कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कम्युनिस्टहरू भौतिकवादमा विश्वास गर्छन् । आफ्ना आदर्श मूल्य र मान्यतामा तुलनात्मक प्रतिवद्ध र निर्मम हुनु कम्युनिस्टहरूको पहिचान हो । व्यवहारमा नै द्वन्द्वात्मक भौतिकवाद अपाउनुपर्छ भन्ने कट्टरता कम्युनिस्टहरूमा हुन्छ ।
तर भौतिकवादी कम्युनिस्टहरू संस्कृति, परम्परा र रीतिथितिबाट कति टाढा बस्ने भन्ने सधैं बहसको विषय बन्छ । यही द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तले परम्परा र चालनचलनका विषयमा कम्युनिस्टलाई दोधारमा उभ्याइदिने गरेको छ ।
आदर्शले प्रगतिशील विचार मान्ने भए पनि यस्ता परम्परालाई मान्ने सवालमा कम्युनिस्टहरू झन् भड्किला बन्दै गएका छन् । पार्टी, सिद्धान्त, नीति कार्यक्रम र योजनामा कम्युनिस्टहरू आकर्षक र आदर्श देखिन्छन् । तर ठाउँमा पुग्दा भने उनीहरूको व्यवहार कम्युनिस्ट आदर्शको भन्दा बेग्लै खर्चालु देखिन्छ ।
पहिले जस्तो आदर्श, सादगीभन्दा कम्युनिस्टहरू झन् उच्छृङल बनेको पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली बताउँछन् । तडकभडकमा त अरुभन्दा प्रगतिशील कम्युनिस्ट एक कदमअगाडि रहेको मैनालीको टिप्पणी छ ।
‘दशैंको अर्थशास्त्र हेर्ने हो भने तल्लो तह आर्थिक संकटमा छ । आम्दानी कम हुँदा दशैं कसरी मान्ने भन्नैमै एकथरीलाई समस्या छ । बजारमा भीड भए पनि व्यापारीहरू अघिल्लो वर्षभन्दा पोहोर कम, पोहोरभन्दा अहिले कम व्यापार भएको बताइरहेका छन्,' मैनाली भन्छन्, ‘दशैँमा निर्धक्क भएर खर्च गर्न नसक्ने पंक्ति धेरै ठूलो छ । तर सम्पन्न र कतिपय कम्युनिस्ट नेताहरूको तडकभडक बढेको छ । एकथरी बाध्यताले विदेशमा छन् । तर अर्कोथरी विदेशमा गएरसमेत दशैं तिहार जस्ता ठूलो चाडबाड तडकभकडपूर्ण हिसाबले मान्ने उच्छुखल बाटोमा छ ।’
अभ्यासको हिसाबले दशैं जस्ता चाड उत्सवभन्दा पीडा बन्नुमा राजनीतिक नेतृत्व जिम्मेवार रहेको उनी बताउँछन् ।
‘दलको नेता समाजको अगुवा हो । नेताले आफ्ना व्यवहार र आचरणमा जति प्रगतिशील अभ्यास गर्छ जनताले उत्ति रुचाउने अवस्था बन्छ । राजनीतिक नेतृत्व पछिल्लो १० वर्षमा पुरै गन्हायो । थोरै मान्छेले मात्र राजनीतिप्रति आशा गर्छ धेरैले वितृष्णाको मात्रै कुरा गर्छन्,’ मैनाली भन्छन्, ‘नेताहरूले तर चाडबाड, संस्कृति र परम्पराको नाममा आफूलाई प्रगतिशील बनाउन सकेनन् । नेताहरू आदर्श जस्तै व्यवहारिक हुनुपर्ने हो । तर चाडबाड मान्ने मामिलामा कम्युनिस्टहरू कांग्रेसभन्दा पनि भड्किला देखिएका छन् ।’
नेताहरूले आदर्श छोड्दा नागरिकले उनीहरूलाई पत्याउन छोडेको उनी बताउँछन् । ‘नेताहरू आदर्शवादी भएर तर व्यवहारवादी भएन त्यसैले उनीहरूलाई कार्यकर्ता र नागरिकले पत्याउन छोडे । नेताप्रति सम्मान र माया होइन वितृष्णा बढ्यो’ उनी भन्छन्, ‘यसैले जे कुरा गरे पनि विरोध गर्ने स्थिति आयो । राजनीतिक विकृतिले गर्दा यस्तो भएको हो ।’
कम्युनिस्टसहितका नेता आफ्नो आदर्शबाट च्यूत भएकोले दलका भाषणभन्दा पुराण सुन्न चाहनेको संख्या बढेको उनी बताउँछन् । ‘कुनै बेला राजनीतिक बहाब र आन्दोलन चर्केको बेला दलीय गतिविधिले जनतालाई जोड्थ्यो । तर जब राजनीतिक आन्दोलन शिथिल भयो तब सामाजिक र परम्पराले जित्यो’ मैनाली भन्छन्, ‘यसको असर पहिले भाषण सुन्न जाने धेरै हुन्थे तर अहिले पुराण सुन्ने धेरै छन् । श्राद्धमा जानेको संख्या बढेको छ । यो भनेको राजनीतिक वितृष्णा हो । सामाजिक धरातल पुरातनतिर फर्किने तर राजनीतिक हिसालबे नयाँ बाटो र अग्रगमनतिर लाने हो । अध्यात्मले शान्ति देला तर समाजमा सुधार दिने राजनीतिले नै हो ।’
कम्युनिस्ट सामन्तवादका विरोधी हुन् तर पछिल्ला वर्षमा दशैं वा चाडपर्वका नाममा सामन्तवादका झन् ठूला र भड्किला गतिविधि देखिएका छन् । लुगा कपडा, गहना, जुवातास, काटमार जस्ता परम्परालाई प्रगतशील बनाएर होइन भड्किलो बनाउन उनीहरू लागेका छन् । सादगी र गच्छे अनुसारको चाडबाड मान्नेभन्दा विकृति धेरै भित्र्याउनेमा कम्युनिस्ट नेताअगाडि भएको मैनाली बताउँछन् ।
‘पहिलेका दशैं सादगी, प्राकृत र स्वाभाविक हुन्थे । गच्छे क्षमता अनुसार चलाइन्थ्यो । तडकभकड कम हुनन्थ्यो । आर्थिक हैसियतअुनसार सबै जना रमाइलो हिसाबले दशैं मनाउथे’ उनी भन्छन्, ‘तर समाज जति आधुनिक हुँदै भयो विकृत पनि उत्ति बढ्यो । समाजका अगुवा अझ कम्युनिस्टहरू चाडबाडलाई प्रगतिशील बनाउन सफल भएनन् ।’
आधुनिकताले दशैंको पहिलेको जस्तो उमंग मारेको भन्दै उनी धान्न नसक्नेका लागि दशैं जस्ता चाड पीडा बनेको बताउँछन् । ‘एक समय थियो दशैं उमंगमय र स्वाभाविक थियो । धार्मिक, भेटघाट र आफन्तको आशिर्वाद थियो’ उनी भन्छन्, ‘तर अहिले कोठामै बस्ने, पिउने, खेल्ने, काटमार गर्ने क्रम बढेको छ ।’
एमाले नेता प्रदीप ज्ञवाली पनि उपभोक्तावादी समाजमा हरेक अवसरमा तडकभडकको प्रवृत्ति बढेको बताउँछन् । ‘समाज नै उपभोक्तावादी बन्दै गाएको छ। यसको असर सबैभन्दा बढी कम्युनिस्ट नेता र कार्यकर्ताको जीवनशैलीमा देखिन्छ । दशैं तिहार जस्ता हरेक चाडबाडमा मात्रै होइन तडकभडकको प्रवृत्ति सबै अवसर कार्यक्रममा देखिन्छ । यो कम्युनिस्टले अगाँल्ने आदर्श होइन’ ज्ञवाली भन्छन्, ‘मान्छे, हिजोको तुलनामा आज परिवर्तन हुँदैन भन्ने होइन । तर स्वाभाविकभन्दा अस्वाभाविक जीवनशैली र अवैधानिक आम्दानीले समाजमा नपच्ने तडकभडक उचित हुँदैन ।’
तर सांस्कृतिक परम्परागत र रहनसहन नेपालीका सामाजिक पर्व रहेको उनी बताउँछन् । ‘भड्किलो भएको पाटो र बहस अलग हो । तर संस्कृतिका पाटालाई जोगाएर जानुपर्छ । ठूला बडाको आशिर्वादलाई र सम्मान गर्ने कुरालाई विरोध गर्ने क्रममुर्खतापूर्ण र अराजकता हो’ ज्ञवाली भन्छन्, ‘यसैले चाडपर्वकलाई धार्मिकभन्दा सांस्कृतिक र सामाजिक पर्वका रुपमा मान्नुपर्छ । हामी कम्युनिस्ट त झन् प्रगतिशील बन्नैपर्छ ।’
ज्ञवाली दशैंको अवसरलाई सामाजिक आयामसँग जोड्नुपर्ने बताउँछन् । ‘दशैंमा धेरै जसो गाउँघरतिर जान्छौं । यस्तो बेला चाडबाडलाई राजनीतिकरण गर्ने होइन सामाजिक आयामको महत्वलाई खोज्ने र बाँड्न केन्द्रित हुनुपर्छ’ उनी भन्छन्, ‘गाउँका र नागरिकका समस्या, उनीहरूको इतिहास, परम्परागत विषय, सामाजिक आयामको महत्वलाई बढी ध्यान दिनुपर्छ, खानपान प्रतिस्पर्धा र जुवातासको क्रमलाई रोक्नुपर्छ ।’
नयाँ पुस्ताले आर्जन गरेका उपलब्धीलाई जोड्नमा भने ध्यानदिनु पर्ने उनी बताउँछन् । राजनीतिमा कमजोरी भए पनि वितृष्णा मात्रै रहेको मान्न ज्ञवाली तयार छैनन् । ‘राजनीतिक कमजोरी होलान्, प्रणाली र संरचनामा सुधार आवश्यक छन् । तर गाउँगाउँ, बदलिएको छ । विद्यालय, स्वास्थ्यमा पहुँच र सहरका सुविधा गाउँसम्म पुगेका छन् । पूर्वाधारले गाउँको परिवेशलाई जोडेको छ । तर गाउँमा रोजगारीले नागरिकलाई जोड्न नसक्दा मात्रै समस्या आएको हो’ उनी भन्छन्, ‘तर २० वर्षमा देश खत्तमै मात्रै भएको छैन । नसोचेको परिवर्तन पनि आएको छ ।’
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...