×

NMB BANK
NIC ASIA

ललितपुर महानगरले उद्यम गर्न महिला उद्यमीलाई बिउ पुँजी दिने

ललितपुर | साउन ८, २०८०

NTC
Premier Steels

ललितपुर महानगरपालिकाले सोमवार महिला उद्यमी सम्मेलन आयोजना गरेको छ ।

Muktinath Bank

महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम आयोजना गरेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीको उत्पादन बजारीकरण गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


Advertisment
Nabil box
Kumari

उनले सम्मेलन सम्मेलन मात्रै नभएर उद्यमीहरूको अनुभव, ज्ञान, सीप आदानप्रदान गर्ने थलो समेत भएको प्रस्ट पारिन् । 

Vianet communication

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरले व्यक्तिलाई सीपसँग, सीपलाई प्रविधि र बजारसँग जोड्ने काम गरेको बताए । तालिम लिएपछि उद्यम गर्न चाहनेका लागि बिउ पुँजी समेत व्यवस्था गरेको बताए । 

नेपालका लागि ईयूका राजदूत नोना देपरेज, नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भल्क, यूएनडीपीका आवासीय प्रतिनिधि आसियानी मेदागानगोडा लाबे विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले महिला उद्यमीको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहकार्य र समन्वय गर्ने बताए । 

null

कार्यक्रममा सफल उद्यमीको संघर्ष तथा सफलताको कथा भिडियो सामग्री प्रदर्शनी गरिएको थियो ।

‘महानगरका महिला उद्यमीहरूको अवस्था र महिला उद्यमशीलता सहजीकरण केन्द्रको कार्यक्रम तथा प्रगति’माथि प्रस्तुतीकरण गरिएको थियो ।

सम्मेलनमा पूर्व सचिव यामकुमारी खतिवडाले ‘उद्यम व्यवसाय सञ्चालन र व्यवस्थापनमा उद्यमीको भूमिका र सरोकार निकायको दायित्व’ विषयमा प्रस्तुतीकरण दिएकी थिइन् । 

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा तथा डाँफे वर्कसकी कृतिष्मा कार्कीले सफल महिला उद्यमीहरूको उत्प्रेरणात्मक प्रस्तुतीकरण दिएका थिए । 

कार्यक्रमको दोस्रो सत्रमा महिला उद्यमीहरूको व्यावहारिक समस्या र सरोकारवाला निकायको भूमिका विषयमा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा ललितपुर महानगरका उपप्रमुख, राष्ट्र बैंकका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रतिनिधि, कर कार्यालय ललितपुरका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए । सम्मेलनका क्रममा सफल उद्यमीलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा सहभागी हुन आएको अतिथि तथा विशिष्ठ अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x