×

NMB BANK
NIC ASIA

सुन तस्करीको धन्दा

प्रदेश मन्त्री जोडिएको सुन प्रकरणः सीआईबीबाटै अनुसन्धान हुनुपर्ने भन्सारको राय

काठमाडाैं | असोज १७, २०८०

NTC
Premier Steels

पछिल्लोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १ किलो सुनमा प्रदेश मन्त्रीको शंकास्पद् कनेक्सन देखिएपछि विमानस्थल भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

Muktinath Bank

विमानस्थल भन्सार कार्यालयले आफ्नो तर्फबाट अनुसन्धान सकेर सोमवार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा हाई–प्रोफाइलसहित अन्य व्यक्तिको समेत संलग्नता देखिएकाले संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने राय समावेश छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चेकलगायत विभिन्न विषयमा थप अनुसन्धान गर्न आवश्यक देखिएकाले सीआईबीबाटै संगठित अपराधमा अनुसन्धान हुनुपर्छ भन्ने राय दिएका छौं,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘त्यहाँ तीर्थ लामाले काटेको चेक र अन्य धेरै चेक भएकाले त्यो प्रहरीले नै हेर्नुपर्ने देखिन्छ ।’


Advertisment
Nabil box
Kumari

कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन विमानस्थलबाट भदौ २५ गते १ किलो सुनसहित १ जनालाई पक्राउ गरेको थियो । भोलिपल्ट २ जना पक्राउ परेका थिए ।

Vianet communication

उक्त सुनको व्यवस्थापन काभ्रे प्रतिनिधिसभा– १ प्रदेशसभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जनले मिलाएको खुलेको छ ।

फरार रहेका योञ्जनविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । सुनसहित १ जना पक्राउ परेपछि योञ्जन विमानस्थलमै गाडी छाडेर भागेका थिए । उनले छाडेको बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडीमा तीर्थ लामाले काटेको ७ लाख रुपैयाँको चेक फेला परेको थियो ।

प्रहरीले भदौ २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । 

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तानलाई पक्राउ गरिएको थियो । 

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करीब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो । 

बरामद सुन प्रहरीले भन्सारमा बुझाएपछि त्यहाँबाट अनुसन्धान भएको हो ।

भन्सार कार्यालयका अनुसार पक्राउ परेका बाबुलालले आफूले तेस्रोपटक सुन ल्याएको बयान दिएका छन् । ‘यो तेस्रोपटक हो भन्ने बयान उसले दिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘उनी पटक–पटक दुबई गएको देखिएको छ ।’

एकपटकमा मलद्वारमा लुकाएर आधा केजी सुन र एउटा आइफोन लिएर आउँदा खर्च कटाएर २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको बयान छ ।

तस्करीका लागि दुबईमा सुन पसल 

यो समूहले तस्करीकै उद्देश्य राखेर दुबईमा सुन पसल सञ्चालन गर्दै आएको खुलेको छ ।

उक्त पसलको आडमा काँचो सुनलाई सामान्य आकार दिएर नेपाल फर्किने सोझासाझालाई प्रलोभनमा पारी पठाउने गरेको पाइएको अनुसन्धानमा संलग्न स्रोतको दाबी छ ।

त्यसरी पठाइएको सुनको बिलमै ‘लुज गोल्ड’ वा ‘गोल्ड बार’ लेखिएको हुने गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव नारद गौतमले बताए । 

‘विदेशबाट सुन ल्याउँदा बिलमा लुज गोल्ड वा गोल्ड बार लेखिएको हुन्छ, त्यो काँचो सुन हो । भन्सारले त्यसलाई मात्रै भन्सार तिराउने गरेको छ,’ उपसचिव गौतमले लोकान्तरसँग भने । 

विदेशबाट आउनेहरू यस्ता सुनको विषयमा जानकारी नहुँदा समस्यामा पर्ने गरेको उनले बताए । 

यसरी सुन ल्याउँदा १ ग्राममा १८ देखि २० डलर सस्तो पर्न जान्छ । त्यहाँ लगाउनका लागि बनाउने गहनालाई महंगो पर्न जान्छ । सोहीकारण रसायन प्रयोग नगरी सामान्य आकार मात्र दिएर ल्याउने गरेको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x