×

NIC ASIA

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिए आन्दोलन’

जेठ ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

 नक्कली भुटानी शरणार्थीमा संलग्नलाई कसैको दबाबमा उन्मुक्ति दिइए आन्दोलन गर्ने चेतावनी एक कार्यक्रमका वक्ताहरूले दिएका छन् ।

Muktinath Bank

आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले नागरिकलाई अनागरिक बनाउँदै तेस्रो देश पठाउनु राज्यविरुद्धको अपराध भएको बताउँदै दोषीहरुलाई कडा कारबाही हुनुपर्ने बताए । उनले मानव तस्करीमा संलग्नलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यो मानव तस्करी हो, राज्यविरुद्धको अपराधमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारले थालेको कार्य सकारात्मक छ, यसको लागि प्रधानमन्त्रीलाई धन्यवाद । तर, कसैको दबाबमा उन्मुक्ति दिने काम भए कडा आन्दोलन गर्छौ” प्रवक्ता बास्तोलाले भने । अहिलेको व्यवस्था दलालहरूको भएकोले यस्ता मानव तस्करको संरक्षण गर्न सक्ने भन्दै कारबाहीको लागि दबाब सिर्जना गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सिपी गजुरेलले भ्रष्टाचार र मानव तस्करीका कारण बुद्ध र सगरमाथाको देशको सम्मान अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूले गुमाउनु परेको बताए । उनले भ्रष्टाचारको सम्बन्ध मानव तस्करसँग रहेको भन्दै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए । गजुरेलले प्रकरणमा संलग्न अपराधीलाई उन्मुक्ति दिन खोजे सरकारविरुद्ध देशैभर आन्दोलनको आँधीबेहरी उठ्ने र त्यसको नेतृत्व आफूहरूले गर्ने दाबी समेत गरे ।

Vianet communication

संसदीय व्यवस्थाको भ्रष्टीकरण र असफलताबाट प्रतिगामी पुनरुत्थानवादीहरू समेत अहिले हौसिरहेको र जनतालाई भ्रमित तुल्याइरहेको बताउँदै गजुरेलले गजुरेलले जनताको चाहना अनुसार नै भ्रष्टाचार विरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरी संसदीय व्यवस्थाको विकल्पमा सङ्घीय जनगणतन्त्रको दिशामा आन्दोलनलाई लैजाने अभिभारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको काँधमा आएको पनि बताएका छन् । 

नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले नेपालमा भ्रष्टाचारको जालो निकै वडा स्तरसम्म फैलिएको र अन्तर्राष्ट्रिय जगतमा समेत बदनाम बन्न पुगेकोले यही व्यवस्थालाई कायम राखेर भ्रष्टाचारको अन्त्य नहुने भन्दै यो संसदीय व्यवस्थालाई फालेर मुलुकमा समाजवादी व्यवस्था स्थापित भएपछि मात्रै भ्रष्टाचारको अन्त्य हुने दाबी गरे ।

त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् तथा पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई जोगाउने खेल भइरहेको  दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x