×

NMB BANK
NIC ASIA

बुटवल उद्योग वाणिज्य संघको चुनाव : अध्यक्षमा अर्याल र श्रेष्ठ भिड्ने, कसको पल्ला भारी ?

बुटवल | असोज ९, २०८०

NTC
Premier Steels

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुँदैछ ।

Muktinath Bank

यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगी/व्यवसायी आबद्ध रहेको संघको नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा यस अघिका अध्यक्षका प्रत्यासी हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ छुट्टाछुट्टै समूहमा आफूलाई जिताउन आग्रह गर्दै व्यवसायीदेखि विभिन्न समूहसम्म पुगेका छन् ।


Advertisment
Nabil box
Kumari

अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Vianet communication

चुनावी सरगर्मी बढेसँगै यस पटकको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।

अर्याल विगतको निरन्तरतालाई क्रमभंग गर्ने तयारीमा छन् भने, श्रेष्ठ विगतको परिवेशलाई निरन्तरता दिने तयारीमा देखिन्छन् । अर्यालको नेतृत्वमा सबै विचार समूहको सहभागितामूलक समावेशिता देखिएको छ । चुनावी मैदानमा आउने तयारीमा रहेका दुई समूहमध्ये को नेतृत्वमा आउला भन्ने विषयमा व्यवसायीहरूले आ–आफनो अड्कल काटिरहेका छन् ।

संघमा केही खास व्यक्तिहरू मात्र सधैं हावी भएको भन्दै व्यवसायीहरू नयाँ अनुहार ल्याउने पक्षमा रहेको बताइन्छ ।

स्रोतका अनुसार यो पटक अर्याललाई रणनैतिक हिसावले महत्व राख्ने व्यक्तिहरू र व्यवसायीले साथ दिने बुझिएको छ ।

बुटवलको गिर्दो व्यापारलाई पुरानै लयमा फर्काउने एजेन्डा आफूसँग रहेको अर्यालले बताए । स्थानीय सरकारसँग सहकार्य गरी उद्यमशीलता र व्यापारमैत्री वातावरण बनाउँदै अघि बढ्ने गरी आफू संघको नेतृत्व आउन लागेको उनले स्पष्ट पारे ।

त्यस्तै श्रेष्ठले प्रतिस्पर्धी संघ र प्रतिस्पर्धी बजार बनाएर आफू अघि बढ्ने बताए । श्रेष्ठले बुटवलको विकास पर्यटनसँग जोडिएको भन्दै पर्यटन विकास गरी बुटवललाई चलायमान बनाउन आफूसँग पर्याप्त एजेन्डा रहेको बताए ।

अर्याल कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्ष भइसकेका व्यक्ति हुन् भने, श्रेष्ठले कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

अर्यालले वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सह कोषाध्यक्षमा धनाकुमारी खनाललाई अघि सारेका छन् ।

त्यस्तै श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन् ।

संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । 

संघका महासचिव विमलराज भट्टराईले समग्र व्यावसायिक हित हुने गरी संघको नेतृत्व चयन हुन आवश्यक रहेको बताए ।

सकेसम्म संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास अन्तिमसम्म जारी रहने भट्टराईको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघ निजी क्षेत्रको काठमाडौं बाहिरको ठूलो व्यावसायिक संस्था भएकाले यसको नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिँदै आइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x