×

NMB BANK
NIC ASIA

सुन तस्करी प्रकरण

रेडी ट्रेडको गोदामबाट बरामद ६६ कार्टुन ब्रेक प्याडमा सुन भेटिएन, फलाम भएको भन्सार विभागको रिपोर्ट

पक्राउ परेका चिनियाँसँग दोभासे राखेर बयान, मालिकसम्म पुग्ने रणनीति

काठमाडाैं | साउन १२, २०८०

NTC
Premier Steels

रेडी ट्रेड प्रालिको गोदामबाट बरामद भएको  ६६ कार्टुन ब्रेक प्याडभित्र राखिएको सामान सुन नभएर फलाम रहेको पुष्टि भएको छ ।

Muktinath Bank

 राजश्व अनुसन्धान विभागले रेडी ट्रेडको गोदाममा छापा मारी सुन गाल्ने र जोख्ने उपकरण सहित ६६ कार्टुन खोलिएको अवस्थामा ब्रेकप्याड बरामद गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही ब्रेक प्याडभित्र कुन धातु प्रयोग गरिएको हो भन्ने परीक्षणका लागि राजश्व अनुसन्धान विभागले भन्सार विभागलाई परीक्षण गर्नका लागि स्याम्पल पठाएको थियो । 'उक्त स्याम्पल परीक्षणको परिणाम आइसकेको छ ।


Advertisment
Nabil box
Kumari

भन्सार विभागले पठाएको ल्याब परीक्षण प्रतिवेदनमा ब्रेक प्याडभित्र सुन नभएर फलाम रहेको भनेर पुष्टि गरेको छ,'राजश्व अनुसन्धान विभागका उच्च स्रोतले लोकान्तरसँग शुक्रवार भन्यो, 'हामीलाई त्यसमा सुन भएको हुनसक्ने आशङ्का थियो । तर भन्सार विभागले त्यसमा सुन नभएर फलाम वा त्यस्तै अन्य धातु हुनसक्ने भनेर परीक्षण प्रतिवेदन पठाएको छ ।'

Vianet communication

एउटा कार्टुनभित्र १० प्याकेट ब्रेक प्याड थियो । एउटा प्याकेटमा २ सेट ब्रेक प्याड थियो । केही दिनअघि राजश्वले  रेडी ट्रेड प्रालिको गोदाममा छापा हानेर ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको थियो । 

विभागले अहिले अनुसन्धान सुनको मालिक को हो भन्नेतर्फ केन्द्रित गरेको छ । तर त्यसमा हालसम्म ठोस उपलव्धि प्राप्त गर्न सकेको छैन ।

 पक्राउ परेकाहरूसँग बयान लिने कार्य जारी नै रहेको हुनाले अहिले नै केही भन्न नसकिने राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

'पाँच जना अनुसन्धान अधिकृतहरूले सुन तस्करीको विषयमा अहिले अनुसन्धान गरिरहनु भएको छ । अहिले अनुसन्धानको क्रम जारी नै रहेकाले त्यस विषयमा केही भन्न सकिँदैन,' अधिकारीले लोकान्तरसँग भने ।

राजश्व स्रोतका अनुसार पक्राउ परेका चिनियाँ नागरिकसँग दोभासे राखेर शुक्रवार बयान लिइएको छ । 'अहिले सम्मको बयानमा आफूलाई केही पनि थाहा नभएको नै चिनियाँ नागरिकले भनिरहेका छन्,' राजश्व स्रोतले लोकान्तरसँग भन्यो,'यद्यपि चिनियाँ नागरिकको मोबाइलको फोनको कल डिटेल्सलाई पनि हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेकाले त्यसबाट केही थप जानकारी आउन सक्ने आस गरेका छौँ ।'

पक्राउ परेका १७ जनाकै कल डिटेल्स पत्ता लगाउनका लागि राजश्वले अदालतबाट अनुमति लिएर त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र एनसेललाई समेत विभागले पत्राचार गरिसकेको उक्त स्रोतले बतायो ।

'चिनियाँ नागरिकसहित पक्राउ परेकाहरूले इन्कारी बयान गरे पनि केही न केही तथ्य फेला परेको छ,' विभाग स्रोतले लोकान्तरसँग भने,'त्यसै आधारमा थप अनुसन्धान अगाडि बढेको छ ।'

नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको यसअघिको सुनको नाप तौल लिनका लागि पनि अब विभागले लेखेर पठाउने तयारी भएको उनले खुलाए । 'रेडी ट्रेड प्रालिको गोदामबाट बरामद भएको ब्रेक प्याडको अवस्था जानकारी नभएकोले बरामद  भएको सुन जोख्न विभागले पत्राचार गरेको थिएन,' उक्त स्रोतले लोकान्तरसँग भन्यो । 

तर, अब भन्सार विभागबाट पनि परीक्षण प्रतिवेदन आइसकेको हुनाले टक्सार विभागलाई पनि बरामद भएको सुनको तौल लिन विभागले पत्राचार गर्ने उनले खुलाए ।

हङ्कङ्बाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी ट्याक्सीमा लगिरहेको अवस्थामा सिनामंगलबाट  राजश्व अनुसन्धान विभागले अन्डर कभर अप्रेसन सञ्चालन गरी झन्डै १ क्विन्टल सुन तस्करी गरिएको अवस्थामा बरामद गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x