×

NMB BANK
NIC ASIA

सेनाको आयोजनामा मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम शुरू

जेठ ८, २०८०

NTC
Premier Steels

नेपाली सेनाको आयोजनामा व्यास नगरपालिका–५ स्थित मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम शुरू भएको छ ।

Muktinath Bank

व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को आयोजनामा मादी नदीमा आइतवारदेखि विपद् प्रतिकार्य तालिम थालिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम आयोजना गरिएको गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिए । तालिममा व्यास नगरपालिकाका विभिन्न वडाबाट २८ तथा म्याग्दे गाउँपालिकाका विभिन्न वडाबाट ८ जनाको सहभागिता छ । 


Advertisment
Nabil box
Kumari

तालिमले विपद्का बेला उद्धार तथा विपद्को पूर्व तयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । उनले भने, ‘वर्षायाममा जिल्लामा हुनसक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।’ प्रतिकार्य तालिम मंगलवारसम्म सञ्चालन हुनेछ । 

Vianet communication

गण्डकी प्रदेश सरकार तथा पश्चिम पृतना हेडक्वाटरको संयोजनमा विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार १’ प्रदर्शनी गरिने भएको छ । नमूना अभ्यास कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सहभागिता रहने गणले जनाएको छ । 

विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार १’ प्रदर्शनी सञ्चालन पूर्व नेपाली सेना तथा अन्य सुरक्षा निकायका सकल दर्जाहरूले विपद् उद्धारसम्बन्धी ६ दिने पुनर्ताजगी तालिम लिएका थिए । 

विपद् नमूना अभ्यास प्रदर्शनीमा नेपाली सेनाको एक गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी तथा व्यास नगरपालिकाका नगर प्रहरी, एम्बुलेन्स तथा दमकलको प्रयोग गरिनेछ । प्रदर्शनीमा सेनाको संयुक्त टोलीले भूकम्प, आगलागी, पहिरो तथा बाढीसम्बन्धी उद्धार प्रक्रियाको प्रदर्शनी प्रस्तुत गर्नेछन् । 

प्रमुख सेनानी बोहोराले भने, ‘बर्सेनि बर्सातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पुर्‍याउने गरेकाले बर्सातको समयमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण तथा बाढीबाट हुने क्षतिको तत्काल उद्धार गर्नका लागि समयमा नै सरोकारवाला निकायसँग समन्वय गरी जोखिमयुक्त इलाकाको पहिचान, उद्धार तथा बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने तरिकाको अभ्यास गरिरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x