×

NMB BANK
NIC ASIA

एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ : अध्यक्ष ओली

भक्तपुर | असार १८, २०८०

NTC
फाइल फोटो
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू एमालेलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे । उनले आफू सरकारमा सहभागी भएको बेला शुरू गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउने लगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटक–पटक दोहोर्‍याए ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले देश र जनताको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबैभन्दा ठूलो प्राप्ति हुने गरेको बताए । उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम शुरू गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम शुरू गरेको भए पनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताए ।

Vianet communication

उनले भने, ‘कमसेकम के चाहिँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता शुरू गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिक लगायत एकल महिला, असक्तता भएका व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू समेतलाई प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्‍याएको छु आफैंले निर्णय गरेर । हाम्रा बालबालिकाहरू अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन्, नेपालमा त्यस्तो सुहाउँदैन भनेर बालबालिकाहरू खाते भएर सडकमा अलपत्र पर्ने होइन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरूको प्रबन्धहरू, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढ्ने प्रबन्ध, त्यो शुरू गराएँ । नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो । सडकमा अलपत्र परेका मानिसहरूलाई विभिन्न संघसंस्थाहरूसँग मिलेर तिनको व्यवस्थापन गर्ने प्रबन्ध गरिएको हो र नेपालका बाटाघाटाले नेपाल जोडियोस् । दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटो थियो । त्यसलाई राजमार्ग बनाइएको हो २ लेनको । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । पुरानो राजमार्गलाई ४ लेन, ६ लेनको बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । पूर्वपश्चिम रेलको लेन बनाइएको हो । मध्य पहाडी राजमार्ग खनाइएको हो । अब मध्यपहाडी राजमार्गबाट यही मंसिरको अन्त्यतिर पश्चिमबाट शुरू गरेर पूर्व पहाडै–पहाडतिरबाट जाने यो योजना बनाएको थिए  र मैले दुर्गमभन्दा दुर्गम ठाउँहरू नेपालको हिमाल पारीका गाउँहरू म घुम्न गएको छु, चाहे मिली भ्याली होस्, चाहे रुवि भ्याली होस् । चाहे अरु ठाउँहरू हुन् । झापाको मात्रै कुरा होइन नि ! म देशभरका जनतालाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन, म देशभर बाटो बनाउँछु । झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो । मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरूलाई मात्रै होइन, देशभरका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो । यो बापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले राम्रो भनोस्, राम्रो नभनोस् तर राम्रो काम चाहिँ गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनुपर्छ । गर्दै जानुपर्छ । कसले के भन्यो भन्ने कुरा होइन । कसैले भन्न सक्ला– कस्तो लोभी रहेछ ? परलोकमा पनि सुख पाउन यस्तो यस्तो काम गरिरहेछ भनेर आरोप लगाई दिन्छन नि ! विजय मूर्तिजीले यो काम गर्नुभएको छ । आ, यो परलोक सपार्नका लागि यो काम गरेको हो भनेर आरोप लगाइदिन सक्छन् । अब के गर्नुहुन्छ ? परोलोक कसैले देखेको छैन । यसको कुरा नगरौं तर यो लोक बनाउनुपर्छ । यो लोकलाई बनाउनुपर्छ आनन्दमय । समृद्ध देश र जनतालाई सुखी बनाउनुपर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् फेरि तर यो चिन्ताको विषय होइन । हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईंले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफलभन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ तपाईंलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ति ।’

ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए । त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरूलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x