२६ जेठ २०८३, मंगलबार

आईपीएल क्रिकेटमा पाँचौंपल्ट च्याम्पियन बन्यो चेन्नई सुपर किंग्स, फाइनलमा गुजरात पराजित

जेठ १६, २०८०
आईपीएल क्रिकेटमा पाँचौंपल्ट च्याम्पियन बन्यो चेन्नई सुपर किंग्स, फाइनलमा गुजरात पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल जितेर चेन्नई सुपर किंग्सले उपाधि हात पारेको छ । चेन्नईले प्रतिस्पर्धी गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ ।

चेन्नईले यसपालि पाँचौंपल्ट उपाधि जितेको छ । यसअघि चेन्नईले २०१०, १०११, २०१८, २०२१ मा आईपीएलको उपाधि जितेको थियो ।

चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर गुजरातलाई ब्याटिङका लागि बोलाएका थिए । शुरूआती ब्याटिङ गरेको गुजरातले २१४ रन बनायो ।

जवाफी ब्याटिङमा वर्षाका कारण चेन्नईले १५ ओभर मात्रै खेल्न पायो । १४औं ओभरको खेल समाप्त हुँदासम्म अन्तिम ओभरमा चेन्नईलाई जीतका लागि १३ रन चाहिएका थिए । अन्तिम ओभरका ४ बलमा ३ रन मात्रै बने । जीतका लागि अब अन्तिम २ बलमा १० रन बनाउनुपर्ने भयो ।

अन्तिम २ बलमा रवीन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै चेन्नईलाई उपाधि जिताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्