×

NMB BANK
NIC ASIA

मनोज र विदुरको जोडीलाई डबल्स स्वर्ण

काठमाडाैं | जेठ २९, २०८०

NTC
Premier Steels

मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् ।

Muktinath Bank

 राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको  पुरुष सिंगल्समा निहालजंग बहादुर थापाले विशांक सुवेदीलाई ६–० र ६–०, प्रदीप खड्काले विक्की सागोल्सेनलाई ७–६ र ६–०, राजवीर प्रधानले शंकर हेस्नेनलाई ६–१ र ६–१, आरभसम्राट हाडाले सुशल मोक्तानलाई ६–० र ६–०, आयुशमान हजुर घलेले नवीन श्रेष्ठलाई ६–२ र ६–३, साहिल थापाले विपुल अधिकारीलाई ६–० र ६–०, निशान श्रेष्ठले अर्याश शर्मालाई ६–० र ६–०, अभिनव आचार्यले निजेज महर्जनलाई ७–६ र ६–२, सक्षमविक्रम शाहले उगेन शेर्पालाई ६–२ र ६–१, अभिषेक बाँस्तोलाले ओजेज महर्जनलाई ६–० र ६–० तथा अकी जुवेन रावतले देबाशिश रेउलेलाई ६–१ र ६–० ले हराउदै दोश्रो चरणमा प्रवेश गरे ।


Advertisment
Nabil box
Kumari

 यु–१० गल्र्स सिंगल्समा सरा पन्तले प्रज्ञा वज्राचार्यलाई ६–० र ६–१, अनुश्री धोजुले थिअ श्रेष्ठलाई ६–० र ६–०, सर्वाना गुरुङले आयाना भद्रलाई ६–० र ६–० तथा जेनिशा ज्ञवालीले आयुश्री हजुर घलेलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए । यु–१२ गल्र्स सिंगल्समा सपना मल्लले सर्वाना गुरुङलाई ७–५ र ६–३ तथा आयुश्री हजुर घलेले यजु श्रेष्ठलाई ६–० र ६–१ ले पन्छ्याउदै क्वाटरफाइनलमा पुगे । यु–१२ ब्वाइज सिंगल्समा दर्शित अग्रवाल, सानोवाज हुसैन, सन्दिप जिसी, विश्वविशेष दल्लाकोटी, हभिस बन्सल, सुजन कुइकेल र साम्खाहाङ राई आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

Vianet communication

 यु–१४ गल्र्स सिंगल्समा समृद्धि महर्जनले दिब्यता भण्डारीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भइन् । सो स्पर्धाको ब्वाइजमा असभसम्राट हाडा, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र काइ प्रजापति क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

यु–१६ गल्र्स सिंगल्समा शिभाली गुरुङ तथा दिब्यता भण्डारी क्वाटरफाइनलमा पुगे । उक्त स्पर्धाको ब्वाइजमा राजवीर प्रधान, निशाद जोशी, बोरिस अधिकारी, आयुशमान हजुर घले र दर्शिल श्रेष्ठले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

 नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज सेवा र अन्वर अली, कमल भण्डारी र यज्ञ भण्डारी, अनिल साइ र गोपी भट्टराई तथा जितेन्द्र परियार र महेश श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x