×

NMB BANK
NIC ASIA

कांग्रेस मुख्यालयमा बेथितिको चाङ

सरकारी जागिरे कांग्रेस कार्यालयका सचिव, हाजिरै नगरी नियमित कर्मचारीभन्दा बढी तलब

काठमाडाैं | भदौ ८, २०८०

NTC
Premier Steels

देशकै सबैभन्दा पुरानो, ठूलो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस केन्द्रीय कार्यालयको अवस्था भद्रगोल छ । बेथितिका चाङमाथि कांग्रेस केन्द्रीय कार्यालय चलिरहेको छ । लगातार ३३ वर्षदेखि काम गर्दै आएका सचिवभन्दा कार्यालय नै नआई हाजिर गरेर मात्रै तलब खाने सचिवले बढी रकम बुझ्छन् ।

Muktinath Bank

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलबाहेक ५ जना सचिव छन् । पौडेल राष्ट्रियसभा सदस्य भएकोले उतैबाट तलब बुझे पनि दोहोरो भूमिकामा निभाइरहेका छन् । मुख्यसचिवपछिको वरीयतामा प्रदीप पराजुलीको नाम छ । पार्टीको अभिलेख तयार पार्ने उनलाई नियमित कार्यालय आउनुपर्दैन । कार्यालय नआइकनै उनले तलब बुझ्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउन महिनाको हाजिरी पुस्तिका


Advertisment
Nabil box
Kumari

हाजिरी पुस्तिकामा पराजुली र अर्का सचिव मुक्ति आचार्यको पनि नाम छ । दुवै न नियमित कार्यालय आउँछन्, न हाजिर गर्छन् ।

Vianet communication

असार महिनाको हाजिरी पुस्तिका

अझै ३३, २८ र २२ वर्षदेखि काम गर्दै आएका र कार्यालयको काममा नियमित खटिने प्रकाश शर्मा र प्रेम केसीभन्दा पराजुलीको तलब बढी छ । सचिव आचार्यलाई कार्यालय शाखा हेर्ने जिम्मेवारी भए पनि उनी नियमित कार्यालय आउँदैनन् । 

२५ जना कर्मचारी रहेको केन्द्रीय कार्यालय सानेपामा सचिवबाहेक अन्य चार/पाँच जना कर्मचारीले पनि हाजिर नै नगरी नियमित तलब बुझ्दै आएका छन् ।

‘देशको ठूलो र प्रजातान्त्रिक दल भनेर हाम्रा नेताहरू भट्ट्याउन छाड्नुहुन्न । तर, पार्टीको केन्द्रीय कार्यालयमा भएको असमानता र भद्रगोलबारे कुनै अग्रसरता लिनुहुन्न,’ कांग्रेस पार्टी कार्यालय स्रोत भन्छ, ‘जिम्मेवार पदमा रहेर हाजिर गर्नुपर्ने र तलब पाउने सुविधा पार्टीले कर्मचारीहरूलाई दिएको छ । तलबमा असमानता छ । यो कुरा नेताले बुझेका छन् तर, विभेद हटाउने प्रयत्न गर्नुहुन्न ।’ 

पराजुली पाटन क्याम्पसमा अध्यापन पनि गर्ने गर्छन् । सरकारी तलब खाने भएकाले केन्द्रीय कार्यालयमा सचिवमा कार्यरत भए पनि तलब नखाने र हाम्रो कर्मचारी नभएको भन्दै कार्यालयले निर्वाचन आयोगलाई पत्र नै पठाएको छ । 

‘सचिव पराजुलीको विषयमा पहिले पनि प्रश्न थियो । यसैले पराजुलीलाई हाम्रो कर्मचारी होइन भन्ने पत्र निर्वाचन आयोगमा पठाइएको छ,’ कांग्रेस स्रोत भन्छ, ‘एकातिर उहाँलाई हाम्रो कर्मचारी होइन भनिन्छ । तर, उहाँ तलब खानेमा पहिलो नम्बरमा हुनुहुन्छ । नियमित कार्यालय पनि आउनुपर्दैन ।’ 

केन्द्रीय कार्यालयका एक कर्मचारी नेताहरूले गुटगत रूपमा काखी च्याप्दा यस्तो विभेद भएको बताउँछन् । मुख्यसचिव पौडेल पनि दोहोरो जिम्मेवारीमा रहेकाले काम नगरी तलब खाने कर्मचारीलाई केही भन्दैनन् । ‘उहाँ आफैं पनि राष्ट्रियसभा सदस्य र पार्टीको मुख्य सचिवको दोहोरो भूमिकामा हुनुहुन्छ । उहाँले तलब भने केन्द्रीय कार्यालयबाट खानुहुन्न र सचिवहरूले काम नगर्दा केही भन्नुहुन्न,’ एक कर्मचारी भन्छन्, ‘नेतालाई पावर लगाएर तलब खाने काम नगर्नेकै बोलवाला छ ।’ 

केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छ । तर, उनीहरू आएपछि पनि भद्रगोल हटेको छैन ।

मुख्यसचिव पौडेलले सरकारी कलेजले नै पराजुलीलाई कांग्रेस कार्यालयमा काम गर्ने स्वीकृति दिएको बताउँछन् ।

‘प्रदीपजी कलेज पढाउनुहुन्छ, तर कलेजले नै उहाँलाई कांग्रेसको पार्टी कार्यालयमा काम गर्ने  स्वीकृति दिएको छ,’ पौडेलले भने, ‘पार्टीका क्रियाशील सदस्यताको डाटा राख्ने भएकोले उहाँले घरबाटै बढी काम गर्नुहुन्छ । तर, हल्ला भएजस्तो विभेद हामीले गरेका छैनौं ।’ 

कांग्रेसका एक नेता पटकपटक पराजुलीले दोहोरो तलबसुविधा लिएकोमा पार्टीभित्रै चर्चा भए पनि कसैले पनि एक्सन नलिएको बताउँछन् । धेरै नै प्रश्न उठ्न थालेपछि राजनीतिक पहुँचका आधारमा सरकारी कलेजमा पढाउन पनि पाइने कांग्रेसको कार्यालयमा पनि काम गर्न पाउने गरी पत्र बनाउन पराजुली सफल भएका छन् ।

‘गगन, विश्वप्रकाश र प्रदीप पौडेलहरू शिक्षामा राजनीति हुनुहुँदैन भन्छन्, तर प्राध्यापक आफ्नै केन्द्रीय कार्यालयको सचिव हुँदा पनि चुपचाप बस्छन् । एक्सन लिन कुनै कदमअघि बढाउँदैनन्,’ ती नेता भन्छन्, ‘एकातिर दलगत गतिविधि गर्ने, भित्री सूचना राख्ने अनि कलेजमा विद्यार्थीलाई पढाउने, कुन नैतिकताले दिन्छ ? यस्तो विषयमा पार्टी किन बोल्दैन ?’

पराजुलीले कलेज र केन्द्रीय कार्यालय दुईतिरबाट दोहोरो सुविधा लिएको विषयमा सभापति देउवाले पनि एकपटक आपत्ति जनाएको एक नेता बताउँछन् । ‘यसरी दुईतिर तलब लिने पनि हुन्छ ? अख्तियारलाई फोन गर्दिहाल,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सभापति पराजुलीमाथि आक्रोशित भएपछि अरू नेताले थामथुम पारेर मिलाउनुभयो ।’

कुनै समय कांग्रेस नेता प्रकाशमान सिंहको स्वकीय सचिव भएर समेत पराजुलीले काम गरेका थिए । कांग्रेस राजनीतिको सबैभन्दा मुख्य पक्ष क्रियाशील सदस्यको सम्पूर्ण जानकारी र डाटा आफूसँग भएपछि यसैको बलमा पराजुलीले नेतासँग सम्बन्ध विस्तार गरेको बताइन्छ । यसैले पराजुलीले सबै गुटका नेतासँग सम्बन्ध कायम राख्न सकेको एक नेता बताउँछन् । 

यतिमात्रै होइन केही समयअघि महामन्त्रीद्वयले १० बजेदेखि ५ बजेसम्म सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन नै दिएका थिए । तर, केही कर्मचारीबाहेक अरू कार्यालयमा भेटिँदैनन् । पराजुलीले अभिलेख राख्ने काम आफैं गर्नुपर्ने हो । तर, आफू कार्यालय नआउने उनले दुई जनालाई केन्द्रीय कार्यालयबाटै तलब खानेगरी आफ्नो काम गराउँदै आएका छन् । 

‘यसअघि पनि क्रियाशील सदस्यताको विवरणसहित विषयको काम गर्न केन्द्रीय कार्यालयकै कर्मचारी प्रयोग गरिएको थियो । नियमित गर्न सक्ने कामको लागि पनि पराजुलीले बाहिरबाट दुई जना काम गर्ने राख्नुभएको छ,’ कांग्रेस स्रोत भन्छ, ‘उहाँ आफूले जिम्मा पाउनुभएको काम पनि अरूलाई राखेर गराउँदै आउनुभएको छ । यस्तो हुँदा पनि पार्टीले उहाँलाई केही भन्दैन ।’

केही सचिवहरूले टेर्न छोडेपछि महामन्त्रीद्वयले अब सचिव नभनी प्रत्येकलाई विषय छुट्याएरै काममा लगाउने नीति लिएका छन् । अभिलेख, कार्यक्रम, प्रशासनसहितका विषय तोकेर सचिव भन्ने अभ्यास बन्द गर्ने योजना बनाइएको पनि कांग्रेस स्रोत बताउँछ । 

न्यून तलबमा काम गर्छन् कर्मचारी

२०७२ सालमा १३औं महाधिवेशन भएपछि महामन्त्री डा. शशांक कोइरालाले सबै कर्मचारीको तलब बढाइदिएका थिए । तर, ८ वर्ष बित्दा पनि एकातिर तलब वृद्धि नभएको र अर्कातिर असमानता झेल्नुपरेको एक कर्मचारी बताउँछन् । 

शशांक आएपछि १३ हजार  खानेको २० हजार, २५ खानेको अधिकृत सरहको ३५ हजार र सचिवको २२ हजारबाट ४४ हजारसम्म तलब बढाइदिएका थिए । तर, केन्द्रीय कार्यालय सञ्चालन गर्ने जिम्मेवारी पाएका युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भए पनि तलब नबढाएको गुनासो कर्मचारीहरूको छ ।

विधानले महामन्त्रीलाई केन्द्रीय कार्यालय व्यवस्थित बनाउने जिम्मेवारी दिएको छ । तर, उनीहरू महामन्त्रीमा निर्वाचित भएको दुई वर्ष पुग्नलाग्दा समेत समयको माग र महँगीको चापअनुसार सेवा सुविधामा पर्याप्त ध्यान दिएका छैनन् । 

केही सचिव र अधिकृतको तलब त सरकारी सुब्बा तहका कर्मचारीभन्दा पनि कम रहेको कर्मचारीहरू बताउँछन् ।

अहिले पनि कार्यालय सहयोगी १६ र सुरक्षा गार्ड २० हजार मात्रै तलब थाप्छन् । केन्द्रीय कार्यालयले नै सुरक्षागार्ड राखे पनि बाहिरको कम्पनीको राखेजसरी कर्मचारीबाट विभेदपूर्ण व्यवहार हुने गरेको एक कर्मचारी बताउँछन् । 

‘८ वर्षमा महँगी र मूल्यवृद्धि कहाँ पुगिसक्यो, दुनियाँ जानकार छ । तर, हाम्रो तलब बढाउने विषयमा नयाँ महामन्त्रीहरूले पनि अग्रसरता देखाउनुभएन,’ एक कर्मचारीले भने, ‘उहाँहरू बढाउँदैनौं भन्नुहुँदैन, तर महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि बढाउने तयारी गर्नुहुन्न । बरु कार्यालयमा भएको बेथितिको साक्षी बसिरहनुभएको छ ।’

१९ लाख उपदान लिएका सचिव अमेरिकामा 

कांग्रेसले पाँचजना कर्मचारीलाई भने उपदानसमेत दिएको छ । २१ वर्ष काम गरेर गत वैशाखमा अमेरिका गएका सचिव केशव रिजाललाई १९ लाख उपदान दिएर कांग्रेसले बिदा दिएको थियो ।

त्यस्तै, सुरक्षागार्डका रूपमा २५/२५ वर्ष बिताएका ढकबहादुर थापा र वीरबहादुर गुरुङलाई कांग्रेसले ११/११ लाख उपदान दिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसी बताउँछन् । 

त्यस्तै लामो समय शारीरिक अशक्तताबीच तलब दिइएका सुवर्ण विकले ८ लाख र सुनिता श्रेष्ठले १० लाख २० हजार उपदान पाएका छन् । अन्य पार्टीमा यस्तो व्यवस्था नभए पनि आफूहरूले नियमावली बनाएर सुविधा दिएको केसी बताउँछन् । उपदान दिएर सकारात्मक सन्देश दिए पनि कांग्रेसले पदअनुसार भने विभेद गरेको छ । श्रीमतीलाई डीभी परेर अमेरिका गएका रिजालले २१ वर्ष काम गर्दा १९ लाख पाए । तर, २५ वर्ष काम गरेका गार्डद्वयले ११ लाख पाएका छन् ।  

उपदान दिएको कांग्रेसले पाँच ५ जना कर्मचारीलाई त नियुक्तिपत्रसम्म दिएको छैन । ‘७/८ वर्षदेखि काम गर्दै आएका छौं तर, नियुक्तिपत्र दिनसमेत पार्टीले आवश्यक ठानेको छैन,’ एक कर्मचारी भन्छन्, ‘धेरैपटक गुनसो लिएर महामन्त्रीहरूसम्म पुगे पनि सम्बोधन भएन ।’

के हो पार्टीको आर्थिक स्रोत ? 

सांसदबाट लिने जनही १० हजार रुपैयाँ लेबी, क्रियाशील सदस्य नयाँबाट ३ सय र नवीकरणबाट २ सय तथा फिक्स डिपोजिटबाट आउने ब्याज नै आम्दानीको मुख्य स्रोत हो । बैंकमा राखिएको फिक्स रकमको ब्याजबाट तलब र कार्यालयको खर्च चलाउने गरेको सचिव केसी बताउँछन् । कहिले फिक्सको ब्याजबाट १० लाखको खर्च धानिनेछ र कहिले नपुग्ने उनी बताउँछन् । ८ लाख ७६ हजार क्रियाशील सदस्यबाट नवीकरणको पूरै र नयाँको ३ सयमा ४० प्रतिशत शुल्क कांग्रेसको केन्द्रमा सोझै आउँछ । 

कोषाध्यक्ष नहुँदा झन् भद्रगोल

१४औं महाधिवेशनदेखि कांग्रेसले कोषाध्यक्ष मनोनीत गर्ने प्रावधान कार्यान्वयन गर्नेगरी विधान शंसोधन गरेको थियो । आफू अनुकूलको कोषाध्यक्ष मनोनीत गर्ने सुविधा देउवालाई छ । तर, सभापति शेरबहादुर देउवाले दुई वर्ष पुग्न लाग्दा पनि कोषाध्यक्ष मनोनीत गर्न सकेका छैनन् । यसले पार्टीका कतिपय आर्थिक गतिविधि र क्रियाकलापलाई असर गरिरहेको बताइन्छ । कोषाध्यक्ष नहुँदा महामन्त्री गगन थापा र मुख्य सचिव कृष्णप्रसाद पौडेलले संयुक्त हस्ताक्षर गरी पार्टीको कोष चलाउने गरेका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x