×

NMB BANK
NIC ASIA

मन्त्री रिजालद्वारा अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन

काठमाडाैं | साउन २३, २०८०

NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । 

Muktinath Bank

आज मन्त्रालयमा आयोजित ‘चामल लगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजारको अनुशासन कायम गर्न सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गरी कार्य गर्न निर्देशन दिए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरू, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, मन्त्रालयका सहसचिवहरू तथा आपूर्तिसँग सम्बन्धित संस्थानका प्रमुखको उपस्थिति रहेको थियो ।  

Vianet communication

आसन्न चाडपर्वको समयमा खाद्यान्नको पर्याप्त उपलब्धता, दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति व्यवस्था तथा खाद्य सुरक्षा प्रत्याभूतिका लागि पर्याप्त मौज्दात राख्नेसम्बन्धी विषयमा समेत कार्यक्रममा छलफल भएको थियो । 

कार्यक्रममा बजार अनुगमन निर्देशिका, २०७९ बमोजिम संयुक्त र विषयगत टोलीबाट बजारको नियमितरूपमा अनुगमन गर्ने, कार्ययोजनासहित बजार अनुगमनलाई थप प्रभावकारी बनाउने, बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि सबै सम्बद्ध निकायबाट समन्वय तथा सहकार्य गर्ने, अत्यावश्यक वस्तुको आपूर्ति र खाद्य सुरक्षाका लागि खाद्यान्नलगायतका वस्तुको तोकिएबमोजिमको मौज्दात कायम राख्ने र स्थानीय बजार व्यवस्थापनका लागि सबै स्थानीय तहलाई अत्यावश्यक वस्तुको आपूर्ति, गुणस्तर, परिमाण र मूल्यका सम्बन्धमा नियमित बजार अनुगमनको व्यवस्था मिलाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि छलफल गरिएको थियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x