जेठ १४, २०८०
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा भक्तपुरबाट मात्रै ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाका अनुसा...
काठमाडाैं | जेठ ११, २०८०
बानेश्वरस्थित संसद् भवन परिसरभित्र रेस्टुरेन्ट चलाएको एक व्यापारिक घरानाले झण्डै ४ वर्षदेखि भाडा नबुझाएको पाइएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले संसद् परिसरकै भवन व्यवसायी चण्डीराज ढकालको बेइजिङ रोस्ट डक रेस्टुरेन्टलाई भाडामा दिएको छ ।
चिया, गार्मेन्ट, फेसन वीयरसहितका व्यापार र उद्यममा रहेका ढकाल एक व्यावसायिक घरानाका रूपमा चिनिन्छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा २०६२ देखि ०६४ सम्म अध्यक्ष भएका ढकालले राजनीतिक पहुँचकै आधारमा भाडा नतिरी लामो समयदेखि सरकारी समितिलाई झुलाइरहेका छन् ।
ढकालले ९ पुस २०७५ मा नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको एक छेउमा रहेको उक्त रेस्टुरेन्ट भाडामा लिएका थिए । १० वर्षका लागि ढकालले भाडामा लिएको रेस्टुरेन्टले अहिलेसम्म मुस्किलले एक वर्षको मात्रै भाडा तिरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले भाडा तिर्न पटक–पटक ताकेता गर्दा पनि ढकालले बेवास्ता गरिरहेका छन् । ढकालको उक्त रेस्टुरेन्ट चलाउन घरभाडा, पानी, बत्ती र सरसफाइको गरेर वार्षिक ८४ लाख रुपैयाँ भाडा तिर्नुपर्ने सम्झौता छ । सम्मेलन केन्द्र विकास समितिसँग गरेको सहमति अनुसार ढकालले भाडा तिरेका छैनन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको नयाँ बानेश्वरमा रहेको बहुउद्देश्यीय व्यापारिक भवनमा यो रेस्टुरेन्ट छ । रेस्टुरेन्टले घर भाडा, बहाल कर, पानी, बत्ती र सरसफाइ समेत गरी मासिक ६ लाख ७२ हजार रुपैयाँ सरकारी समितिलाई बुझाउने गरी सम्झौता गरेको छ ।
हेर्नुहोस्, सम्झौता :
सम्मेलन केन्द्रको उत्तरपश्चिम कुनामा रहेको बहुउद्देश्यीय व्यापारिक भवनको दोस्रो र तेस्रो तला तथा तेस्रो तलाको बाहिरी भाग भाडामा लिएर ढकालले रेस्टुरेन्ट चलाएका छन् ।
उनले रेस्टुरेन्ट चलाएदेखि हालसम्म तिर्नुपर्ने भाडा साढे ४ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ, यसमध्ये पटक–पटक गरेर मुश्किलले १ करोड तिरे पनि साढे ३ करोड रुपैयाँभन्दा बढी बाँकी रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका सूचना अधिकारी कमल थापाले बताए ।
उनका अनुसार रेस्टुरेन्टले कोरोनापछि आएको समस्याका कारण भाडा तिर्न नसकेको जानकारी दिएको छ । लामो समदेखि ठाउँ ओगटेर बस्ने तर, भाडा नतिर्ने रबैयाविरुद्ध समितिको ध्यानाकर्षण भएको उनले बताए ।
सम्झौताविपरीत तेस्रो पक्षलाई भाडामा, सरकारी निकाय बेखबर
ढकालले भाडामा लिएको रेस्टुरेन्टले पनि तेस्रो तला अर्कैलाई भाडामा लगाएको छ । ढकालले भाडामा लिएको रेस्टुरेन्टको एउटा तला तेस्रो पक्षलाई भाडामा दिएका हुन् ।
तेस्रो तला र त्यसको कौशीमा द लफ्ट नामक रेस्टुरेन्ट सञ्चालनमा छ । उससँग भने ढकालले नियमित भाडा असुलिरहेका छन् ।
सम्मेलन केन्द्र र बेइजिङ रोस्टबीच भएको सम्झौताविपरीत ढकालले तेस्रो पक्षलाई भाडामा राखेका छन् । उक्त क्षेत्र अनुमतिविना तेस्रो पक्षलाई भाडामा लगाउन नपाइने भाडा सम्झौताको बुँदा नम्बर ७ मा उल्लेख छ । भाडामा लगाउनु परेमा समितिको पूर्व स्वीकृति चाहिन्छ । तर, ढकालले समितिको स्वीकृतिविना नै तेस्रोपक्षलाई ३ वर्षदेखि भाडामा राखेका छन् ।
द लफ्टले मासिक २ लाख ८७ हजार रुपैयाँ ढकालको कम्पनीलाई भाडाबापत बुझाउनुपर्छ । विकास समितिका सूचना अधिकारी थापा तेस्रो पक्षलाई भाडामा लगाएको विषय भने आफूहरूलाई जानकारी नभएको बताउँछन् ।
आफू झण्डै ४ वर्षसम्म भाडा नबुझाउने ढकालले द लफ्टसँग भने २ दिन पनि समय नाघ्न नदिई भाडा उठाउने गरेका छन् । एकपटक त भाडा तिर्न ढिला भएको भन्दै ढकालले लफ्ट रेस्टुरेन्ट प्रवेश गर्ने भर्याङमै साङ्लो र भोटे ताल्चा ठोकिदिएको स्रोतले दाबी गर्यो ।
भाडा समयमा नै नदिएको भन्दै बाटो छेकेर व्यवसाय नै रोक्ने काम पटक–पटक भएको द लफ्टका सञ्चालक राजेन्द्र श्रेष्ठले पनि स्वीकारे ।
व्यवसाय सञ्चालनका लागि स्थानीय पालिकामा दर्ता हुनुपर्ने विद्यमान कानूनी प्रावधान छ । तर, ढकालले यो व्यवसाय दर्ता नगरी चलाएका छन् । उनको रेस्टुरेन्ट काठमाडौं महानगरपालिकाको वडा १० मा रहेको छ । वडा कार्यालयमा व्यवसाय दर्ता नगरिकनै सञ्चालन गर्दा राज्यले पाउनुपर्ने कर पनि गुमेको छ ।
लामो समयदेखि भाडा नबुझाउने बेइजिङ रोस्टलाई कारबाहीको तयारी भएको समितिका सूचना अधिकारी थापाले बताए ।
‘अब पत्र काटेर पैसा तिर्न आउने समय दिइने छ । समयमा नआए सम्झौता खारेज गरेर जाने तयारी भइसकेको छ’, थापाले भने ।
व्यापार कम, तनाव बढी– ढकाल
बेइजिङ रोस्ट डकका सञ्चालक चण्डीराज ढकालले भने व्यापार कम तनाव बढी भएको प्रतिक्रिया दिए ।
हाल व्यापारिक कामको सिलसिलामा बंगलादेशको ढाकामा रहेका ढकालले लोकान्तरसँग भने, ‘यो रेस्टुरेन्टमा व्यापार कम, तनाव बढी छ ।’
ढकालले अब आफू रेस्टुरेन्ट बन्द गर्ने पक्षमा रहेको जानकारी दिए ।
‘विभिन्न समस्या र व्यापार नभएको अवस्थामा पनि डेढ करोड रुपैयाँ तिरिसकेका छौ । यहाँ त संसदीय इश्यु हुने, व्यवसाय गरिखान खोज्नेलाई लखेट्नेसहितका समस्यैसमस्या छ । एक साताभित्र नेपाल फर्किन्छु र यो रेस्टुरेन्ट बन्द गर्ने प्रक्रिया अगाडि बढाउँछु ।’
उनले पहिलो पक्षसँगको सहमतिविपरीत तेस्रो पक्षलाई भाडामा लगाएको स्वीकार गरे । समयमा भाडा नबुझाउँदा ४ दिनसम्म प्रवेशमा रोक लगाएको पनि उनको स्वीकारोक्ति छ ।
भाडामा लिनेले समयमा पैसा नतिर्ने, दिएको चेक पनि 'बाउन्स' भइरहने समस्याले गर्दा सचेत गराउन त्यसरी प्रवेशमा रोक लगाएको उनको जिकिर छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा भक्तपुरबाट मात्रै ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाका अनुसा...
सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा २५ वटा मात्रै नाफामा चलेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षणसँगै प्रस्तुत गरेको ...
लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ ...
रुपन्देहीका होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारिपछि व्यवसायमा मन्दी छाएकाले भाडामा छुट दिन आग्रह ...
नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ शोरुम शुरू गरेको छ । सिएट इण्डिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज ललितपुरको बालकुमारीमा नयाँ शोरुम...
सरकारले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत परेको बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत पर...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...