×

NMB BANK
NIC ASIA

कला

सामाजिक क्षेत्रका आरोह–अवरोहबारे किताब लेख्‍दै 'धुर्मुस'

‘दर्शकको चाहनाअनुसार सिर्जना ल्याउने, सक्रिय कलाकारितामा फर्किने तरखरमा’

काठमाडाैं | साउन १३, २०८०

NTC
Premier Steels

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीलाई दर्शकले लामो समय पर्दामा देख्न पाएनन् । लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’ छाडेर उनीहरू सामाजिक कर्ममा होमिएका थिए । 

Muktinath Bank

सामाजिक काममा हिँड्दा एकाध भिडियो, ‘सेन्टी भाइरस’ फिल्मबाहेक उनीहरू निरन्तरको कलाकारिताबाट टाढै रहे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निकै समयपछि १ महिनाअघि उनीहरूले वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक गरे । ‘धुर्मुस–सुन्तली’ पात्रकै पहिरनमा देखिएका उनीहरूको फिल्मलाई दर्शकले राम्रो हेरिदिए । सँगै प्रतिक्रिया पनि राम्रो दिए । ३२ लाख बढी हेरिएको फिल्मलाई लिएर आएका प्रतिक्रियाहरू हेर्दा सितारामको अनुहार ‘उज्यालिन्छ’ ।


Advertisment
Nabil box
Kumari

‘धुर्मुस–सुन्तली अब निरन्तर कलाकारितामा सक्रिय हुनुपर्छ । हामी पहिलाकै धुर्मुस–सुन्तली हेर्न चाहन्छौं’ जस्ता प्रेम र सद्भावसहितका दर्शक प्रतिक्रियाले सितारामलाई खुशीको अनुभूति हुन्छ । 

Vianet communication

‘दर्शकबाट आएका प्रतिक्रियालाई लिएर एकदमै खुशी छु,’ लोकान्तरसँगको कुराकानीमा सितारामले भने, ‘सामाजिक काममा होमिँदा हामीलाई कलाकारितामा माया गर्ने दर्शकलाई केही निराश बनाएका रहेछौं कि भन्ने पनि लागिरहेको छ ।’

‘म त मर्छु कि क्या हो’ फिल्म हालसालै निर्माण गरिएको भने होइन । कोरोनाको अवधिमा ३ वर्षअघि फिल्म निर्माण गरिएको थियो । 

शुरूआती चरणमा यसलाई फिल्मका रूपमा पनि निर्माण शुरू गरिएको थिएन । ३ भागको सिरियलका रूपमा छायांकन गरिएकोमा पछि फिल्म बनाएको सितारामले बताए ।

‘त्यतिबेला हलहरू बन्द थिए । दर्शकको मनोरञ्जनका लागि घरमै बसीबसी कुनै एपबाट हेर्ने गरी बनाउँ भन्ने सुझाव आयो,’ उनले फिल्म निर्माण गर्दाको क्षण सुनाए, ‘अनि २ वटा गीत थपेर यसलाई फिल्मको हिसाबमा रूपान्तरण गरियो । यद्यपि हामी बारम्बार भनिरहेका छौं यो ठूलो पर्दाको फिल्म होइन ।’ 

आफूहरू दर्शकले बनाएको कलाकार भएको र सामाजिक काममा पनि दर्शककै माया र सद्भावले होमिएको सिताराम बताउँछन् । सामाजिक काममा सक्रिय हुँदा पनि उनलाई कलाकारिताको हुटहुटीले भने सधैं सताउने गरेको थियो । 

‘समय, काल, परिस्थितिअनुसार एउटा सहयोगी भूमिका निर्वाह गरेका हौं । नागरिकको कर्तव्य पूरा गरेका हौं । राज्यलाई सघाएका हौं । हरेक विपद्का सारथि बनेका हौं,’ उनी भन्छन्, ‘तर मनभित्रको इच्छा–चाहना कलाकारितामा नहुने कुरै थिएन । अग्रज एवं समकालीन साथीहरूका सिर्जनाहरू आइरहँदा त्यहाँ आफू पनि भएको महसूस गरिन्थ्यो ।’ 

उनी सामाजिक काममा सक्रिय हुनुअघि कलाकारितामा विभिन्न फरक–फरक भूमिकाहरू निर्वाह गरिरहेका हुन्थे । नयाँ–नयाँ सिर्जनाहरू पस्किरहेका हुन्थे ।

यद्यपि सामाजिक काममा रहँदा चाहेर पनि कलाकारितामा फर्किने अवस्था नरहेको उनले स्मरण गरे । सामाजिक काममा रहँदा कलाकार ‘धुर्मुस’ भन्ने बिर्सिएर समाजका लागि नागरिकको दायित्व सम्झिएर सक्रिय रहेको उनले बताए । सामाजिक कर्ममा रहँदाका आरोह–अवरोहबारे भने खुलेर सुनाउन उनी तयार देखिँदैनन् । 

‘त्यो व्यक्त गरिनसक्ने पीडा छ । अहिले छोटो समयमा सुनाएर साध्य नै छैन,’ उनले यति भने ।

अब आफू सक्रिय कलाकारितामा फर्किन चाहेको उनी बताउँछन् । चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाले पूर्ण स्वामित्वमा लिइसकेपछि पूर्णरूपमा कलाकारितामा फर्किने उनको योजना छ । 

कलाकारितामा फर्किनका लागि उनले धेरै तयारी भने गरिसकेका छैनन् । ‘मलाई कलाकारितामा दर्शकले जुन हिसाबले मन पराउनुभएको थियो, फरक–फरक क्यारेक्टरमा माया गरिदिनुभएको थियो,’ उनले भने, ‘आगामी दिनमा पनि रिसर्च गरेर फरक–फरक क्यारेक्टरमा प्रस्तुत हुनेछु । दर्शकको रुचि र चाहना अनुसार अगाडि बढ्नेछु ।’

‘मेरी बास्सै’ सिरियलमा लामो समय काम गर्दा सितारामले ४४ वटा विभिन्न क्यारेक्टर निर्वाह गरे । सर्ट फिल्महरूमा पनि उनले फरक क्यारेक्टर निर्वाह गरेका छन् । 

यद्यपि दर्शकले अहिले पनि उनलाई ‘धुर्मुस’ नै भनेर बढी चिन्छन् । उनी जति नयाँ भूमिका ल्याउँदा पनि शुरूआतमा दर्शकमाझ छाप पारेको भूमिकाले जित्ने गरेको उनले बताए । 

यद्यपि आउँदा दिनमा पनि कलाकारिताको निरन्तरता मात्र नभएर पृथकता पस्किने प्रयास रहने उनले बताए । दर्शकलाई नयाँ के सिर्जना दिने ? कसरी प्रस्तुत गर्ने ? तयारीका साथ अगाडि बढ्ने उनले सुनाए ।

उनले बुझेका छन्, हिजोको जस्तो समय आज छैन । हिजोका लागि दिने सिर्जना लोकप्रिय बन्थे । आज मनोरञ्जनका धेरै प्लेटफर्महरू छन् । ‘मानिसहरू हामीभन्दा कति धेरै क्रिएटिभ हुनुहुन्छ, कति धेरै क्षमता भएका हुनुहुन्छ,’ उनी भन्छन्, ‘त्यसकारण हास्य व्यंग्य कलाकारितालाई कसरी अगाडि बढाउने ? कसरी सम्मानित र मर्यादित बनाएर अगाडि बढाउने भन्ने विषय गहन हो । हाम्रो रिसर्च त्यतातिर हुनेछ ।’

null

किताब लेख्दै सिताराम

सामाजिक क्षेत्रमा सक्रिय रहँदाको कथा सुनाउन अहिले तयार नरहेका उनले खुलासा गरे, ‘यसबारे म किताब लेख्नेछु ।’ 

२०७२ वैशाख १२ गते भूकम्प जाँदा सिताराम र कुञ्जना कार्यक्रमको शिलशिलामा अमेरिकामा थिए । त्यस दिनदेखि रंगशाला निर्माणसम्मको हरेक महत्त्वपूर्ण घटना सितारामले डायरीमा टिपोट गरेका छन् । को–को मानिससँग भेटघाट भयो ? कस्ता–कस्ता घटनाहरू भए ? निर्माणका सामग्रीहरू आइनपुग्दा, आइपुगेपछि, काम गर्ने तौरतरिका, आरोह–अवरोह सबै कुराहरू आफूले डायरीमा टिपोट गरेको उनले सुनाए । 

‘हाम्रो हिजोको दिनको स्वभाव र आजको दिनको स्वभावमा केही परिवर्तन भएको छैन । मात्रै, हाम्रो उमेर थपियो । केश पाक्यो होला, कहीँ गाला चाउरी पर्‍यो होला,’ उनी भन्छन् ‘तर नियतमा खोट नहुँदा नहुँदै हामीले भोग्नुपरेका भोगाइहरू किताबमा आउँछन् । जति कुराहरू हामी व्यक्त गर्न नसकौंला, ती हाम्रा सबै भावनाहरू किताबबाट व्यक्त हुनेछन् ।’

सामाजिक काम गर्दा पाइला–पाइलामा भोगेका क्षणहरू जनतालाई भन्नैपर्ने भएकाले किताब लेख्ने योजना बनाएको सितारामले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x