×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

‘हेवीवेट’ खाँणको हलुका बयान– मन्त्रिपरिषद्‍मा के कागजात पेश भयो मलाई सम्झना भएन

जेठ १०, २०८०

NTC
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणमा हेविवेट आरोपित नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले हलुका बयान दिएका छन् । तत्कालीन गृहमन्त्री रहेका बेला नीतिगत र आर्थिक लेनदेनसमेत गरेको आरोप लागेका खाँणले शरणार्थी प्रकरणमा हलुका इन्कारी बयान दिएका हुन् । 

Muktinath Bank

उनले मन्त्रालय र मन्त्रिपरिषद्ले गरेका निर्णयमा समेत अनभिज्ञता प्रकट गरेका छन् । तत्कालीन निर्णयहरू आफूलाई स्मरण नभएको उनको बयान छ । ‘नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको कार्य क्षेत्र तोकेको छ । नियामावलीअनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्ने, मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ,' लोकान्तरलाई प्राप्त बयानमा उनले भनेका छन्, 'भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरूको प्रस्ताव मन्त्रिपरिषदमा पेश भयो । कागजातहरू के के पेश भए मलाई अहिले सम्झना भएन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कागजपत्र, प्रतिवेदन, सम्झौतासहितका अभिलेख राख्ने काम मन्त्रालयअन्तर्गत प्रशासनिक काम भएको भन्दै पन्छिएका छन् । ‘मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौतालगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो’ बयानमा उनले भनेका छन्, ‘पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा उक्त समयमा नै मन्त्रिपरिषदमा प्रस्ताव प्रस्तुत गरेको हो ।’ 


Advertisment
Nabil box
Kumari

भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्व सह सचिव बालकृष्ण पन्थिको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनमा थप छलफल भएपछि मन्त्रिपरिषद्‍बाट पारित भएको उनको बयान छ । 

Vianet communication

बालकृष्ण खाँणले सरकारी वकिलको कार्यालयमा दिएको बयान
प्रतिवादीहरूमध्ये टेक नारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ । नरेन्द्र केसी मेरो निजी सचिव थिए । टोप बहादुर रायमाझी संविधान सभा सदस्य प्रतिनिधि सभा सदस्य र पूर्व मन्त्रीसमेत भएकोले चिनजान छ । म मिति २०७८ साल असार महिनाको २९ गते देखि मिति २०७९ पौष महिनासम्म गृहमन्त्रीको रूपमा कामकाज गरेको हुँ । म गृह मन्त्री हुँदा संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्नेलगायत मन्त्रीले गर्नु पर्ने काम इमान्दारीपूर्वक सम्पादन गरेको हुँ । 

बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो । सोबाहेक अन्य २ कालो र एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना–३८ समेत मेरो हो । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थाइ र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला । 

गृहमन्त्रालयको च.नं. ८४३ मिति २०८०।९।२६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६/०३२०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेश बहादुर के. सी. रहेको २ जनाले दस्तखत गरेको प्रतिवेदनमा तत्कालीन मन्त्रीले तत्कालीन सचिवको नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडि बढाउन हुन भनी तोक लगाई अगाडि बढाएको देखिन्छ, भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्व सह सचिव बालकृष्ण पन्धिको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृह मन्त्रीको पालामा लिने कार्य भएको भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदन उपर थप छलफल भए पश्चात गरिएका निर्णयहरू कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न म बाट मिति २०७८/०८/१२ मा स्वीकृत दिई सो प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो । 

नेपाल सरकार कार्य सम्पादन नियामावली अनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन् मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ । भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरूको प्रस्ताव मन्त्रिपरिषदमा पेश भयो । कागजातहरू के के पेश भए मलाई अहिले सम्झना भएन । नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको कार्य क्षेत्र तोकेको छ । मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ । तसर्थ मन्त्रालयको अभिलेखहरू को सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन । मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याईएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो । पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो ।

उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो म गृहमन्त्री भएपछि देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागि गृहमन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार ​अधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ । यसै सन्दर्भमा भुटानी या तिब्बतीले कुनै अवान्छनीय गतिविधि नगर्न भनी त्यसका लागि पनि निर्देशन दिँदै आएको हुँ । शरणार्थीहरूलाई मानवीय प्रबन्ध गर्न राज्यको दायित्व हो, पछिल्लो पटक भुटानी शरणार्थीहरूलाई अन्तर्राष्ट्रिय दातृ निकायहरूले सहयोग रोकेको अवस्थालाई जीवन जिउन असहज भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरूले पनि सरकारी वा सामुदायिक विद्यालयहरूमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उच्चारको सुविधा प्रदान गर्ने, प्रचलित कानूनको अधीनमा रही कानूनको पालना गर्ने गरी स्थानीय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामुहिक खेतीका लागी जग्गा लिजको प्रबन्ध गर्ने लगायतका व्यवस्थागरी उनीहरूको जीवन जीउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव पास गरिएको हो । प्रस्ताव भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो । शरणार्थीका नाममा अवान्छनीय गतिविधि रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो । 

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय इकाई बेलडाँगी झापाबाट मिति २०७८/०८/०३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविर बासीहरूलाई सूचना निकाली जानकारी समेत गराइएको, यसै गरी समय–समयमा निर्देशनहरू पठाईरहेको हो । भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेश्रो देश पठाई दिन्छौ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाईल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु । 

कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतीयन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनु पर्ने अवस्थामा समेत मैले पहलगरी निजहरूलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ । जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए । गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइन, मैले सो कार्य सोच्न पनि सकिनँ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x