×

NMB BANK
NIC ASIA

निस्स्वार्थ रूपमा गरिएको राजनीतिले आर्थिक उन्नति गतिशील बनाउँछ : अध्यक्ष बिजुक्छें

काठमाडाैं | साउन १६, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले निस्स्वार्थ रूपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने बताएका छन् ।

Muktinath Bank

मंगलवार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २५औं वार्षिकोत्सवको अवसरमा उनले राज्यको उन्नति एवं प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थीले अध्ययन सँगसँगै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राखी देश र समाजको निस्स्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्नुपर्ने औंल्याउँदै उनले विद्यार्थी जीवनदेखि विद्यार्थीलाई असल राजनीति गर्नतर्फ उत्प्रेरित गर्दै लैजानुपर्ने बताए ।
    
अध्यक्ष बिजुक्छेंले देश विदेशको भूगोल अध्ययनले विद्यार्थीमा व्यापक दृष्टिकोणको विकास हुने बताउँदै किताबी ज्ञानमा मात्र भर नपरी विभिन्न अध्ययन अनुसन्धानबाट नयाँ–नयाँ कुरा पत्ता लगाउनेतर्फ विद्यार्थीको चासो राख्नुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

देशभक्तिको भावना भएका विद्यार्थीले आफ्नो देशको प्रगति र उन्नतिको लागि सधैं तत्पर भएर लाग्ने बताउँदै उनले विदेशबाट सिकेको ज्ञान एवं सीपलाई आफ्नै देशमा प्रयोग गरी उपलब्धिपूर्ण काम गर्नु आफैंमा एउटा सफलता भएको बताए ।

Vianet communication

कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन ढिलाइ गर्न नहुने बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गरी विद्यार्थीलाई नयाँ–नयाँ विषयमा अध्ययन अनुसन्धान गराउने लक्ष्य रहेको बताए ।
    
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक भागबण्डाकै कारण देश लथालिङ्ग अवस्थामा पुगेको बताउँदै उनले सरकारले युवालाई विदेशी भूमिमा सस्तो ज्यामी बनाउन लिएको नीतिको सबैले विरोध गर्नुपर्ने बताए ।
    
भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीले देश र समाजले उपलब्धि हासिल गरेको बताउँदै देशभर जनस्तरबाट शैक्षिक संस्था सञ्चालन भएमा गरीब जनताका छोराछोरी महंगा विद्यालय एवं कलेजमा गएर पढ्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।
    
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नपाबाट सञ्चालित ८ वटा कलेजले भक्तपुरको मात्र नभई सिंगो देश विकासको लागि महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।
    
नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून संकायका डीन प्रा.डा. अरहन स्थापितले नेपालमा २०१७ सालदेखि खुला विश्वविद्यालय स्थापना भएको र विश्वविद्यालयले प्रविधिमा आधारित विषयवस्तुको अध्ययन अध्यापनमा जोड दिँदै आएको बताए । नेपाल खुला विश्वविद्यालयको शैक्षिक विशेषताहरुमाथि प्रस्ट पार्दै डा. स्थापितले दक्ष जनशक्ति देशकै लागि अर्थपूर्ण सम्पत्तिको रूपमा रहेको बताए ।
    
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर, डा. मजेशप्रताप मल्लले ख्वप सर्कलको गौरवपूर्ण इतिहासलाई अझ उँचो बनाउन विद्यार्थीले थप मिहेनत गर्नुपर्ने बताउँदै नयाँ कुरा सिक्न विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिए ।

ख्वप इन्जिनीयरिङ कलेजका प्राचार्य इ सुजन माकले भक्तपुर नपाले ‘एक घर, एक स्नातक’को अवधारणाका साथ स्थापित कलेजको उद्देश्य क्रमशः पूरा हुँदै गएको बताउँदै यी कलेजले अध्ययन अनुसन्धानलाई गुणस्तरीय बनाउँदै समय सान्दर्भिक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा जोड दिँदै आएको बताए ।
    
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले ११ कक्षामा १ हजार ९२० भन्दा बढी विद्यार्थी भर्ना भएको जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x