असोज १३, २०८०
आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...
काठमाडाैं | जेठ २२, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
लामो समयदेखि समाधान हुन नसकेको नागरिकताको विवाद थप गिजोलिन पुगेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेर निकास दिन खोजेपनि यो निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ ।
राष्ट्रपतिले नागरिकता विवाद जेठ १७ मा प्रमाणीकरण गरेदेखि नै पक्षविपक्षमा सडक र सदनमा वादविवाद हुँदै आएकोमा आइतबार सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यो विषयमा आदेश दिएसँगै नागरिकतासम्बन्धी विवाद थप गिजोलिनुका साथै वास्तविक नागरिकताविहीनहरुको नागरिकता पाउने आशा फेरि अनिश्चित बनेको छ ।
नागरिकता विधेयकमा भएको केही प्रावधान विवादास्पद र देशको हित गर्ने खालको नभएको एक पक्षले बताउँदै आएको छ । यही कारण देखाउँदै तत्कालीन राष्ट्रपतिले रोकेकी थिइन् । तर प्रचण्ड नेतृत्वको सरकारले अघिल्लो संसदले दुई पटक पास गरेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले प्रमाणीकरण गरेलगत्तै विवाद चर्किन पुगेको थियो ।
००००
विपक्षी दलहरूको अवरोधका कारण संसद बैठक सोमवारसम्म स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमवार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।
यसअघि आइतवार बैठक शुरू हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरणलगायत विषयमा विरोध जनाउँदै संसद् अवरुद्ध गरेका थिए ।
राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयक तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाए ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदको अवरोध हट्ने बताएका छन् ।
एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आइतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्र, संविधान र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताएका हुन् ।
००००
राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतवार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।
००००
राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिका जान पाउने भएका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका लामिछानेको पेसी असार २९ गतेका लागि सारेपछि उनी दक्षिण अफ्रिका जान पाउने भएका हुन् ।
उनका वकिल अधिवक्ता सरोजकृण घिमिरेले असार २९ गते पेसी तोकिएको बताए ।
००००
जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गरेका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूतलाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
००००
नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो ।
००००
निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धि सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनगरी असार ४ गतेभित्र सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धि सबै कामहरू ठप्प पार्ने चेतावनी दिएको हो ।
००००
रौतहटको गौरमा भएको नरसंहारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । हत्याकाण्डको जाहेरी दर्ताको माग गर्दै आइतवार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
त्रिभुवन साह सहितका निवेदकले दिएको रिट सर्वोच्चमा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमै फर्किएका छन् । पार्टी विभाजनको झण्डै दुई वर्षपछि उनी नेकपा एमालेमा फर्किएका हुन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले उनलाई न्यौपानेलाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै सूर्य शर्मालगायत पनि एमालेमा फर्किएका छन् ।
००००
पाल्पामा आइतवार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।
००००
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनमा लक्षित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो
००००
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको अहाइतबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशभित्रका अस्पतालहरूको स्तरोन्नतिदेखि गुणस्तरीय शिक्षासम्मका विषयलाई सरकारले जोड दिएको उल्लेख गरे ।
००००
सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
००००
मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
प्रदेशसभाको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी राखेको प्रस्तावपछि छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले आगामी आवको बजेट समृद्ध मधेसका लागि हुनुपर्नेमा जोड दिए।
००००
भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ ।
वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा एक लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
००००
नेपालले मलेसियाविरुद्ध पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।
आइतवार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो ।
आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको 'चुच्चे नक्सा' नसमेटिएको बारे भ्रमणमा चर्चा भएको दाबी गरेका छन् । नक्साबारे पहिले नै कुरा भएको र आगामी दिनमा सकारात्मक ढं...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...