×

NMB BANK
NIC ASIA

गणतन्त्र दिवस नजिकिँदै गर्दा राजतन्त्रको भूत सल्बलाउनु बिडम्बनापूर्ण : डा. बाबुराम भट्टराई

जेठ ९, २०८०

NTC
Premier Steels

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।

Muktinath Bank

सोमवार पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमको धनगढीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएपछि सोमवार राति डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लेखेका छन्, ‘गणतन्त्र दिवस नजिकिँदै गर्दा देशमा विद्यमान अर्थ–राजनीतिक संकट र जनताको असन्तुष्टिको धमिलो पानीमा माछा मार्ने कोसिस गर्दै मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो कि भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण छ ।’


Advertisment
Nabil box
Kumari

डा. भट्टराईले देश विकास नहुनुको कारणबारे समेत प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘वर्तमान नेपाल राज्य बनेर राजतन्त्रले (राणातन्त्र समेतले) नेतृत्व गरेको २०० वर्षमा समान अवस्थामा रहेका विश्वका अधिकांश देश विकास/समृद्धिको चुचुरोमा पुगिसक्दा हामीलाई विकासको पिँधमा कसले थचारेको हो ? निरंकुश राजतन्त्रको ‘स्वर्णकाल’ भनिने सन् १९६०–९० को ३० वर्षको विकास (प्रतिव्यक्ति GDP $50बाट$185) र त्यसयताको आंशिक र पूर्ण लोकतन्त्र/गणतन्त्रको ३० वर्षको विकास ($185बाट$1139) मात्र हेरे बुझिन्न र ? पहिले जनताको मुख थुनिएको र रैती बनाएको कालखण्ड र अहिले भूइँतहका जनताले समेत छाती फुलाएर बोलेको र सार्वभौम नागरिक बनेको कालखण्डको भेद स्वतः स्पष्ट छैन र ? अनि हिजो राजदरबारले देशको पूरै सम्पत्ति दैवी शक्तिको आडमा संविधान/कानूनमाथि बसेर वेरोकटोक भोग गरेको तर जनताले थाहासम्म पाउन नसकेको र अहिले लोकतन्त्रमा केही मान्छेले कानून छलेर भ्रष्टाचार गरेको तर तिनलाई कानूनले समातेर खोरमा राखेको उस्तैउस्तै हो ? आज राष्ट्रपति, प्रम, पूर्व प्रमहरूलाई निर्धक्क भन्नु/नभन्नु र गर्नु/नगर्नु गर्न पाइएको छ तर के हिजो राजा त के उनका हुक्के बैठकेहरूलाई समेत कर्के नजरले हेर्न र उनका विरूद्ध कानेखुसी गर्नसम्म पाइन्थ्यो/सकिन्थ्यो ? अनि हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो ? पक्कै हैन ।’

Vianet communication

डा. भट्टराईले लोकतन्त्रलाई अझै उन्नत बनाउनुपर्ने बताए । उनले भने, ‘हो, हामीलाई यतिले पुगेको छैन । लोकतन्त्र अझै उन्नत बनाउनु छ । विकास/समृद्धिको चुचुरो चुम्नु छ । भ्रष्टाचार निर्मूल गर्नु छ । त्यसैले अतितमुखी हैन, भविष्यमुखी बनौं । इतिहासको नदी उल्टो बग्दैन भन्ने बुझौं । दाहसंस्कार गरिरसकेको राजतन्त्रको राँकेभूतबाट नतर्सौं । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढौं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x