×

नयाँ सरकार गठनको रस्साकस्सी

कोशीमा नयाँ सरकार बनाउन काठमाडौंमा कसरत, सभामुखको राजीनामाले पनि नफुक्न सक्छ गाँठो !

विराटनगर | साउन १४, २०८०

सभामुख बाबुराम गौतम ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि संघीय राजधानी काठमाडौँमा दलहरूले कसरत गरिरहेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सर्वोच्च अदालतको आदेश बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलहरू बालुवाटार केन्द्रित छलफलमा जुटेका छन् । प्रदेश प्रमुख खापुङले साउन १६ गते अपराह्न ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । 

कोशीमा नयाँ सरकार नयाँ गठनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिनुपर्ने कांग्रेसको मत छ ।  सभामुखबाहेक गठबन्धनको बहुमत पुग्दैन । अघिल्लो पटक सभामुखकै हस्ताक्षर प्रयोग कोशीमा कांग्रेसले सरकार बनाएको थियो । तर, सर्वोच्चले सभामुखको समर्थन असंवैधानिक ठहर गरिदिएपछि सरकार ढलेको हो । 


Advertisment

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनेबारे छलफल भएको स्रोतको दाबी छ । कांग्रेसले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सभामुखको राजीनामा गराउन दबाब दिएको स्रोतले बताएको छ । 


Advertisment

सभामुखलाई राजीनामा गराएर माओवादीले सहयोग गर्नु पर्ने कांग्रेस नेताहरूको भनाइ छ । यसअघि नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा र कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सभापति देउवासँगको छलफलमा सभामुखले राजीनामा गराएर सरकार बनाउने सकिने विकल्प दिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई सभामुख गौतमलाई राजीनामा गराउन भन्दै उनीहरू देउवा निवासमा पुगेको कांग्रेस नेताहरूले बताएका छन् । 

गठबन्धनलाई बहुमत पुर्‍याउन दलका शीर्ष नेताहरूले सभामुखलाई राजीनामा दिन लगाउने तयारी गरेका छन् । 

सभामुख गौतमले भने राजीनामा नदिने बताउँदै आएका छन् । आफ्नो राजीनामाले पनि अहिलेको संकटलाई निकास दिने सम्भावना नरहेको उनको तर्क छ । 

सत्ता गठबन्धन भित्रकै सासदहरूले पनि सभामुखको राजीनामा निकास नभएको बताउँदै आएका छन् । ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले पनि राजीनामा दिनुहोला,' माओवादी कोशी प्रदेश कमिटीका सचिवसमेत रहेका प्रदेश सभा सदस्य गणेश उप्रेतीले भने, ‘त्यसपछि गठबन्धनकै ज्येष्ठ सदस्य हुनुहुन्छ । अनि अब बन्ने सरकारको आयु पनि ३० दिनकै हुन्छ । ’

कांग्रेसकै सांसदले पनि सभामुखको राजीनामा विकल्प नभएको बताउने गरेका छन् । राप्रपालाई सरकारमा सहभागी गराउनु पर्ने कांग्रेस सांसद केदार कार्की बताउँछन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापा र राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाबीच सम्बन्ध राम्रो छैन । सिटौला कांग्रेस छाडेर राप्रपामा आएका हुन । 

थापा-सिटौला सम्बन्ध बिग्रिएकाले संसदीय दलको नेता फेरेर भए पनि राप्रपालाई सरकारका ल्याउनु पर्ने कार्कीले बताए । 'कांग्रेसकै नेतृत्वमा कोशीमा सरकार बनाउने भए संसदीय दलको नेता फेर्नु पर्छ,' कार्कीले भने, 'अहिलेको अवस्थामा कोशीमा स्थायी सरकार बनाउने अन्तिम विकल्प राप्रपा हो ।'
 
केहीगरी १६८(२) बमोजिम सरकार बने पनि विश्वासको मत पाउने सम्भावना कम छ । त्यसपछि संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा एमालेले फेरि सरकार बनाउन सक्छ । 

त्यो सरकारले विश्वासको मत नपाए उपधारा ५ अनुसार बहुमत जुटाउन सक्ने व्यक्तिले सरकार बनाउने बाटोतिर प्रदेश जाने सम्भावना हुनेछ । १६८(५)अनुसार सांसदहरूलाई दलीय ह्विप लाग्ने छैन भने जुनसुकै सांसदले पनि बहुमत देखाएर सरकारको नेतृत्व गर्न सक्छ । तर, त्यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत पाउन विफल बनेको अवस्थामा भने प्रदेश मध्यावधिमा जानेछ ।

अहिले सत्ता गठबनधन र एमाले नेतृत्वको गठबनधनमा समान ४६-४६ सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कांग्रेससँग २९, माओवादीसँग १२ (सभामुखबाहेक), एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ गरी गठबन्धनसँग ४६ मत छ । यता एमालेसँग पनि आफ्ना ४० र राप्रपाका ६ गरी ४६ मत छ । 
 

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x