×

प्रदीप गिरि स्मृति विशेष

राजनीति गर्नेहरूले समाजवादी चिन्तक प्रदीप गिरिबाट के सिक्ने ?

काठमाडाैं | भदौ ४, २०८०

सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमिरहेका हुन्थे । उनी जुनसुकै बटुवालाई पनि रोकेर सोध्ने गर्थे, मित्र तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुहुन्छ । के तपाई धन सम्पत्ति र मानसम्मान मात्रै थुपार्न लाज मान्नुहुन्न ? तपाई नीति, सत्य र आत्माको शुद्धताप्रति किन ध्यान दिनुहुन्न ? 

सुकरातको प्रसंग यहाँ किन उल्लेख गरिएको भने प्रदीप गिरिका विचारहरू पनि सुकरातका झैँ असल नागरिक निर्माण गर्नेतर्फ हुन्थे । सुकारत एथेन्सका नागरिक महान्, शक्तिशाली र बुद्धिमान होऊन् भन्ने चाहन्थे । त्यसका लागि आत्मशुद्धि चाहन्थे । अर्कातर्फ प्रदीप गिरिले सदन, सडक, सम्भाषण र साहित्य संवाद जहाँ अभिव्यक्ति दिए पनि सारमा मानिसको असल आचरणको कुरा नै हुन्थ्यो ।


Advertisment

सुकरातझैँ उनको जीवन पनि बेपर्वाह थियो । पद, प्रतिष्ठा र पैसाप्रति कुनै लोभ–लालसा देखिँदैनथ्यो । एउटा राजनीतिक दलको सदस्यको हैसियतमा रहेर पनि दलभन्दा माथिको व्यवहार गरेको देखिन्थ्यो । सदन, संवाद जहीँतहीँ राजनीतिक कार्यकर्ताभन्दा राजनीतिक विचारकका रूपमा देखिन्थे । कसैप्रति आग्रह र द्वेष देखिँदैनथ्यो ।


Advertisment

सदनमा व्यक्त विचारहरूमा पनि दलभन्दा माथि, विचारभन्दा माथि जनताको कुरा राखेको देखिन्थ्यो । सदनमा गरमागरम बहस हुँदा पनि प्रदीप गिरि बोल्दा सबै निमग्न भएर सुन्थे । प्रदीपले के बोल्लान् भन्ने उत्कण्ठाले सदनमा पिन ड्रप साइलेन्समा हुन्थ्यो । कुनै राष्ट्रिय विषयमा त गिरिले बोलेर सहमति खोजिदिएहुन्थ्यो, नयाँ कुरा बोलिदिएहुन्थ्यो भन्ने भावना सभामुख र सभासदहरूमा समेत हुने गर्थ्यो । उनी हाँसिमजाकका रूपमा पनि गहन कुरा गर्थे । गहन विषयलाई पनि सामान्यीकरण गर्न सक्थे । 

आर्थिक वर्ष २०७६/७७ को बजेटको प्रतिक्रियाको प्रसंग यहाँ उल्लेख गरौं । बजेटमा भनिएको थियो, आधुनिक सभ्यताको मानक सुविधायुक्त शहर भएको र मुलुकको विकासको स्वरूप शहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थलाई ध्यान दिँदै शहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु ।

सांसद गिरिले केबल एउटा शब्द परिवर्तनको आवाज उठाएका थिए । शहरको सट्टा गाउँ वा आधुनिक शहरको मानक सुविधायुक्त गाउँ उल्लेख भए बजेटलाई समर्थन गर्न सकिने घोषणा गरिदिए । यो भनाइ सामान्यजस्तो लागे पनि यसभित्र खास अर्थ छिपेको थियो । शहरहरू कहरमा गएर बर्वाद भए । गाउँमा आधारभूत सेवा भएन । मानिसहरू शहरमा आए, तर शहरले सुविधा दिएन, बरु जोखिम दियो । गाउँ शहर अन्तरसम्बन्धबाट समाजवाद स्थापना गर्न सकिन्छ भन्ने दृष्टिकोण उनको थियो । आश्चर्यको कुरा के थियो भने प्रदीप गिरिले बजेटको विरोधमा कुरा राखिराख्दा बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म, प्रतिपक्षदेखि सहयोगी गिरिले के भन्लान् भनेर एकाग्रतामा डुबेका थिए ।

जीवनको अध्ययन ‘म’ वा आफैंबाट शुरू हुनुपर्छ भन्ने मान्यता प्रदीप गिरिको थियो । जीवनमा कहिल्यै निराश हुन नहुने र जीवनलाई बोझका रूपमा लिन नहुने मान्यता उनमा थियो । उनको जीवनलाई केले खार्‍यो ? विचारमा परिस्कार त्यत्तिकै आएको होइन, भन्ने सबैलाई लाग्न सक्छ । उनमा पुस्तक प्रेम अत्यधिक थियो, यानेकि पुस्तकले ज्ञानको भोक जगाएको थियो ।

उनको बोलीमा न कसैको विरोध थियो, न उनले बोलेका बोलीमा कसैले विरोध गरे । यसको अर्थ उनी सदनका साझा स्वर रहेछन् । यो प्रतिनिधि घटना मात्र हो । यस्ता कैयन घटनाहरू छन्, जसमा उनको फराकिलो र सर्वस्वीकार्यता देखिन्थ्यो । उनले प्रतिपक्षका सांसदका रूपमा सदनमा बोल्दा भनेका थिए, म ती वक्तामध्ये होइन, त्यस्ता सांसदमध्ये होइन, जसले विनाकारण अत्तो थापेर सरकारलाई विरोधका लागि विरोध गर्ने गरेको छ । इतिहासमा यस्ता व्यक्ति साह्रै कम जन्मन्छन् । अथवा इतिहास बनाउने यस्ता मानिसलाई समयले सधैं जन्माउँदैन । 

जीवनको अध्ययन ‘म’ वा आफैंबाट शुरू हुनुपर्छ भन्ने मान्यता प्रदीप गिरिको थियो । जीवनमा कहिल्यै निराश हुन नहुने र जीवनलाई बोझका रूपमा लिन नहुने मान्यता उनमा थियो । उनको जीवनलाई केले खार्‍यो ? विचारमा परिस्कार त्यत्तिकै आएको होइन, भन्ने सबैलाई लाग्न सक्छ । उनमा पुस्तक प्रेम अत्यधिक थियो, यानेकि पुस्तकले ज्ञानको भोक जगाएको थियो । राजनैतिक आन्दोलनमा नख्खुजेलमा बिताएका झण्डै दुई वर्षमा उनले पुस्तकलाई खुबै चिने, पुस्तकबाटै संसार चिने र आफूले चिनेको संसार अरूलाई चिनाउन खोजे । जेलले पुस्तक चिनायो, पुस्तकले जीवन चिनायो । त्यसैले अध्ययन र प्रदीप गिरि पर्यायजस्तै भए । भनिन्छ, प्रदीप गिरि मार्क्सवादी थिएनन्, ठूला मार्क्सवादीभन्दा गहन मार्क्सवादी ज्ञाता र व्याख्याता थिए । अर्थशास्त्री थिएनन्, तर बजार अर्थतन्त्र र पुँजीको अध्ययनमा उनी लेसेज फेएर अर्थशास्त्रीभन्दा उम्दा थिए । साहित्य, संस्कृति, कला र इतिहास खारेका थिए, त्यसैले उनका विचारमा स्पष्टता हुन्थ्यो, आग्रह हुन्नथ्यो । 

गान्धीका अनुयायी, मार्क्‍सवादका व्याख्याता, समाजवादी चिन्तक थिए । उनका वार्ता, सम्वार्ता, भाषण र लेखनमा विश्वका महान व्यक्तिको जीवनी पढेको महसुस हुन्थ्यो । पुराण, वेद, उपनिषद, महाभारत, रामायण, श्रीमद्भागवतगीता खारेको महसुस हुन्थ्यो । उनी वार्ताका क्रममा महाभारतका पात्र र गीताका प्रसंगहरू बारम्बार ल्याउँथे । द्रोणाचार्य, द्रौपदी, कृष्ण, अर्जुन, विदुर, भीष्मपितामह, कुन्ती, कर्ण, सकुनीहरूको प्रसंग उल्लेख गर्थे ।

राजनीतिका कुरा गर्दा गान्धी, लेहिया, विनोवा भावे, जय प्रकाश नारायण, विली ब्रान्ट, बीपी, नेहरुहरूका कुरा ल्याउँथे । समाजवादी, साम्यवादी र बजारवादी अर्थव्यवस्थाको व्याख्या गर्थे । उनका यी प्रसंगले के बुझाउँथ्यो भने राजनैतिक व्यक्तित्वले एकसाथ धेरै कुरा, धेरै विचार, धेरै व्यक्ति, धेरै घटनाक्रम र इतिहासलाई बुझ्नुपर्दछ, अनिमात्र समय र गतिशीलता पछ्याउन सकिन्छ । राजनीति गर्नेहरू अगतावधिक हुनुहुन्न, अद्यावधिक हुनुपर्छ । हरारीले भने जस्तै अहिलेका राजनीतिज्ञहरू गतावधिक भैसकेका छन्, समयलाई पछ्याउन सकिरहेका छैनन् । त्यसैले राजनीति र समाज छुट्टिएको छ । 

प्रदीप गिरि समाजवादी चिन्तक र बीपीका अनुयायी भए पनि अन्धभक्त चाहिँ थिएनन् । विचार र व्यक्तिलाई अलग गरेर हेर्ने, व्यक्ति पूजा होइन, विचारलाई प्रधानता दिने र विचारको सामयिकता विश्लेषण गर्ने प्रवृत्ति गिरिमा थियो । कतिपय प्रसंगमा बीपीको समाजवादलाई परिमार्जन गर्नुपर्ने उनको तर्क थियो । 

प्रत्येक ऐतिहासिक व्यक्ति एउटा विशिष्ट किसिमको परिवेश, परिस्थिति र समयमा जन्मिएको, हुर्किएको र प्रशिक्षित भएको हुन्छ, तर बीपी कोइराला यसका अपवाद थिए भन्ने निष्कर्ष प्रदीप गिरिको थियो । यति हुँदाहुँदै पनि उनी बीपीका समाजवादी चिन्तनको परिस्कारका पक्षमा थिए । उनले भनेका थिए, बीपी कोइराला र उहाँका समकालीन समाजवादी नेतालाई उपर्युक्त परिवर्तनको आभाष थिएन ।

सिंगो पृथ्वी नै अहिले प्राकृतिक विनासले आक्रान्त छ । जयप्रकाश, लोहिया र बीपी कोइरालाको पुस्ताले यस्तो विनासको कल्पना गरेको थिएन । उनीहरूको समाजवाद अपेक्षाकृत सुबोध र सरल थियो । यति हो, उनीहरूले युरोपेली समाजवादको सामान्य सिद्धान्त मात्र ग्रहण गरेका थिए । कोइरालासमेतले प्रतिनिधित्व र नेतृत्व गर्नुभएको एसियाली समाजवादको सपना तेस्रो किसिमको व्यवस्था, विचारधारा र सभ्यताको आह्वान थियो ।

मलाईचाँहि के लाग्छ भने प्रदीप गिरि आफैंमा जीवन्त पुस्तकालय हो । उनका विचार र दर्शनबाट अहिलेको राजनीति र भेलिको पुस्ताले पनि प्रशस्तै सिक्न सक्छ । त्यो सिक्ने कुरा भनेको जनताका दैनिकीलाई सम्बोधन गर्ने राजनीति, संयमता र सदाचारिताको राजनीतिक संस्कार र राष्ट्रिय सवालमा सबै राजनीतिक दलको सहमति हो ।

प्रदीप गिरि पनि के कुरामा सहमत थिए भने विश्वलाई तेस्रो किसिमको विचार प्रणालीको आवश्यकता छ । क्रुर र निर्मम नाफामा आधारित पूँजीवादले दुनियाँलाई शान्ति र सुव्यवस्था दिन सक्दैन । सँगसँगै नागरिक स्वतन्त्रताको चिहानमा उभिएको कुनै पनि व्यवस्थाले समता र स्वतन्त्रता प्राप्तिको समाजवादी लक्ष्यमा पुर्‍याउन सक्दैन ।

तर, आज विश्वमा तेस्रो यस किसिमको समाजवादी चिन्तनसँग हुनुपर्ने शक्ति र संगठन छैन । विश्वव्यापीकरणले ल्याएको नवउदारवाद र बर्लिन पर्खाल ढलेपछिको विश्व अर्थतन्त्रमा पूँजीवादको अनुहार क्रुरतम भयो । आफूलाई कम्युनिस्ट भन्ने मुलुकहरूमा उत्पादन प्रणाली र जीवनशैली पूर्ण रूपमा पुँजीवादी मान्यतामा आधारित छ ।

त्यसैले तेस्रो विचार वा एसियाली समाजवाद, समृद्धि र न्याय साथसाथै जाने प्रणाली, आवश्यकता र क्षमता विकास साथसाथै जाने प्रणालीको कुरा प्रदीप गिरि उठाउने गर्थे । मूलतः त्रिमूर्ति (लोहिया, बीपी र जयप्रकाश नारायण) ले उठाएको समाजवादी धारको व्याख्या गर्थे । व्याख्यामा विरोध गर्थे र परिस्कारका तर्क राख्थे । यसका लागि उनीसँग व्यावहारिक तर्क थिए । 

समकालीन राजनीतिमा बीपी कोइरालापछि कसैको निधनमा सबैले दुख मानेका थिए भने प्रदीप गिरिको निधनमा हो । प्रदीप गिरिको निधनपछि डा. बाबुराम भट्टराईले भनेका थिए, ‘अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य र सहयात्रा अझै आवश्यक थियो ।’ वामपन्थी विचारक घनश्याम भुसालले ‘अविश्रान्त समाजवादी नेता’ भनेका थिए । प्रदीप ज्ञवालीले ‘गिरिको अभाव सधैं खड्किरहने’ भनेका थिए । नेपाली कांग्रेसका बौद्धिक नेता विश्वप्रकाश शर्माले त ‘एउटा विश्वविद्यालय, जो आजबाट सधैंका लागि बन्द भयो’ भनेका थिए । के विरोधी, के सहयोगी, सबैले समान रूपमा उनको बौद्धिकता, चिन्तन र संयमलाई एकसाथ सम्मान गरेका थिए ।

मलाईचाँहि के लाग्छ भने प्रदीप गिरि आफैंमा जीवन्त पुस्तकालय हो । उनका विचार र दर्शनबाट अहिलेको राजनीति र भेलिको पुस्ताले पनि प्रशस्तै सिक्न सक्छ । त्यो सिक्ने कुरा भनेको जनताका दैनिकीलाई सम्बोधन गर्ने राजनीति, संयमता र सदाचारिताको राजनीतिक संस्कार र राष्ट्रिय सवालमा सबै राजनीतिक दलको सहमति हो । स्वार्थको समर्पण र निष्ठाको राजनीति हो । साथै राजनीति सधैं भावावेश र संवेग (इमोसन र एक्साइटमेन्ट) मा होइन, यथार्थमा हिँड्नु पर्छ भन्ने सारभूत कुरा हो । राजनीति गर्नेले यस प्रकारको असल समझ, असल विचार र असल व्यवहारका लागि अध्ययनचाँहि प्रशस्तै गर्नुपर्छ । राजनीति गर्नेले धेरै पढून्, बुझून् र असल बनून् । (@mainaligopi)

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x