×

NMB BANK
NIC ASIA

कम्युनिस्टभित्र इगोको राजनीति

ओली–प्रचण्ड प्रतिशोधको राजनीतिले फेरि बन्धक बन्दै संसद्

काठमाडाैं | असार २२, २०८०

NTC
Premier Steels

‘मलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरैचोटी दिल्ली जानुभयो’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर तीन दिनदेखि संसद् ठप्प छ । प्रधानमन्त्री प्रचण्डले सो अभिव्यक्ति आफ्नो नभई सरदार प्रितम सिंहको भावना रहेको स्पष्टीकरण दिएका छन् । तर संसद्‌मा एमालेको अवरोध रोकिएको छैन ।

Muktinath Bank

एमालेको चेतावनीपछि प्रतिनिधिसभाको बैठक लगातार सूचनामार्फत स्थगित गरिएको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रियसभा लगातार तीन दिनदेखि अवरुद्ध छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले प्रधानमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएको छ ।


Advertisment
Nabil box
Kumari

बिहीवार सत्ता गठबन्धनले राजीनामाको कुरामा छलफल नै नगर्ने बरु संसद्‌मा फेस गर्ने निर्णय गरेपछि एमाले क्रुद्ध भएको छ ।

Vianet communication

‘हिजो बिहान गठबन्धनको बैठक बस्यो, हिजो बिहान मसल देखाएर आह्वान गरे, संसदमै भेटौंला । आउ । प्रतिपक्षले के गर्ने, भेटौंला भनेपछि भेट्नुपर्छ । ठिक छ, केका लागि पार्ल्यामेण्ट भनेको हो, उहाँहरूले वार्ता गर्छौं भन्नुभएन, पार्ल्यामेण्टमा सामना गरिन्छ भन्नुभयो । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु । नम्रताका साथ भन्न चाहन्छु, सत्ता पक्ष पार्ल्यामेण्टमा मात्रै होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं । स्पष्ट तोकेर बोलाए हुन्छ । त्यहाँ पुग्न हामी तयार छौं’ओलीले शुक्रवार अखिलको एक कार्यक्रममा भने ।

प्रधानमन्त्रीको सचिवालय र माओवादीको कार्यालयले विज्ञप्ति प्रकाशित गरेर प्रचण्डको सदासयतालाई दूराशयमा बदल्न खोजिएको भनेर प्रष्टीकरण दिएका छन् । तर संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उसकै शब्दमा प्रचण्डको राष्ट्रघाती अभिव्यक्तिप्रति माफी मागेर नपुग्ने अडान लिइरहेको छ ।

null

प्रचण्डको अभिव्यक्ति आएको पर्सिपल्ट नेकपा एमालेले संसदीय दलको आकस्मिक बैठक राखेर प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गर्‍यो । त्यसलगत्तै प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको राजीनामा एक सूत्रीय माग रहेको अडान राख्यो ।

प्रधानमन्त्रीको राजीनामा माग गर्ने क्रममा एमाले पोलिटब्यूरो सदस्य एवं सांसद रघुजी पन्तले ‘लेण्डुप दोर्जेको नेपाली संस्करण’ नचाहिने भन्दै प्रचण्डलार्ई सिक्किम भारतमा गाभ्ने लेण्डुप दोर्जेसँग तुलना गरेका थिए ।

‘दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । देशको हक, हित र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिन सक्ने प्रधानमन्त्री चाहिएको हो । लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन । त्यसैले यो विषय क्लियर नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद अब अगाडि बढ्न सक्दैन । देशले उहाँको राजीनामा खोजेको छ । म उहाँको राजीनामा माग्छु । हाम्रो दलको तर्फबाट उहाँको राजीनामाको माग गर्छ ।’

प्रधानमन्त्रीको राजीनामा नमागे पनि  रास्वपा र राप्रपाले पनि प्रचण्डको अभिव्यक्तिबारे संसदमा जवाफ मागेका छन् । आफ्नै अभिव्यक्तिका कारण प्रचण्ड गलापासोमा परेका छन् ।

प्रचण्ड–ओली झगडामा रमिते कांग्रेस

सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसले प्रचण्डको अभिव्यक्ति सम्बन्धमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर कांग्रेस नेताहरूले प्रचण्डको अभिव्यक्ति गलत भएको बताइरहेका छन् । भलै प्रचण्डले सो अभिव्यक्ति आफ्नो नभई सरदार सिंहको रहेको दाबी गरिरहेका छन् । 

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा कांग्रेस महामन्त्री गगन थापाले प्रचण्डको अभिव्यक्तिले अप्ठ्यारो महसुस गरेको बताए ।

पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरिएका कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको गगनको टिप्पणी थियो । 

शुक्रवार कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले पनि प्रचण्डको अभिव्यक्ति अनुचित रहेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा तथा नेपाली जनताको भावनामा ठेस पुर्‍याएको छ’ शुक्रवार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भने ।
सत्ता सहयात्रामा रहे पनि कांग्रेस प्रचण्डका पछिल्ला कदमप्रति सन्तुष्ट छैन, शंकाको नजरले हेरिरहेको छ ।

आफूमाथि दबाब सृजना गर्न प्रचण्डले कहिले समाजवादी मोर्चा गठन र कहिले नेकपा ब्युँताउने कार्ड फ्याकेको कांग्रेसको आरोप छ । पार्टी सभापति शेरबहादुर देउवा विदेशमा रहेको समयमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेका थिए । 

कांग्रेसका एक प्रभावशाली नेताले प्रचण्डको अभिव्यक्तिको पार्टीले बचाउ गर्न नसक्ने बताए । ‘प्रधानमन्त्रीको हैसियतमा उहाँले बोलेका कुरा आपत्तिजनक हुन्, उहाँसँग हाम्रो सहकार्य बाध्यता हो । प्रचण्डका गलत कामको बचाउमा हामी किन उत्रिने ?’ ती नेताले शुक्रवार लोकान्तरसँग भने ।

दूरी बढाउँदै एमाले–माओवादी

प्रचण्डको अभिव्यक्तिलाई लिएर विवाद लम्बिँदै जाँदा देशका प्रमुख दुई कम्युनिस्ट पार्टी एकले अर्को दललाई खुइल्याउन शुरु गरेका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको व्यक्तिगत इगो र दुस्मनीले गर्दा पनि यो विवाद बल्झिदै गएको छ । साढे दुई वर्ष अघिको नेकपा विवादको तुस नमेटिदै २०७९ पुसमा ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । 

null

तर प्रचण्डले एमालेसँगको सत्ता सहयात्रा टुंग्याएर कांग्रेससँग नयाँ यात्रा शुरु गरे । प्रितम सिंह प्रकरणमा एमाले र माओवादीका पुराना सम्बन्धले पनि काम गरेको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा मागे लगत्तै माओवादीले कडा विज्ञप्ति प्रकाशित गरेर जवाफ फर्काएको थियो ।

‘मध्यरातमा रअ प्रमुखसँग बालुवाटारमा भेटेर पटक–पटक संसद् विघटन गर्ने, जनताका मुद्दाहरूमा कानून बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानबिन र फाइल खोल्दा गैर जिम्मेवार बन्नेजस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलव्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्’ माओवादी प्रवक्ता कृष्णबहादुर महराले बिहीवार विज्ञप्ति प्रकाशित गरी एमाले अध्यक्ष ओलीलार्ई चुनौती दिएका छन् । 
प्रचण्डका गुरिल्लाहरूले आफूलार्ई चुनौती दिएको भन्दै शुक्रवार ओलीले प्रधानमन्त्रीमाथि अर्को गम्भीर आरोप लगाएका छन्– भारत भ्रमणमा गोप्य ढंगले रअ प्रमुखलाई भेटेको भनेर । ‘भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रुपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ’ शुक्रवार काठमाडौंमा अखिलको स्ववियु काउन्सिलको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ।

एमालेको विरोधका कारण संसद्का महत्वपूर्ण काम प्रभावित भएको छ, पहिलो असर मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन गरिएको आयोगको अध्यादेश निष्क्रिय भएको छ । असार मसान्त भित्रै राष्ट्रिय सभाबाट बजेटसम्बन्धी तीन वटा विधेयक पारित गर्नुपर्ने बाध्यता छ । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका ती विधेयक पारित भएर प्रमाणीकरण नभई नयाँ बजेट कार्यान्वयन हुन सक्दैन । यस्तो समयमा एमालेले संसद् अवरोधमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ । 

माओवादी महासचिव देव गुरुङ प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले गरिरहेको संसद् अवरोध नाजायज भएको बताउँछन् । ‘राज्यको नीतिका सम्बन्धमा बोलेको भए आलोचना गर्दा हुन्थ्यो, पुस्तक विमोचन कार्यक्रममा व्यक्तिको भूमिकाबारे बोलेको कुरालाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिनु अराजनीतिक कुरा हो’ गुरुङले लोकान्तरसँग भने । 

माओवादीका अर्का एक पदाधिकारीले संसद्लाई असफल बनाउने षडयन्त्र स्वरूप प्रधानमन्त्रीको राजीनामा मागेर संसद्लाई बन्धक बनाउन खोजिएको दाबी गरे । ‘शुरुको दिनमै उहाँले प्रतिनिधिसभा विघटन ठीक थियो भनेर आफ्नो गलत कामको बचाउँ गर्नुभएको थियो । सरकारको लोकप्रियताबाट तर्सेर अहिले यो संसद्लाई असफल बनाउने षडयन्त्रमा लाग्नु भएको छ’ ती नेताले भने । 

सत्ता र प्रतिपक्ष आफ्नो अडानमा टसमस नभएका कारण प्रचण्डको अभिव्यक्तिलाई लिएर शुरु भएको संसद् अवरोध कहाँ पुगेर टुंगिने यकिन छैन । पछिल्लो प्रकरणले नेकपा ब्युँताउने प्रचण्डको योजनामा पनि ब्रेक लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x