×

सत्ता जोगाउने अन्तिम कसरत

कोशीमा एक सिट भएको जसपालाई दुई मन्त्री दिने 'अफर' : अध्यक्ष यादव भन्छन्- पक्षमा मतदान गर्दैनौं

काठमाडाैं | असार १४, २०८०

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान कोशी प्रदेश सरकारको पक्षमा मतदान नगर्ने बताएका छन् । बिहीवार अबेर लोकान्तरसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले जसपाका गैरसांसद समेतलाई मन्त्री बनाउने आश्वासन दिइरहेका बेला यादवले सरकारको पक्षमा मतदान नगर्ने स्पष्ट पारेका हुन् ।


Advertisment

'हाम्रो माननीयले पक्षमा मतदान गर्नु हुँदैन,' अध्यक्ष यादवले भने, 'मैले प्रदेश कमिटीलाई निर्णय गर्न भनेको छु । विपक्षमा मतदान गर्ने विषयमा छलफल भइरहेको छ ।'


Advertisment

मधेश प्रदेशमा जसपालाई विना सर्त एमालेले सघाएको भन्दै कार्कीले संसद् बैठक छोडेर जसपाका नेताहरूलाई सघाउन आग्रह गरेका थिए । कोशी प्रदेशमा जसपाको एक मात्रै सांसद छन् ।

तर उनले गैर सांसदलाई समेत मन्त्री बनाउने आश्वासन दिएको जसपाका एक नेताले लोकान्तरलाई बताए । मुख्यमन्त्री कार्कीले जसपाका निवर्तमान प्रदेश सांसद जयराम यादव र वर्तमान प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री नआएपछि आधा घण्टाका लागि स्थगित गरिएको कोशी प्रदेशसभा बैठक शुक्रवार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

दिउँसोसम्म तटस्थ बसेको जसपाले पक्षमा मतदान नगर्ने भएपछि कार्की नेतृत्वको सरकार ढल्ने लगभग पक्काजस्तै छ ।

एमाले र राप्रपाबाहेकका ४६ सांसदहरूले मात्रै विश्वासको मत दिने बताएका छन् । कोशी प्रदेशमा राप्रपा पनि सत्ता मै छ ।

राप्रपाका ६ सांसद छन् भने एमालेका ४० सांसद छन् । 

एमाले र राप्रपाबाहेक कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । 

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x