×

NMB BANK
NIC ASIA

सरकार फेरबदलको कसरत

प्रधानमन्त्री बन्न देउवालाई पार्टीमा दबाबः हतारिँदै इतर समूह, उक्साउँदै संस्थापनकै नेता

काठमाडाैं | असोज १९, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न पार्टीको इतरसँगै संस्थापन समूहबाटै दबाब बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको ९ महिना मात्रै भए पनि कांग्रेसभित्र आफैंले सरकारको नेतृत्व गर्नुपर्ने विषय प्राथमिकता साथ उठेको हो ।

Muktinath Bank

१० पुसमा आफ्नै कमजोरीले फुस्किएको सरकारको कमाण्ड राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएसँगै फर्किएको थियो । तर, सरकारको नेतृत्व गर्ने अवसर भने कांग्रेसले गुमायो । तत्कालीन गठबन्धनका आधारमा प्रधानमन्त्री बनेका प्रचण्डले नै निरन्तरता पाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, दलहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भने भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई वर्ष, बीचमा एकवर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र त्यसपछि कांग्रेस सभापति देउवाले दुई वर्ष सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो ।


Advertisment
Nabil box
Kumari

तर, प्रचण्डको पालो नसकिँदै कांग्रेसमा सरकारको नेतृत्व लिनुपर्ने आवाज जबरजस्त उठेको छ । १४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित डा. शेखर कोइरालाले पछिल्लो समय निरन्तर सरकार परिवर्तन गर्नुपर्ने विषय उठाउँदै आएका छन् । कोइरालाको मागमा इतर पक्ष एउटै लाइनमा देखिन्छ । शेखरले ‘यो सरकार जति दिन रहन्छ मुलुक त्यति बर्बादीतर्फ जाने’ भन्दै दबाब बढाएका हुन् । ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो, ’कोइरालाले कपिलवस्तु पुगेर बुधबार भनेका थिए, ‘सरकारको हेपाहा र बलमिच्याईं, चर्को महँगीका कारण जनताको चुलो नबल्ने अवस्था आयो । जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत होइन ।’

Vianet communication
‘प्रचण्डलाई तोड्ने भनेको ओलीलाई जोड्ने हो । एक वर्ष पनि नपुगी प्रचण्डलाई फाल्न खोज्दा एमालेसँग मिल्नुपर्ने हुन्छ । तर, सधैंको प्रतिस्पर्धी एमालेले कहाँ कतिबेला धोका दिन्छ टुंगो हुँदैन,' कांग्रेसका एक नेता भन्छन्, 'अनायास प्रचण्डलाई फाल्दा हामीभन्दा अगाडि उनी ओलीकहाँ पुगेर पहिलकैजस्तो गठबन्धन बनाए भने हामी फेरि पेन्डुलम बन्छौं । शक्ति र सत्ताका सबै खेल बुझ्ने सभापति यी सबैको हिसाबकिताब गरेर हतार गरिरहनुभएको छैन ।’

इतर पक्षमात्रै होइन देउवा समूहबाटै पनि अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने विषय उठ्न थालेको छ । कांग्रेस प्रचार विभाग प्रमुख एवं देउवानिकट नेता मीन विश्वकर्मा कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने आवश्यकता भएको बताउँछन् । ‘तीन दलबीच आलोपालोमा सरकार बनाउने समझदारी भएको हो । अहिले नै सरकार परिवर्तन गरिहालौं र प्रचण्डजीलाई हटाइहालौं भन्ने भएको त छैन तर, उहाँहरूले समाजवादी मोर्चा बनाएपछि प्रचण्डजीपछि अब सोझै कांग्रेसले सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ,’ विश्वकर्माले भने, ‘मुलुकले पनि अब कांग्रेसको सरकारको आवश्यकता महसुस गरिसकेको छ ।’

खासगरी प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न नसकेका नेताहरूले कांग्रेस नेतृत्वमा सरकार बनाउन दबाब बढाएका छन् । तर, त्यो समूह सानो रहेको कांग्रेस स्रोत बताउँछ । ‘भ्रष्टाचारविरुद्ध कदम चाल्दा सरकारले जताततैबाट वाहवाही पाएको थियो । तर, दिनदिनै र छिनछिनै यी मुद्दा कमजोर बन्दै गएका छन् । जनजीविका र नागरिक सरोकारका विषयमा सरकार सुस्त मात्रै होइन गैरजिम्मेवारी बनेको छ,’ देउवानिकट एक सांसदले भने, ‘सहज अवस्था हुन्थ्यो भने माओवादीसँग भएको सहमति समय नपुग्दै तोड्नुपर्ने अवस्था आउने थिएन । तर, बिग्रँदो अर्थतन्त्रबाट देशलाई उठाउन पनि कांग्रेसले नै नेतृत्व गरेर जाँदा सहज हुन्छ भन्ने मत कांग्रेसमा अत्यधिक छ ।’

दोस्रो–तेस्रो तहका नेता र सांसदले सरकार परिवर्तन चाहे पनि देउवा निकटको उच्च नेतृत्व भने तत्काल सरकार बदल्न खोज्दा जोखिम हुने देखिरहेको छ । सरकारमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका पूर्णबहादुर खड्का पनि यही सरकारलाई बलियो बनाएर जानुपर्ने पक्षमा देखिन्छन् । उनले केन्द्रीय समिति बैठकदेखि पार्टीका फोरममा सरकार ढाल्ने र बदल्ने खेलले १० पुसको जस्तै संकटमा धकेल्ने बताउँदै आएका छन् ।

देउवा के सोच्दैछन् ?

हरेकजसो सार्वजनिक मञ्चमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउँदै आएका शेखरले देउवालाई भेटेरै अब सरकार परिवर्तन गर्नुपर्ने बताएको स्रोत बताउँछ । केही समयअघि देउवालाई भेटेरै शेखरले ‘अब तपाईं प्रधानमन्त्री बन्नुपर्छ’ भनेका थिए । तर, सरकार परिवर्तनलाई अहिले नै प्राथमिकतामा राखेर अघि बढ्ने अनुकूल समय नभएको भन्दै देउवाले शेखरलाई उल्टै सम्झाएका थिए ।

देउवा आफ्नै कमजोरीले गत निर्वाचनमा बनाएको गठबन्धन १० पुसमा भत्किएको नमीठो यथार्थबाट सचेत रहेको उनीनिकट स्रोत बताउँछ । ‘हाम्रै कतिपय कमजोरीले १० पुसमा माओवादी एमाले कित्तामा गएर प्रधानमन्त्री पाउन सफल भएको थियो । हामीले कमजोरी महसुस गरेर बल्ल बिग्रन खोजेको परिस्थितिलाई सम्हाल्यौं,’ देउवानिकट एक नेता भन्छन्, ‘प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पनि भएको छैन । यस्तोमा बहकिएर कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर लाग्दा फेरि पनि उत्तिकै जोखिम र अन्योलता छन् भन्ने प्रष्ट बुझाइमा सभापति हुनुहुन्छ ।’

ती नेताका अनुसार एक वर्ष पनि नपुगी प्रचण्डलाई फाल्न खोज्दा एमालेसँग मिल्नुपर्ने हुन्छ । तर, सधैंको प्रतिस्पर्धी एमालेले कहाँ कतिबेला धोका दिन्छ त्यसको टुंगो नभएकोमा देउवा प्रष्ट रहेको ती नेता बताउँछन् । ‘प्रचण्डलाई तोड्ने भनेको ओलीलाई जोड्ने हो । तर, अनायास प्रचण्डलाई फाल्दा हामीभन्दा अगाडि उनी ओलीकहाँ पुगेर पहिलकैजस्तो गठबन्धन बनाए भने हामी फेरि पेन्डुलम बन्छौं,’ ती नेता भन्छन्, ‘शक्ति र सत्ताका सबै खेल बुझ्ने हाम्रो सभापतिले यी सबैको हिसाबकिताब गरेर हतार गरिरहनुभएको छैन ।’

ती नेताका अनुसार प्रचण्डपछि आलोपालोमा माधव नेपालको सट्टामा पहिले आफैं प्रधानमन्त्री बन्ने तयारीमा भने छन्, किनकि माधव नेपालले पनि प्रधानमन्त्री बन्ने विषयलाई धेरै प्राथमिकता नदिएको संकेत बुधबार जनकपुरमा पुगेर गरेका थिए । ‘अहिले जुन सरकार छ यही सरकारलाई अगाडि बढाउने हो । को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने पनि होइन । नेपाली कांग्रेस र नेता शेरबहादुर देउवाजी पनि यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ,’ नेपालले भनेका थिए ।

प्रचण्ड र माधव नेपालको गठबन्धनप्रति सकारात्मक बुझाइ भइरहेका बेला पार्टी नेताले आवाज उठाएकै भरमा हतारिन नहुने पक्षमा देउवा रहेको उनी निकट स्रोत बताउँछ । एक वर्ष प्रचण्डले गुजार्न लागेका छन् । यस्तोमा एक वर्षपछि उनी आफैंले सत्ता छाड्ने भएकाले सहजै प्रधानमन्त्री बन्ने बाटोमा अघि बढ्नुपर्ने मनस्थितिमा देउवा रहेको उनी निकट स्रोत बताउँछ ।

माहोल बनाउँदै शेखर

आफ्नो प्रस्तावलाई देउवाले तत्काल बेवास्ता गरे पनि शेखरले सरकारमाथि धावा बोल्न छोडेका छैनन् । आफ्नो प्रस्तावमा देउवा तयार नभएपछि शेखरले पटकपटक प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताउनुलाई रणनीतिक रूपमा हेर्नुपर्ने एक नेता बताउँछन् । ‘१५ औं महाधिवेशनमा नेता बन्ने मात्रै होइन । अहिलेको नेतृत्वको विषयमा असझदारी बढाएर भए पनि नेता बन्ने कोशिशमा शेखर लाग्नुभएको देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘सरकार फेरिए आफ्नो प्रभाव देखाउने र नफेरिए सरकारका कमजोरीलाई देखाउँदै कांग्रेसमा आफ्नो माहोल बनाउने रणनीतिमासमेत उहाँ (शेखर) हिँडेको हो कि भन्ने देखिन्छ ।’

शेखरले पछिल्लो समय देउवातिरका सांसद तानेर संसदीय दलमा आफ्नो बहुमत पुर्याउन सकिन्छ कि भनेर प्रयाससमेत गर्ने कसरत गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणलाई आफ्नो पक्षमा पार्न खोज्नुको रणनीति यसकै निरन्तरता भएको नेताहरू बताउँछन् ।

null

कांग्रेस नेता मधु आचार्य भ्रष्टाचारविरुद्ध फाइल खोले पनि निडरता र निष्पक्षताको साथ काम नगर्दा सरकारमाथि प्रश्न उठेको बताउँछन् । ‘सरकार परिवर्तनभन्दा जनअपेक्षा अनुसार काम गर्नु महत्वपूर्ण कुरा हो । भ्रष्टाचारविरुद्धका जति पनि ठूला फाइल छन् । यसलाई निष्पक्ष र ठोस निष्कर्षमा पुर्‍याओस् भन्ने हो । गल्ती कमजोरी गरेको सबैलाई कारबाहीका दायरामा ल्याउने गरी सरकार अगाडि बढ्नुपर्छ । यस्तो भए मात्रै सरकार परिवर्तन नै तत्कालीन प्राथमिकता पर्दैन,’ आचार्य भन्छन्, ‘अन्यथा चाडपर्व आउँदा महंगी र कालोबजारी नियन्त्रण नगर्ने, जनता र किसानका सामान्य आशालाई पूरा नगर्ने, दण्डहीनता झन् बढाउने भएपछि समस्या बढेर जान्छ ।’

जनताको चाहना अनुसारको तारतम्य नमिल्दा सरकारमाथि प्रश्न उठेको उनी बताउँछन् । ‘जनताको चाहनाअनुसार सरकारको काम गराइमा तारतम्य मिलेको छैन । तारतम्य मिले मात्रै जनताको सरकार बन्छ । होइन हुँदैन र गर्दैन भने जनताको आशा र आकांक्षाविपरीत हिड्ने सरकारको के अर्थ ?’ आचार्य भन्छन्, ‘सरकारको काम गर्ने तौरतरिकामा गम्भीर सुधारको आवश्यकता छ । सुधार गर्छ भनेर विकल्प खोजी हाल्ने हतारो गर्नु हुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x