

प्रधानमन्त्रीले अर्थतन्त्र उकास्न राजस्व बढाउने, खर्च घटाउने, नीतिगत सुधारसहितका विषय ल्याउन तयार रहेको प्रस्ट्याएका छन् । 

‘अर्थतन्त्रका चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र क्षेत्रगत नीतिगत व्यवस्थामा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशील छ,’ उनले भने, ‘विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने नीति सरकारको छ । अर्थतन्त्र सुधारका लागि वित्तीय र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्ने घोषणा पनि प्रधानमन्त्रीको छ ।​

‘नेपालको भूमि छाड्दैनौं’

प्रधानमन्त्रीले नेपालको एक इन्च भूमि पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी हाम्रो एक इन्च जमिन पनि छाड्दैनौं, हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । हामी नेपालका सबै राजनीतिक दलहरू र यो सम्मानित सदन यो नीतिमा एकमत छौं । यही मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी गर्छौं,’ प्रधानमन्त्रीले भने, ‘नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई दिँदैन । अरू राष्ट्रको पनि लिन हुँदैन भन्ने सिद्धान्तमा अडिग छ ।’ 

भरत भ्रमणको चर्चा

प्रचण्डले पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने कुनै बाध्यता नरहेको र त्यो क्रमलाई आफूले पहिलो कार्यकालमै तोडेको जिकिर पनि गरे । उनलाई जनमोर्चाका चित्रबहादुर केसीले पहिलो भ्रमण भारतबाटै किन ? भन्ने प्रश्न गरेका थिए ।

जवाफमा प्रचण्डले त्यस्तो कुनै बाध्यता नभए पनि खुला सिमाना, सांस्कृतिक समानता आदि कारणले त्यस किसिमको प्रचलन रहेको बताए ।

उनले आफ्नो भारत भ्रमणमा नेपालको हितलाई मुख्य प्राथमिकतामा राखेर छलफल गर्ने वाचा पनि गरे ।

अनि ठट्टा पनि...

प्रधानमन्त्रीलाई प्रश्न गर्न बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री 'ह्यान्डसम' र खाइलाग्दो देखिएको भन्दै ठट्टा गरे ।

मूल प्रश्नमा प्रवेश गर्नुअघि पन्तले प्रधानमन्त्री पहिलेभन्दा ह्यान्डसम भएको र दौरा सुरुवाल लगाउँदा खाइलाग्दो देखिएको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीज्यू पहिलेभन्दा ह्यान्डसम देखिनुभएको छ । झन् दौरा सुरुवाल लगाएर आउनुभएको छ, खाइलाग्दो पनि देखिनुभएको छ,’ पन्तले भने, ‘कामना छ, प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभएको छ, नेपाली जनता पनि छिटो खाइलाग्दा देखिऊन् ।’

त्यसको जवाफमा प्रचण्डले आफूलाई ह्यान्डसम र खाइलाग्दो देखेकोमा धन्यवाद दिए । ‘खाइलाग्दो देख्नुभयो धन्यवाद, तर मेरो तौल घटेको छ,’ प्रचण्डले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x