×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तारको तयारी

कोशीमा सभामुखबाट राजीनामा दिएका गौतमलाई मन्त्री बनाइँदै

विराटनगर | साउन १७, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् ।

Muktinath Bank

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बुधवार नै मन्त्रिमण्डल विस्तार गर्दैछन् । ३ पार्टीबाट ३ जनालाई मन्त्री बनाउने तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीले आज बुधवार नै गौतमलाई मन्त्रीमा सिफारिस गर्ने भएको हो । ‘पहिलो चरणमै उहाँलाई मन्त्री बनाउँदैछौं,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘मन्त्रालयको टुंगो लागेको छैन ।’


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीले कमल जवेगुलाई मन्त्री बनाउने तयारीमा सत्ता गठबन्धन रहेको स्रोतको दाबी छ । प्रदीप जवेगु यसअघि पनि मन्त्री भएका थिए । 

Vianet communication

पहिलो चरणमा गठबन्धन दलबाट १–१ जनालाई मन्त्री बनाउने सहमति भएको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । राईका अनुसार बुधवार जसपाकी निर्मला लिम्बु मन्त्री नबन्ने भएकी छन् । 

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा २६ दिनभित्र दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका छन् । यसअघि असार २१ गते पहिलोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले साउन ११ गते बिहीवार पदमुक्त गरेको थियो ।

मुख्यमन्त्री दाबी गर्दा प्रदेशसभा सभामुखको समेत हस्ताक्षर संलग्न गराएको विषयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उनको नियुक्ति बदर गरेको थियो । बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएर थापालाई मुख्यमन्त्री बनाउन सहज बनाइदिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ समेत रहेका प्रदेशसभा सदस्य जीवन आचार्यलाई पटक–पटक मन्त्री बनाउन नहुने मत माओवादीभित्र बलियो भएपछि पहिलो चरणमा भने उनी मन्त्री नबन्ने भएका छन् । 

नेकपा माओवादी केन्द्रका तर्फबाट ओखलढुंगाबाट निर्वाचित गौतम दोस्रो प्रदेशसभा सभामुखमा पुस २८ गते निर्विरोध निर्वाचित भएका थिए । उनको हस्ताक्षरकै कारण अदालतले मुख्यमन्त्री थापालाई बर्खास्त गरेको थियो । सभामुखलाई हस्ताक्षर गराएर मुख्यमन्त्री बनेका उद्धव थापा २२ दिनमै पदमुक्त भएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x