×

NIC ASIA

ब्याडमिन्टन संघको अवैध साधारणसभामा 'ब्रेक'

घिसिङलाई भेटेर ४ प्रदेशका सदस्य सचिवले भने– ब्याडमिन्टन संघको साधारण सभालाई मान्यता दिन्नौं

राखेप सदस्य सचिव घिसिङको जवाफ– 'तपाईंहरूको पत्र नआई प्रक्रिया अगाडि बढ्दैन'

काठमाडाैं | भदौ २७, २०८०

Prabhu Bank
NTC
टंकलाल घिसिङ र प्रदेश सदस्यसचिवहरू क्रमश: भट्टराई, शर्मा, सिंह र वाग्ले
Premier Steels

चारवटा प्रदेशस्थित खेलकुद परिषद्का सदस्य सचिवहरूले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर भोलि हुने नेपाल ब्याडमिन्टन संघको साधारण सभा स्थगित गराउन आग्रह गरेका छन् ।

Muktinath Bank

कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्ले, गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्मा, लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई र सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंहले बुधवार घिसिङलाई भेटेर गैरकानूनी ढं‌गले हुन लागेको साधारण सभालाई आफूहरूले मान्यता दिन नसक्ने जानकारी गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विधि, ऐन, कानूनविपरीत संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले चुनावी साधारण सभा गर्न लागेका छन् । कुनै पनि प्रदेशले प्रदेश संघ गठन भएको मान्यता दिएका छैनन्, त्यसैले राखेपले त्यसलाई मान्यता दिनुहुँदैन भनेर हामी चारैजनाले सदस्य सचिव घिसिङलाई भन्यौं,' गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

घिसिङले 'कम्तीमा ४ (बहुमत) प्रदेश सदस्य सचिवले मान्यता दिएको चिठी नल्याएसम्म निर्वाचन प्रतिनिधि पठाउन्नँ' भन्ने जवाफ दिएको शर्माले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication

'जवाफमा उहाँ (घिसिङ) ले मैले ब्याडमिन्टन संघका अध्यक्षलाई कम्तीमा ४ वटा प्रदेशका सदस्य सचिवको चिठी ल्याएपछि मात्र निर्वाचन प्रतिनिधि पठाउँछौं भनेर भनिसकेको छु भन्नुभयो,' शर्माले भने ।

प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीको पनि ऐक्यबद्धता रहेको घिसिङलाई भेटेका अर्का एक सदस्य सचिवले लोकान्तरलाई जानकारी दिए ।

‘सूर्य भण्डारी उपस्थित हुन नसके पनि ऐक्यबद्धता जनाउनु भएको छ, ब्याटमिन्टन संघको अबैध साधारणसभा रोक्नुपर्छ भनेर भन्नु भएको छ,’ ती सदस्य सचिवले लोकान्तरसँग भने, ‘टंकलाल घिसिङलाई फोन गरेर आफ्नो राय राख्नुभएको हामीले थाहा पाएका छौं ।’

विधि प्रक्रिया नमिलेका कारण भोलि हुने भनिएको साधारण सभाको मिति सार्न आग्रह गरेका प्रदेश सदस्य सचिवहरूले जबरजस्ती साधारण सभा गरिए मान्यता नदिने जानकारी गराएका थिए ।

प्रदेशको मान्यता नमिल्दासम्म साधारण सभालाई राखेपले पनि मान्यता नदिने भनेर घिसिङले आश्वस्त पारेको उनको भनाइ छ ।

पढ्नुहोस्, यो पनि :

कानून मिचेर साधारण सभा गर्दै ब्याडमिन्टन संघ, प्रदेश खेलकुद परिषद्ले भने– अवैध हो, मान्यता दिन्नौं

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x