×

NIC ASIA

पूर्वराजालाई सांसद्को चेतावनी – तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस्

जेठ ९, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

मंगलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको उनले बताए । उनले राजाले शान्तिपूर्ण रूपले गद्दी छाडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्व राष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे । उनले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताए ।


Advertisment
Rupse Holidays
Nabil box

उनले भने, ‘ज्ञानेन्द्र दुईचोटी राजा हुनुभयो । तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस् । २ चोटी राजा हुनुभयो पुग्यो, तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस् । किनभने एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो । नेपाली जनताको चाहना अनुसार । अन्त धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समूल पारेका छन् । नेपालमा समझदारीले राम्रो के भयो भनेदेखि राजाले पनि जनताको भावना बुझेर शान्तिपूर्ण ढंगले गद्दी छोडे र त्यो गद्दी छोडिसकेपछि कुनै बदलाको कारबाही पनि बहुदलवादीहरूले राजालाई गरेनन् । राजा भूतपूर्व राष्ट्राध्यक्षको रूपमा शान्तिपूर्ण ढंगले उहाँको कुनै सम्पत्ति पनि खोसिएको छैन । उहाँले कसरी कमाउनुभएको छ भनेर खोजीनीति पनि गरिएको छैन । ती सबै कुरालाई शान्तिपूर्ण ढंगले समाधान गरियो र राजालाई पूर्व राष्ट्राध्यक्षको रूपमा देशले सम्मान, सुरक्षा दिएको छ । त्यसको राजाले कदर गर्नुपर्‍यो । राजीतिक लक्ष्य त्याग्नुपर्‍यो । राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भैहाल्यो ।’

Vianet communication

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियताबाट तर्सिनु नपर्ने बताए । दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए ।

उनले भने, ‘किन तर्सिनु ? तर्सिनै पर्दैन । हामीहरू अहिले पार्टीहरूका बीचमा विवाद गर्‍यौं, बहस गर्‍यौं, झमेला गर्‍यौं भनेर यो व्यवस्था नै फेल भयो भन्न मिल्छ ? हामीले लोकतन्त्र ल्याउने, गणतन्त्र भनेका हौं । वादविवादको बीचबाट एउटा संवाद निकालेर जान्छौं भनेको हो । गन्थनमन्थन गर्दैछौं । आखिरी पर्दाखेरी हिजो संविधान बनाउने बेलामा पनि सबै अग्रगामी शक्तिहरू एक ठाउँमा आएर देशलाई निकास दियौं । अहिले समृद्धिको यात्रामा पनि फेरि सबै दलहरू एकै ठाउँमा आउनुको विकल्प छैन । हाम्रो कार्यशैली, सोच्ने शैलीमा हामीले पुनरावलोकन गर्नुपर्छ । पुनर्विचार गर्नुपर्छ तर यो व्यवस्था फेल भएको छैन ।’

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रूपमा हिँड्दा आफूहरूलाई कुनै चिन्ता नभएको बताए । उनले नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही कहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे ।

उनले भने, ‘राजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन । कसैले तर्साएर तर्सिंदैनौं । कसैले तर्साउँदैमा लोकतन्त्र त्यति कमजोर छैन एउटा नागरिक हिँड्दै आफ्नो कुरा राख्दै जाँदाखेरी सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन । नेपाली जनताले चाह्यो भने कसैलाई स्थापना गर्न, पुनःस्थापना गर्न, हटाउन सक्छ । सभ्य, शालिन रूपमा प्रस्तुत हुँदा हाम्रो कसैसँग विमति रहँदैन । नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त हुँदैन । कानूनी राज्य समाप्त हुँदैन । त्यही आधारमा राजा आइहाल्छ भन्ने पक्षमा म छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न नसक्दा र दलहरूमा कमजोरी रहेसम्म केही तत्वहरू सल्बलाइरहने टिप्पणी गरे । उनले पूर्वराजाको सक्रियतालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो कमजोरी छ, राजनीतिक संस्कारमा कि उपलब्धिहरूलाई संस्थागत गर्न सकिराखेका छैनौं हामीले । त्यो कमजोरी रहेसम्म सल्बराइरहने तत्वहरू रहिरहन्छन् । त्यसैले गर्दा यसलाई स्वाभाविक रूपमा लिनुपर्छ र उनीहरू बलियो भएको होइन कि राजनीतिक दलले गर्नुपर्ने संस्थागत अभ्यासहरू कमजोर भएको हो ।’

उनले वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x