कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्ही टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र स्पर बाढीले बगाएपछि बेल्ही गाउँ असुरक्षित भएको हो ।
सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पुर्याएपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले नौ सय मिटर जतिको तटबन्ध लगाएको थियो । तर बिहीबार रातिको बाढीले ५० प्रतिशत तटबन्ध बगाएको वडा नम्बर–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले बताए ।
तटबन्ध बगाएर बेल्ही नयाँ टोलका १५ घरपरिवार जोखिममा परेका छन् भने मोती गुप्ता, भुटाइ गुप्ता, गङ्गाराम यादव, सजन यादव, बैजनाथ यादव, मुस्तकिम मियाँ घरमा पानी पसेको छ । अहिले पानीको स्तर कम भए पनि जोखिम कायमै रहेको वडाध्यक्ष झाले जानकारी दिए । उनले भने, “बाढीले तटबन्ध भत्किदाँ किसानले लगाएको धानबालीमा व्यापक क्षति भएको छ ।”
स्थानीयवासीले जिल्लाबाट आएका प्रशासनका टोली र बलान बिहुल गाउँपालिकाले भत्किएको बाँध बनाई बस्ती जोगाउनेतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले बनाएको तटबन्ध पनि कमसल रहेको र आफूहरूको आँखामा छारो हाल्ने मात्र काम गरिएको स्थानीय महेन्द्र यादवले गुनासो गरे ।
“यस्तो बाढीले बगाउने तटबन्ध कस्तो होला । सबै हाम्रो आँखामा छारो हाल्ने काम मात्रै गरिएको छ”, उनले भने । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित भएको स्थानीय विश्वनाथ यादवले बताए । उनका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको छ । ‘गुणस्तरीय बाँध निर्माण नहुँदा बाँध भत्किएको हो ।
लगातारको वर्षाले बलान नदीमा आएको बाढीले बलान बिहुल गाउँपालिका–१ मल्हनियाँ–२ दिघिया–३ दुधैला–४ बेल्हीमा बाढीको पानी पसेको गाउँपालिकाले जनाएको छ । कटान नियन्त्रणका लागि चारवटै वडामा जेसिभी तयारी अवस्थामा राखिएको र बाढीबाट हुने असरलाई कम गर्न जनचेतनामूलक सन्देश माइकिङमार्फत भइरहेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...