×

NMB BANK
NIC ASIA

फौजीको दशैं

उत्तरी नाकामा खटिएका सशस्त्र प्रहरीको दशैंः जनताको खाली घर कुर्दै हिउँमा ड्युटी

काठमाडाैं | कात्तिक ५, २०८०

NTC
Premier Steels

फौजमा जागिर खाएपछि अरूले चाडपर्व मनाउँदा आफू सुरक्षामा खटिनुपर्छ, यस्तै हो सुरक्षाकर्मीहरूको पेसा ।

Muktinath Bank

सुरक्षाकर्मीहरू जागा रहेकाले नै आमजनता ढुक्कले चाड मनाउन र निदाउन पाएका हुन् । जाडो, गर्मी, तराई, हिमाल जहाँ भएपनि फौजमा सुरक्षा दिने कसम खाएकाहरू निरन्तर खटिइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंका बेला अप्ठ्यारो ठाउँमा रहेर सुरक्षा दिनेहरूको अवस्थाबारे थोरै जानकारी लिऔंः


Advertisment
Nabil box
Kumari

null

Vianet communication

सबैभन्दा माथिल्लो नाका मुस्ताङको नेचुङ आउट बोर्ड पोस्ट (बीओपी)मा रहेर ३५ जना सशस्त्र प्रहरी कर्मचारीले सुरक्षा दिइरहेका छन् ।

४५ सय मिटरभन्दा माथिको उचाइमा हिउँमै बसेर सुरक्षा दिइरहेको बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) भीमबहादुर क्षेत्रीले बताए । 

‘यहाँ अहिले पनि हिउँ परेको छ, हिजो (असोज २७) मा मात्रै पनि हिउँ परेको थियो सर,’ असोज २८ गते कुराकानीका क्रममा उनले लोकान्तरसँग भने । 

यसपालिको दशैंमा जाडो शुरू भएकाले त्यहाँका स्थानीय बासिन्दाहरू ‘औल’ (तातो ठाउँ)मा झरिसकेका छन् । त्यसकारणले त्यहाँ सुनसानजस्तै छ ।

null

स्थानीयहरूको घरको सुरक्षा र सीमाको सुरक्षामा खटिएको इन्स्पेक्टर क्षेत्रीले बताए ।

‘अहिले स्थानीयहरू औल झरिसक्नुभएको छ । यहाँ सुनसान जस्तै छ । हामी उहाँहरूको घरको सुरक्षा गरेर बसेका छौं,’ इन्स्पेक्टर क्षेत्रीले लोकान्तरसँग भने । 

नेचुङ बीओपीमा पनि दशैं भने आएको छ । जमरा राखिएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरबाट पठाएअनुसारको बडाभोज पनि भइसकेको छ ।

सशस्त्र प्रहरीले घटनस्थापनाको अर्को दिन देशभरका कार्यालयमा बडाभोज गर्ने गरेको छ ।

इन्स्पेक्टर क्षेत्री अहिले पनि दशैंमा घर जान नपाउने भएका छन् । उनी दशैंमा घर जान नपाएको २१ वर्ष भएछ । सेवामा प्रवेश गरेपछि दशैंमा घर जान नपाएको उनले बताए ।

‘म सेवामा प्रवेश गरेको २१ वर्ष भयो, अहिलेसम्म दशैंमा घर गएको छैन । यो वर्ष पनि पहिलेजस्तै दशैं आयो बाबु, किन आउँदैनस् भनेर आमाले भन्नुभएको थियो,’ इन्स्पेक्टर क्षेत्रीले लोकान्तरसँग भने, ‘ड्युटीमा जिम्मेवारी भएकाले आउन पाउँदिनँ, अर्को दशैंमा पक्कै आउँछु भनेको छु ।’

null

हिमाली जिल्ला त्यसमा पनि हिउँले ढाकिएको क्षेत्रमा ड्युटीमा खटिएका आफू मातहतका कर्मचारीको मनोबल बढाउनका लागि भए पनि त्यहाँ बसेको इन्स्पेक्टर क्षेत्री बताउँछन् । 

उनले त्यहाँ भएका आफ्ना मातहत कर्मचारीहरूलाई टीका लगाइदिएर र बीओपीको गक्षअनुसारको खाना पनि खुवाएर दशैं मनाउने लोकान्तरलाई बताए ।

‘यहाँ कार्यरत ३५ जनामध्ये ५ जनालाई बिदा दिएका छौं । सबै जनालाई एक/एकवटा चाडमा बिदा दिनेगरी मिलाएका छौं,’ इन्स्पेक्टर क्षेत्रीले लोकान्तरसँग भने । 

.....

null

यो दशैंमा उत्तरी नाकामा हिउँसँग मितेरी गाँसेर ताप्लेजुङ ओलाङचुङ्गोला बीओपीका १८ जना सशस्त्र प्रहरीले पनि उसैगरी सुरक्षा दिइरहेका छन् ।

अहिले पनि हिउँ परिरहेको अवस्थामा ड्युटी गरिरहेको उनीहरूले बताए । बीओपीका प्रमुख इन्स्पेक्टर मनोज कार्कीका अनुसार उनले विभिन्न चाडमा पालैपालो बिदा मिलाएका छन् ।

दशैं, तिहार र छठ गरेर सबै कर्मचारीलाई बिदा मिलाएको उनले बताए । 

‘हामीले सबैलाई परिवारसँग मिलेर चाड मनाउनका लागि शिफ्टमा बिदा मिलाएका छौं,’ इन्स्पेक्टर कार्कीले लोकान्तरसँग भने । 

यो दशैंमा आफू भने सुरक्षा र आफ्नो कमाण्डमा भएका कर्मचारीहरूको मनोबल उच्च पार्नका लागि बिदामा नबसेको उनले बताए ।

कार्कीले परिवारलाई यसपालिको दशैंमा आउन नसक्ने कुरा बताइसकेका छन् ।

null

‘हाम्रो जब नेचर नै यस्तै छ । अब परिवारले बुझिसक्नुभएको छ, तर पनि आउँछ कि भनेर त आश गर्नुहुन्छ नै,’ उनले भने, ‘अहिले आउँदिनँ भनेर सबै कुरा बताइसकेको छु ।’

उनले पनि सशस्त्र हेडक्वार्टरको निर्देशनअनुसार दशैंमा आफ्ना कर्मचारी र गाउँका अन्य व्यक्तिहरूलाई बोलाएर बडाभोज गर्दै दशैं भित्र्याएको र आफ्नो क्षमताअनुसार कर्मचारीलाई दशैंमा मीठो मसिनो खुवाउने बताए । 

....

अर्को निकै चर्चित बीओपी हो, दार्चुलाको तिंकर । यो नाकामा रहेका सशस्त्रका कर्मचारी कोही पनि दशैंमा घर जान पएनन् ।

हिँडेर जान लामो समय लाग्ने भएकाले बिदा पाउने कर्मचारीहरू पनि जान नपाएको तिंकर बीओपीका प्रमुख इन्स्पेक्टर जनक पौडेलले बताए ।

null 

‘यहाँ आउजाउ गर्न पनि निकै गाह्रो छ । यहाँ फोन टिप्ने ठाउँमा पुग्नै ५ घण्टा जति लाग्छ,’ इन्स्पेक्टर पौडेलले लोकान्तरसँग भने, ‘घर जाने भन्ने कुरा निकै गाह्रो विषय हो ।’

उनले पनि उपलब्ध स्रोत–साधनलाई प्रयोग गरेर दशैं मनाइरहेको बताए ।

उनका अनुसार त्यहाँ २० जना सशस्त्र प्रहरी खटिएका छन् । भू–धरातका हिसाबले पनि अप्ठ्यारो ठाउँमा भएकाले सबै कुरा असहज छ ।

null

उनले घरपरिवारभन्दा देशको सेवा गर्छु भनेर प्रवेश गरेपछि ड्युटीमै केन्द्रित हुनु आफ्नो कर्तव्य भएको बताए ।

‘हामी देशको सेवा गर्ने भनेपछि घरपरिवारबाट बाहिर आउनु पर्दोरहेछ,’ इन्स्पेक्टर पौडेलले लोकान्तरसँग भने । 

चाडपर्वभन्दा अन्य समयमा घर परिवारसँग रमाइलो गर्ने गरेको उनको भनाइ छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x