×

घरायसी काममा अल्छी थ्यो गोपाल । काम त गथ्र्यो तर सकेसम्म आलटाल गर्ने उसको बानी थियो । त्यसैले हुनुपर्छ बाबुले कर्मकाण्डी पेशामा लागाएका थिए सानैदेखि उसलाई ।  गाउँका जानेमाने पण्डितमा पर्थे बाबु । कथापुराण नै भ्याइनभ्याइदियो उनलाई । त्यसैले पनि हुनुपर्छ कर्मकाण्डको जिम्मा उसकै काँधमा आएको थियो । यसबाहेक औँसी, पूर्णिमा, सङ्क्रान्ति आदिमा सिदा दान गर्ने पनि त्यत्तिकै थिए गाउँमा । त्यो कामसमेत उसकै भागमा परेको थियो । आनो र मानो भन्थे एक माना चामल र पित्तले चार पैसा दिन्थे प्वाल परेको । कर्मकाण्ड गर्दा एउटै मन्त्र धस्काउँथ्यो चाहे जुनसुकै देवीदेवताको पूजा होस् । यसको अर्थ अन्य मन्त्र पढेको थिएन भन्ने होइन । पढेको थियो, पढाएका थिए बाबुले तर सबै मन्त्र कण्ठस्थ थिएन । त्यसैले एउटै मन्त्रले काम चलाउँथ्यो । तथापि गाउँलेहरू भने क्या राम्रो वचन भने बाबुले भन्थे, प्रशंसा गर्थे । 

पूजा सामग्रीमा पनि मनोमानी नै थियो उसको । मन नपर्ने चीज पर्दैन, नभए पनि हुन्छ भन्थ्यो । मन पर्ने चीज नभई हुन्न भन्थ्यो । एकपटक विवाह गराउन जाँदा केरा नभई हुन्न भन्न भ्यायो । विवाहमा नभइनहुने केटा र केटी हो । अरू नभए पनि चल्छ । स्वयं केटा र केटीको बाबुआमा नै नभए पनि काम रोकिन्न । यस्तोमा केरा नभई हुन्न भन्दा कति हाँसे होलान् मानिस तर उसलाई त्यसको मतलव थिएन । भनेपछि भन्यो त्यही चाहिन्थ्यो । यदाकदा विवाहमा सिन्दुर हाल्नै बिर्सन्थ्यो, व्रतबन्धमा मन्त्र सुनाउनै बिर्सन्थ्यो । श्राद्धमा  पिण्ड दिन बिर्सेको सम्झाना त कति छन् कति ऊसँग । जतिबेला यजमाले सम्झाउँथे त्यति बेला–बल्ल साइत भन्दै गर्न लगाउँथ्यो चाहे काम सकेर बिदा हुन लागेकै बेला किन नहोस् । सोह्र श्राद्ध र नवरात्र आएपछि भने निकै गाह्रो पथ्र्यो उसलाई । कहिले एकै दिन चार घरमा श्राद्ध भ्याउनुपथ्र्यो कहिले १० मिनेटमै १३ अध्याय चण्डी पाठ सक्नुपर्ने हुन्थ्यो । तथापि कसैले केही भन्दैनथे । उल्टै तपाईँ आउन नभ्याउने भए गोपाल बाबुलाई पठाइदिए पनि हुन्छ भन्थे बाबुलाई यजमानहरू ।  


Advertisment
बिचरी आमा हरिमाया के गरुन् ! उता यजमान ताकेदा गर्थे, यता छोरो मरिकाटे जान्न नमान्ने ।

तथापि समस्या के थियो भने घले र गुरुङ सज्जनहरूको घर आँगन भएर जानुपर्ने हुन्थ्यो उसलाई यजमानको घर, जहाँ घरैपिच्छे दुईतीनवटा भुस्याहा कुकुर रहेका हुन्थे । ऊ थियो कुकुरदेखि डराउने प्राणी । त्यसैले उनीहरूको घरनजिक पुगेपछि पहिले परैबाट आँगनमा कुकुर छ कि छैन भनेर चियाउँथ्यो । रहेछ भने माथिल्लो गराबाट छेकारा काटेर जान्थ्यो । देखिएन भने आँगनबाटै जाने हिम्मत जुटाउँथ्यो तर भइदिन्थ्यो के भने यदाकदा कुकुर त्यति कतै कुनातिर बसेका हुुन्थे । उसलाई देख्नेबित्तिकै उनीहरू लखेट्न थाल्थे ऊ दौडिएर भाग्थ्यो । भुस्याहा कुकुरलाई डराउने मानिस भेटेपछि के चाहिन्थ्यो र परैसम्म खेद्दै जान्थे । कैयौँपटक कछाडै नै च्यातिदिएका छन् उनीहरूले । यसरी सँधै भुस्याहा कुकुरसित लुकामारी खेल्नुपर्ने भएपछि एकदिन त्यतातिर जान्न भनेर अड्डी कस्यो । तत्कालै आमा हरिमायाले थाहा पाइन् र आएर  सोधिन्– 
‘ल ! यो त अहिलेसम्म गा’ रहेन च । किन न’ गा ? आज काम खैन ?’ 
आमाको कुरा सुनेर उसले डराउँदै भन्यो– 
‘काम न’ भा त थेन तर कुकुरले हैरान पार्चन् । हिजो त कछाड नै च्यात्यो टोकेर ।  जब लाउने लुगा नै खैन’ भने के लगा’ र जाने ।’ 


Advertisment

उसको कुरा सुनेपछि आमाले उपाय सुझाउँदै भनिन्– 
‘नाथे भुस्याहा कुकुरसँ पनि डराउँचन् कोही ? उनीहरूले खेद्ने भन्या भाग्नेलाई मात्र हुन् । लठ्ठी ताक्दै जा त  भागिहाल्चन् नि ।  यी यहाँ अर्को कछाड राख्द्या छु । लगा’ र जानू ।’

आमाको कुरा सुनेर ऊ उत्साहित भयो । हातमा लठ्ठी लिएर ताक्दै गएको थियो उनीहरू त्यसैगरी भाग्न थाले, जसरी पहिले ऊ भाग्ने गथ्र्यो । त्यस दिनदेखि उसले समस्या भाग्नका लागि होइन रहेछन् । भाग्न थाले समस्याले खेदिरहने रहेछ र सामना गर्न थाले उसैलाई भाग्न कर लाग्दो रहेछ भन्ने कुरालाई गुरुमन्त्रको रूपमा लिन थाल्यो । 

समय बित्दै गयो उसको दैनिकी पनि चली नै रह्यो । यत्तिकैका एकपटक अर्को समस्या आइलाग्यो । यो समस्या भने पहिलेभन्दा भिन्दै थियो, जहाँ सामनाको होइन सुझबुझ आवश्यक पथ्र्यो । भएको के थियो भने गाउँका एक घले दाइका सानो छोरा स्कुल पढ्न जाने गथ्र्यो, जो सँधै साँझपख फर्कन्थ्यो । एक दिन एक जना गाउँले दाइले भने–
‘यस घलेका बच्चालाई कान काटौँ भनौँ त के गर्दो रच ।’ 
अल्लारे बुद्धिका कारण उसले सहमति जनाउँदै भन्यो–
‘हुन्च हेरौँ न त के गर्दो रच ।’ 

गोपाल कर्मकाण्ड गर्दा एउटै मन्त्र धस्काउँथ्यो, चाहे जुनसुकै देवीदेवताको पूजा होस् ।

त्यसपछि उनी हँसिया लिएर कान काटौँ भन्न लागे । विचरा सानो बच्चा रुँदै घरतिर लाग्यो । त्यतिबेला त उसलाई रामाइलै लागेको थियो तर उसको रमाइलो एक रातभन्दा बढी टिकेन । भोलिपल्टै उसका बाबु घले काकाले कचहरी बसाए । ती काका कहिल्यै हाँस्दैनथे । उनको अनुहार हेर्दै सँधै रिसाएका जस्ता देखिन्थे अहिलेका हाम्रा केही नेताका अनुहारजस्तै । त्यसमाथि रिसले दाह्रा किटेका बेला कस्ता देखिए होलान् । दिनभरजसो कचहरी चल्यो । गोपाल र गाउँले दाइलाई कडा केरकार गरियो । त्यतिबेला गोपालका बाबु घरमा थिएनन् । गाउँमै कतै पुराण भन्न गएका थिए होलान् सायद । बिचरी उसकी आमाले के भनेर टारिन् कुन्नि सम्झाई बुझाई गरी मिटिङ टुङ्ग्याए । 

मिटिङ सकियो, सबै आफ्ना घरतिर लागे तर गोपालको मनबाट घले काकाको रौद्ररूपको डर भने गएको थिएन । अगुल्टोको हानेको कुकुर बिजुली चम्कदा पनि तर्सन्छ भन्छन् । उसलाई पनि त्यस्तै भएको थियो । घले काकालाई सम्झने बित्तिकै उसको सुरुवाल भिज्न सुरू हुन्थ्यो । त्यसैले अबदेखि यजमानको घर जान्न भन्न थाल्यो । किनकि उसलाई तिनै घले काकाको घरआँगनको बाटो भएर जानुपर्ने हुन्थ्यो । बिचरी आमा हरिमाया के गरुन् । उता यजमान ताकेदा गर्थे यता छोरो मरिकाटे जान्न नमान्ने । यद्यपि, उनले घले बाबु राम्रा मानिस हुन्, डराउनुपर्दैन भनेर सम्झाउने प्रयास नगरेकी होइनन् तर बालमस्तिष्कमा घुसेको डर सितिमिति किन हड्थ्यो र । त्यसपछि बाध्य भएर उनले अर्को जुक्ति निकालिन् र तिनै घले काकाकी छोरीसँग आफ्नी छोरी गोमा अर्थात् गोपालकी बहिनीको मीत लगाइदिइन् । त्यसपछि भने गोपाललाई काममा जान खासै अप्ठ्यारो परेन । 

यस्तै–यस्तै गाह्रा–अफ्ठेरा झेल्दै गोपालले बाला दिन बितायो । सम्झँदा अहिले पनि उसलाई कस्तो–कस्तो लाग्छ रे । कहिले हाँसो उठ्छ रे कहिले आफैँदेखि रिस उठ्छ रे तर पनि के गर्ने जे हुनु भइसकेको थियो । त्यसलाई न रोक्न सक्थ्यो न उल्ट्याउन नै तर शिक्षा भने दह्रै पायो, जुन शिक्षाले अहिलेसम्म पनि पछ्याउँदै आएको छ उसलाई ।

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

जेठ १९, २०८१

नेपालको कानून तथा न्याय क्षेत्रमा उनले आफ्नो पृथक पहिचान बनाइसकेका छन्, एक निर्भीक न्यायमूर्तिको रूपमा । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेका कल्याण श्रेष्ठले पछिल्लो समय आफ्नो परिचयको दायरालाई अझ फराकिलो बनाएक...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x