×

NMB BANK
NIC ASIA

भीआईपी बसेको केन्द्रीय कारागार घुम्दा जे देखियो

गेरुवस्त्र लगाएर हनुमान चालिसा र गीता पढ्दै जेलभित्र दिन काट्छन् सचिव पाण्डे

खाँणलाई भेट्न नेताको लर्को, 'बिराना' रायमाझीलाई कसैले भेट्दैनन्

काठमाडाैं | असोज ९, २०८०

NTC
Premier Steels

असोज ९ गते दिउँसो सुन्धारास्थित केन्द्रीय कारागारका दुईवटा बन्दी गृह घुम्न जेलर ललित बस्नेतको अनुमति लिएँ । सुरक्षा अपराध तथा आन्तरिक मामिलामा रिर्पोटिङ गर्ने भएकाले जेलको अवस्थाका बारेमा जान्नुपर्ने थियो ।

Muktinath Bank

त्यसमा पनि करिब दुई महिनाअगाडि जेलभित्रबाट बाहिरका व्यक्तिहरूलाई धम्क्याएको विषय बाहिर आएको थियो । त्यहाँ कसरी कैदीबन्दीहरू बस्दा रहेछन् र फोन कसरी हुँदोरहेछ भन्ने जिज्ञासा पनि थियो ।  र, अघिल्लो वर्ष जेलमा गएर आपराधिक पृष्ठभूमिका कैदीलाई भेटेकै विषयमा तत्कालीन प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसी कारबाहीमै परेका थिए । त्यसैले पनि कौतुहलता थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेलको मुख्य गेटमा करिब ५ मिनेट लाइन बसेँ, जसरी अन्य कैदीबन्दीका आफन्त भेट्न आउँछन् ।  गेटमा बसेका प्रहरीले अनुमति लिएको पत्र र आफ्नो परिचयपत्र चेक जाँच गरेर भित्र चेक जाँच गर्ने कक्षमा पुर्याए । त्यहाँ ‘किन आएको ? केका लागि आएको’ अनेकौं प्रश्नको सामान त गर्नै पर्यो । त्यहाँ के भनेँ यहाँ खुलाउन चाहिँन ।


Advertisment
Nabil box
Kumari

Vianet communication

मोबाइल लगायतका सामानहरू लैजान पाइँदैन भन्ने थाहा थियो बोकिएन । तर खल्तीमा वालेट (पर्स) भने थियो । वालेटमा केही पैसा र परिचयपत्रबाहेक कार्यलयको भिजिटिङ कार्ड थियो । त्यो पनि प्रहरीले सबै एक–एक गरी चेकजाँच  गर्यो । यतिसम्मकी वालेटका पत्रपत्र चेकजाँच गरेर एकजना प्रहरी र जेलका कर्मचारीसहित भित्र पठाइयो । 

भित्र पठाउन पनि त्यहाँ ३ ठाउँमा ‘इनक्वाइरी’ भयो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी)का एकजना प्रहरीले केही सोधपुछ गरे । मप्रति उनीहरूलाई त्यति विश्वास नलागेको पाइयो । त्यसपछि त्यहाँबाट डीएसपीको कमाण्डमा खटिएको कार्यालयमा थप अनुमतिका लागि पठाइयो । त्यहाँबाट अनुमति पाएपछि केन्द्रीय कारागारका कर्मचारी र म सोही कारागारभित्रको केन्द्र बन्दीगृहमा छिर्याैँ। गेटैमा त्यो जेलका नाइके (दाइ भनेर बोलाउने रहेछन्) उनी पछिपछि आए । उनको अनुमतिबिना कोही  व्यक्ति पनि भित्र छिर्न नपाउने रहेछन् । 

उनले हामीलाई त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी गराउँदै गए । गेटबाट छिर्नेबित्तिकै त्यहाँ भएका कैदीबन्दी सबैले नमस्कार गर्दा रहेछन् । त्यहाँको गेटबाट भित्रछिरेपछि पहिलो दृश्य मन्दिर थियो । त्यहाँ केही व्यक्ति बसिरहेका थिए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृह सचिव अर्थात निलम्बित सचिव टकेनारायण पाण्डे थिए । उनले कौतुहलाको आँखाले हेरिरहेका थिए सायद प्रहरी र जेलका कर्मचारीसहित भएकाले हेरेका होलान् । गेरुवस्त्रमा त्यहाँ उनी बिहानदेखि करिब–करिब बेलुकासम्म बस्ने गरेको नाइकेले बताए ।  एउटा टेबलमा हनुमान चालिसा, गीतालगायतका धार्मिक किताबहरू थिए । उनले ती किताब पनि पढ्दा रहेछन् । ‘सचिवज्यू दिनभर धार्मिक किताब पढेको देखिन्छ, एकदमै पश्चताप भएको जस्तो भाव देखाउनु हुन्छ,’ केन्द्रीय कारागारमा भेटिएका अर्का एक कैदीले भने । पक्राउ पर्नुअघि पाण्डेले ‘लोभ लालच’मा फस्न नहुने खालको प्रवचन दिएका थिए । 

त्यहाँबाट हामी बिस्तारै कैदीहरू बस्ने ठाउँमा पुग्यौं । केन्द्रीय कारागारको पुरानो भौतिक संरचनाको आभाव त गेटबाट भित्र छिर्नेबित्तिकै झल्किएको थियो । केन्द्र गृहमा सबैभन्दा धेरै कैदीबन्दीहरू राख्ने ठाउँ थियो । ९३३ कैदी र ९२७ बन्दी र त्यसमा १४३ जना विदेशी रहेको नाइकेले बताए ।

जेलभित्र कैदीबन्दीलाई त्यहाँका नाइके, चौकीदार, भाइ चौकीदार लगायतका टोलीले व्यवस्थापन गर्दा रहेछन् । कैन्दीबन्दीहरूलाई फलामको दुईतले बिस्ताराको व्यवस्था गरिएको थियो । त्यहाँ सानो ठाउँमा सुत्नुपर्ने बाध्यता देखियो । दिउँसोको समय भएकाले कतिपय कैदीबन्दी आफ्नो बिस्तारामै टीभी हेर्दै बसिरहेका थिए । जेलमा आफूले टीभी राखेर हेर्न पाउने व्यवस्था थियो । त्यहाँबाट अर्का बिरामी कैदीबन्दी राख्ने कक्षमा गयौं । त्यहाँ पहिलो कक्षमा आफैँ खान र हिँड्डुल गर्नसक्ने कैदीहरूलाई राखिएको थियो । त्यहाँ भने सामान्य कैदीको भन्दा केही फराकिलो बिस्तारा थियो । 

त्यहाँ बिरामीको उपचार लगायतका विभिन्न आवश्यकताको व्यवस्थापन गर्नका लागि एकजना भित्रका कैदीमध्येबाटै चौकीदार खटाइने नाइकेले जानकारी गराए । त्यहाँबाट अर्को कक्ष थियो जहाँ आफैँ औषधि खान नसक्ने कक्ष थियो । जसमा बिरामीको खाना, दिसा–पिसाब र नुहाइदिनेसम्म व्यवस्था गरिएको थियो । 

नाइकेका अनुसार त्यहाँ सेवा गर्नेले वर्षमा २० दिनसम्म छुट पाउने भएकाले सबै काम सित्तैमा गर्दा रहेछन् ।  त्यो भाइ चौकीदारले गर्ने गरेका रहेछन् । त्यहाँबाट अर्को मेसको अवलोकन गर्न पुगियो जहाँ बिरामीका लागि छुट्टै खानाको व्यवस्था हुँदोरहेछ । 

अर्को ठाउँमा सामान्य कैदीबन्दीका लागि खानाको व्यवस्था हुनेरहेछ । अझ अर्को ठाउँमा आफूले आफ्नो हिसाबले बनाएर खान्छु भन्ने व्यक्तिहरूका लागि ५÷७ जनाको समूहमा आफैँ खाना बनाउन पाउने व्यवस्था रहेछ । त्यहाँ आफूलाई मनपर्ने चिज आफ्नै पैसाले किनेर खान पाइन्छ । त्यहाँ करिब २०-२२ जनाको समूहले मट्टीतेलको स्टोपमा खाना पकाइरहेका थिए  भने केहीले बिजुलीको हिटरमा खाना पकाइरहेका थिए । 

त्यहाँबाट अस्पतालको अवलोकन गर्न पुग्दा त्यहाँ औषधि राज्यले जस्तोसुकै बिरामीलाई पनि सित्तैमा उपलब्ध गराउने र बिरामी भएको खण्डमा पनि सित्तैमा उपचार गराउने व्यवस्था रहेको जानकारी पाइयो । जेलभित्र बिरामीले आफूखुशी औषधि खान नपाउने र त्यसका लागि त्यहाँ कैदीबन्दीका रुपमा गएका डाक्टरहरूले खुवाउने व्यवस्था रहेछ ।   

नाइकेका अनुसार धेरैजसो कैदीले आफूले पहिलादेखि उपचार नगरेका रोगको पनि उपचार गर्ने गरेका छन् । सित्तैमा उपचार पाउने भएपछि उनीहरूले उपचार गर्ने गरेका हुन् । 

त्यहाँ खेलकुदका लागि एउटा बस्केटबल कोर्ट बनाइएको थियो । यद्यपि, त्यहाँ सबै खेलकुद हुने गरेका रहेछन् । नाइकेका अनुसार त्यहाँ क्रिकेटर सन्दीप लामिछानेले पनि अभ्यास गरेका थिए । दशैँ आउन लागेकाले त्यहाँ अहिले विभिन्न प्रतियोगिता भइरहेका थिए । क्रिकेट, बास्केटबल, भलिबल लगायतका प्रतियोगिता हुँदै थिए । त्यहाँ क्यारेम बोर्ड, चेस, लुँडो लगायतका विभिन्न खेल बिहान ७ बजेदेखि बुेलुका ४ बजेसम्म खेल्न पाउने व्यवस्था गरिएको छ ।

कारागारभित्र विद्यालय पनि छ । जसमा विद्यार्थीका लागि कम्प्युटर ल्याब (विना इन्टरनेटको), पुस्तकालयको व्यवस्था रहेछ । त्यहाँ काठमाडौं महानरपालिकाले तलब खुवाउने गरी शिक्षकको व्यवस्था गरिएको छ । जो भित्रैका कैदीबन्दीमध्येबाट नै हुन्छन् । उनीहरूले कक्षा १२ सम्म पढाउँछन् । 

त्यहाँ मन्दिर, मस्जिद, चर्च र गुम्बालगायत धर्मअनुसार पूजा र प्रार्थना गर्ने ठाउँ पनि रहेछन् । साथै विभिन्न ठाउँमा अनेक प्रकारका खानेकुरा र कपडाको पसल देख्न पाइयो । जसमा बाहिरको बजारभन्दा निकै सस्तोमा सामान उपलब्ध हुने रहेछ । 

कालो चियाको ६ रुपैयाँ, दूधको २६, कालो कफी १५, अण्डा २० र दूध हालेको कफी २६ रुपैयाँ आदि–आदि । नाइकेका अनुसार त्यहाँ खानेकुरा धेरै परिणाममा आउने र भाडा पनि तिर्न नपर्ने भएकाले सस्तोमा उपलब्ध हुने गरेको छ । 

कपडाहरू भने ब्राण्डेडदेखि सामान्यसम्म देखियो । तर तिनीहरूको मूल्यसूची राखिएको थिएन ।

 

करिब एक घण्टाको घुमाइमा चर्चित गोलघरको अवलोकन गर्न पाइयो । जसमा हामीले फिल्म देखेजस्तै जेल अर्थात फलामको रडले बाहिरएको छुट्टाछुट्टै कोठा भएको ठाउँ थियो । नाइकेले पनि अनुमति लिएर त्यहाँ जान पाउने व्यवस्था गरिएको छ । त्यस ठाउँमा छुट्टै प्रहरी सुरक्षा राखिएको थियो । चर्चित बिकिनी किलर चाल्र्स सोभराज पनि त्यहाँ बसेका थिए । पछि त्यहीँबाट छुटेका थिए । अहिले गोल घरमा २-३ जना मात्रै कैदी देखिए ।

गोलघरबाट अदालतमा काम परेको अवस्थामा बाहेक बाहिर जान पाउने व्यवस्था छैन । त्यहाँभित्र भीडभाड पनि कम हुने ठाउँ रहेछ । 

जेलमा कैदीबन्दीले धागो काट्ने मेसिन राखेर धागो उत्पादन गर्ने, मुडा बुन्ने र आफ्नो सीप अनुसारको काम गर्ने ठाउँको पनि व्यवस्था गरिएको रहेछ । 

त्यहाँबाट निक्लँदै गर्दा गेटैमा एक जनाले तामाका मुर्ति, शिलालेख, ताम्रपत्र बनाउँदै थिए । ३५ वर्षीया महिलालाई बलत्कार गरेको अभियोगमा ती व्यक्ति पुर्पक्षका लागि थुनामा आएका थिए । ती जेल आउनुभन्दा पहिले पनि त्यही काम गर्दै आएको बताए । 

‘बाहिर पनि यही काम गर्दै आएको थिएँ, भित्र पनि यसरी नै कुँदिरहेको छु,’ ती बन्दीले भने । नजिकै आफन्तलाई फोन गर्नेहरूको लाइन थियो । जेलको व्यवस्थाअनुसार जेलरलाई आफूले फोन गर्ने ३ वटा फोन नम्बर, उनीहरूको नाम र ठेगानाको अनुमति लिनुपर्ने व्यवस्था थियो । त्यो अनुमति लिएपछि कैदीबन्दीहरूले फोन गर्न  पाउने व्यवस्था रहेछ । तर फोन नम्बर आफैँ डायल गर्न भने नपाउने नाइकेले बताए । कतिपय अवस्थामा एउटा फोन नम्बर टिपाएर अर्कैलाई फोन गर्ने भएकाले त्यसो गरिएको हो । फोन प्रतिमिनेटको २ रुपैयाँ लिने गरिएको पाइयो । जसबाट खर्चबाहेक बचेको पैसाले भौतिक पूर्वाधार बनाउने गरेको जानकारीमा आयो । 

त्यहाँको अवलोकन सकिएपछि भद्र बन्दीगृहमा प्रवेश गरियो । त्यहाँ अर्का नाइके अवलोकन गराउन तयार थिए । उनले पनि त्यहाँ भएका अन्य कर्मचरीको अनुमति लिएर भित्र छिराए । त्यहाँ ७१२ कैदी र ४ सय ४० बन्दी थिए । जसमा ८७ जना विदेशी नागरिक भएको त्यो जेलका नाइकेले बताए ।

त्यहाँ गेटैमा भगवान् गौतम बुद्धको मूर्ति थियो । त्यसको अगाडि (केही पर) नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी केही व्यक्तिसँग बसेर गफ गरिरहेका थिए । 

रातो रङको ढाका टोपी, चस्मा, कालो स्टकोट, जुत्ता, विभिन्न रङको सर्ट लगाएर हँसिलो मुद्रामा थिए उनी । पक्राउ परेपछि उनी जसरी ठाँटिएका थिए त्यसरी नै जेलमा पनि बसेको पाइयो । कर्मचारी, प्रहरी र नाइकेसहित त्यहाँ पुगेको देखेपछि उनले कौतुहतासहित हेरे तर अनुमति नभएकाले उनीसँग कुराकानी गर्न भने नपाइने रहेछ । 

त्यसपछि त्यहाँ पनि कैदी बस्ने ठाउँ, बिरामी कक्ष, अस्पताल, विद्यालय, खेलकुद मैदान लगायतका ठाउँमा अवलोकन भयो । जहाँ केन्द्रको जस्तो कैदीबन्दीको चाप नभएकाले धेरै हल्ला थिएन । त्यहाँ पनि त्यसैगरी नै पसलहरू थिए । काम गर्ने कक्षहरू पनि थिए ।

यहाँका पसलमा केन्द्र जेलको भन्दा फरक मूल्यमा सामान पाइने देखियो । कालो चिया ५ रुपैयाँ तथा दूधको चिया, दुध, कफी २५ मा पाइने रहेछ । अण्डाको मूल्य १९ रुपैयाँ थियो । त्यहाँका पसलमा चियाँ खाँदै गरेका कैदीबन्दीलाई मूल्य टाँसेकोभन्दा महंगो त पर्दैन ? भनेर प्रश्न गर्दा तोकिएकै भाउमा पाइने बताए । 

नाइकेका अनुसार त्यहाँ तोकिएको मुल्यभन्दा बढी लिएको खण्डमा कारबाही हुने गर्छ । कारबाहीस्वरुप उसलाई त्यो पसलको जिम्मेवारीबाट हटाइँदो रहेछ ।  यसरी करिब २ घण्टा केन्द्रीय कारागारको अवलोकन गरियो । जसमा विभिन्न समस्या पनि देखिए । जसमा कैदीबन्दीको चापले गर्दा सुत्ने ठाउँ अलि कमजोर देखिए भने सरसफाइ लगायतका विषयमा पनि अलि कमजोरी रहेको महसूस भयो । 

खानेपानीको पनि समस्या देखियो । केन्द्रीय कारागारका जेलर ललित बस्नेतले पनि मेलम्ची आउने कुरा भएको तर नआएकाले किनेरै खानुपर्ने बाध्यता झेल्नुपरेको बताए । 

‘यहाँको मुख्य समस्या पानी हो । अहिले मेलम्ची आइसकेको छैन, खानेपानीका लागि राज्यले किनेरै खुवाउनु पर्छ,’ जेलर बस्नेतले लोकान्तरसँग भने, ‘एकजना व्यक्तिलाई दिनका करिब २० लिटरसम्म पानी लाग्छ, त्यो सबै किनेर ल्याउनुपर्छ ।’

उनका अनुसार कारागारमा ४५ प्रतिशत जति बिरामी र ५० प्रतिशत बन्दी भएका कारणले समस्या देखिएको हो । हुन पनि यहाँ देशभरमा बिरामी भएका कैदीबन्दी आउने गर्दा रहेछन्, जसले गर्दा पोष्टिक आहारको समस्या हुने गरेको पाइयो ।

‘नियममा सय जनामा एक जनालाई पौष्टिक आहार दिने व्यवस्था छ । तर यहाँ ४५ प्रतिशत बिरामी छन्, यसले गर्दा सबैलाई पोष्टिक आहार पुर्याउन सकिएको छैन,’ जेलर बस्नेतले लोकान्तरसँगको कुराकानीमा भने । 

उनका अनुसार कारागारको मासिक बजेट पौने दुई करोड हो । जसमा प्रत्येक व्यक्तिलाई ८० रुपैयाँको सिदादेखि चामल, औषधि उपचार र बन्दीहरूलाई अदालतमा उपस्थित गराउनु पर्छ । एक जना व्यक्तिलाई काठमाडौंबाट झापाजति टाढाका जिल्लाहरूमा लैजानु परेको खण्डमा कम्तीमा ६० हजार रुपैयाँ खर्च हुने गरेको जेलर बस्नेतले बताए ।

‘यहाँ रहेकी सीता शर्माको मुद्दा ३४ जिल्लामा रहेछ उहाँलाई सबै ठाउँमा लैजाँदा राज्यको करिब २५ लाख रुपैयाँ खर्च हुने देखिन्छ,’ उनले भने । उनका अनुसार जेलभित्र ल्याइसकेपछि सबैकुराको व्यवस्थापन राज्यले गर्नुपर्ने हुन्छ । जेलमा प्रयाप्त सवारीसाधान नहुँदा पनि कैदीबन्दीलाई अदालतमा उपस्थित गराउन समस्या देखिएको छ । जसले गर्दा त्यहाँ चाप बढेको उनको भनाइ छ ।

केन्दी्रय कारागारमा कर्मचारीको अर्को समस्या छ । जेलमा कर्मचारी आउन नमान्दा अहिले पनि लेखापाल आउन सकेका छैनन् । अहिले डिल्लीबजार कारागारका लेखापालबाट काम चलाउँदै आएको जेलर बस्नेतले बताए ।  

‘यहाँ कोही पनि कर्मचारी आउन मान्दैनन्, अर्को जेलका लेखापालले हेर्दै आउनुभएको छ । कम्प्युटर अपरेटरको पनि अभाव छ,’ जेलरले लोकान्तरसँग भने । उनका अनुसार पहल गर्दा पनि कर्मचारी आउन मान्दैनन् । जेलमा आएर काम गर्न उनीहरूले रुचि देखाउँदैनन् ।

१५ सय कैदीबन्दीको क्षमता भएको केन्द्रीय कारागारका तीनवटा बन्दीगृहमा असोज ९ सम्ममा तीन हजार ४६६ जना कैदीबन्दी छन् । जसमा एक हजार ४४५ जना त बिरामी मात्रै छन् । 

खाँणलाई भेट्नेको लर्को, रायमाझी र पाण्डे​लाई भेट्दैनन् कोही

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अभियोगमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षका लागि कारागार चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न दैनिक नेता र कार्याकर्ताको भीड लाग्ने गरेको छ । करिब एक हप्ताको अन्तरालमा लुम्बिनीका मुख्यमन्त्री आउने गरेको जेलका एक कर्मचारीले बताए । उनका अनुसार खाँणलाई भेट्न विभिन्न नेता दैनिक नै आउने गरेका छन् । 

‘ल हेर्नुस्, यो सबै खाता बालकृष्ण खाँणलाई भेट्न आउनेको हो यहाँ टोपबहादुर रायमाझी र अन्यलाई भेट्न आउने निकै कम छन्,’ आगन्तुक पुस्तिका देखाउँदै ती कर्मचारीले लोकान्तरसँग भनिन । उनका अनुसार पछिल्लो समयमा शरणार्थी प्रकरणमा पुर्पक्षमा थुनामा रहेकालाई भेट्न धेरै आउने भएकाले जेलरको कार्यालयमा छुट्टै नाम टिपाउने व्यवस्था गरिएको छ । त्यहाँ प्रहरी र जेलका कर्मचारी पनि हुन्छन् । त्यहाँबाट फेरि प्रहरीको चेकिङ कक्षमा पनि टिपाउने व्यवस्था गरिएको छ ।

 

रायमाझीलाई भेट्न पछिल्लो समयमा नेकपा (एमाले)का केही नेता कारगारमा आएका छन् । तर जेल प्रशासनले को–को व्यक्ति भेट्न आएका थिए भन्ने खुलाएको छैन । ‘पछिल्लो समयमा नेता भनेर आउनुभएको छ, तर को हो मैले चिनिनँ,’ नाम टिपाउने ठाउँमा बसेकी ती कर्मचारीले भनिन् । रायमाझी र उनका छोरा सन्दीपलाई छुट्टा–छुट्टै जेलमा राखिएकाले खासै भेट नहुने गरेको भन्द्र जेलका नाइकले बताए । उनका अनुसार कहिलेकाहीँ प्रतियोगिताहरू हुने समयमा भने भेट हुने गरेको छ ।

सचिव टेकनारायण पाण्डेलाई भने परिवारका व्यक्तिबाहेक अन्य कोही पनि भेट्न आएको पाइएको छैन ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x