×

NMB BANK
NIC ASIA

दशैंअघि सडक मर्मतको चटारो

दशैंको चाप शुरू हुन लाग्दा अधिकांश सडक मर्मतमा, ३१८ स्थानमा धमाधम काम

काठमाडाैं | असोज २४, २०८०

NTC
Premier Steels

नेपालीहरूको ठूलो चाड दशैं नजिकिँदै जाँदा सर्वसाधारण नागरिकहरू घर फर्किने तयारीमा छन् । तर, देशका मुख्य सडकहरू मर्मतका क्रममा रहेकाले यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने भएको छ ।

Muktinath Bank

मनसुन सकिएको लामो समय नभएकाले ग्रामीण सडकहरू मर्मतकै क्रममा छन् भने मुख्य राजमार्गहरूमा पनि मर्मत तथा स्तरोन्नतिको काम चलिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुग्लिन–पोखरा र नारायणगढ–बुटवल स्तरोन्नतिका क्रममा रहेका मुख्य सडक हुन भने बाँकीमा वर्षाले क्षति पुर्‍याएको ठाउँमा मर्मत भइरहेको छ । यो वर्ष वर्षातका कारण देशभरमा ३ हजार ७३७ किलोमिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सडक विभागका उपमहानिर्देशक इञ्जिनीयर प्रभातकुमार झाका अनुसार वर्षात् कम भएसँगै अहिलेसम्म १ हजार ४७ किलोमिटर सडक मर्मत गरिएको छ । 

Vianet communication

‘सोमवारसम्मको तथ्यांक अनुसार देशभरमा १०४७ किलोमिटर सडक मर्मत भएको छ, उपमहानिर्देशक झाले लोकान्तरसँग भने, ‘अहिले दिनकै मर्मत भइरहेको छ । त्यसले यो प्रत्येक दिन बढ्दै जान्छ ।’

देशभरमा ३ सय १८ क्षेत्रका सडकहरू निर्माण भइरहेका छन् । काठमाडौं जिल्लामा मात्रै १३० ठाउँमा मर्मत भइरहेको सडक विभागले जनाएको छ । 

null

विभागले मुख्यगरी सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी, काठमाडौं, पोखरा र सुर्खेतबाट काम गरिरहेको छ ।

जसमा इटहरीअन्तर्गत ६ सय १५ किलोमिटर सडकमध्ये ३ सय १० किलोमिटर सडक मर्मत भएको छ । काठमाडौंअन्तर्गतको १ हजार २२२ किलोमिटर सडकमध्ये २३६ किलोमिटर मात्रै मर्मत भएको छ । 

पोखरा कार्यालयअन्तर्गत ६ सय ४६ किलोमिटर सडकमध्ये १४३ किलोमिटर मर्मत भएको छ । 

सुर्खेत कार्यालअर्गतको २२४ किलोमिटरमध्ये ८० किलोमिटर मात्रै सडक मर्मत भएको सडक विभागले जनाएको छ । विभागले दशैंतिहारलाई लक्षित गरेर २ हजार ७०७ किलोमिटर सडक बनाउने लक्ष्य लिएको उपमहानिर्देशक झाले लोकान्तरलाई बताए । 

उनका अनुसार यी सकडमा १ अर्ब ३६ करोड १३ लाख बराबरको क्षति भएको छ । ती सडकलाई मर्मत गर्न २ अर्ब ४ करोड ४२ लाख रुपैयाँ खर्च हुन्छ । 

विभागले छोटो समयमा तीव्र गतिको उच्च वर्षात, भिरालो भू–बनोट र अव्यवस्थित मानवीय क्रियाकलापका कारण अस्थिर प्राकृतिक सतह, राजमार्गमा अनुचित एवं अनियन्त्रित पहुँच मार्गको निर्माण, अनियन्त्रित नदी कटान आदि कारणले सडकमा क्षति पुगेको जनाएको छ ।

काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग), ठोरी–भरतपुर–मुग्लिङ, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिवास–रोइला भञ्ज्याङ, डुम्रे–बेसीसहर–चामे, तानसेन–रिडी–कोरला, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा (सिद्धार्थ राजमार्ग), भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट, सिर्सिया–पथलैया, हेटौडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं (त्रिभुवन राजपथ),  पुष्पलाल (मध्यपहाडी) राजमार्ग, बर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल (बी.पी. राजमार्ग) र अमेलिया–तुल्सीपुर–शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग) लगायतका राजमार्गहरू अहिले अधिकांश समय बन्द गरेर मर्मत भइरहेको छ । दिनमा केही घण्टालाई मात्र खोलेर बाँकी समय बन्द गर्ने गरिएको छ ।

बाँकी सडकहरू केही समय बन्द गर्ने तथा केही समय खोल्ने गरी काम भइरहेको विभागको भनाइ छ ।

हेर्नुहोस्, मर्मत भइरहेका सडकहरू :

null

null

खानेपानी र ढलले गर्दा सडकमा समस्या

सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झाका अनुसार उपत्यकालगायत देशका अधिकांश शहरी क्षेत्रमा खानेपानीको पाइपलाइन र ढलले गर्दा सडकमा समस्या देखिएको छ । 

‘काठमाडौंमा त कहिले ढलले, कहिले खानेपानीले, कहिले मेलम्चीले, कहिले विद्युतले सडक भत्काउँदा मर्मतमा निकै समस्या देखिन्छ,’ झाले लोकान्तरसँग भने, ‘देशभरीमा अन्य कारणहरू पनि छन् ।’

सडक विभागका अनुसार सार्वजनिक खरिद नियमावली– २०६४ अनुसार एक निर्माण व्यवसायीले ५ वटाभन्दा बढी ठेक्का नपाउने अवस्था छ । त्यसका कारण सडक मर्मतजस्ता स–साना ठेक्कामा बोलपत्र प्रक्रियामा नै ठेकेदारले भाग नलिने समस्या पनि देखिएको छ । निर्माण व्यवसायीहरूबाट समयमा मर्मत नहुँदा र सवारीले तोकिएभन्दा बढी तौलका सामान बोक्दा पनि समस्या देखिएको उपमहानिर्देशक झाले बताए । 

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि भैपरी आउने खर्चका लागि ३ अर्ब ६७ करोड १४ लाख मध्ये १ अर्ब ६५ करोड ५० लाख रुपैयाँ सडकलाई छुट्टाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x