×

NMB BANK
NIC ASIA

सरकारी सवारीको दुरुपयोग बढ्दो

बाग्लुङ | कात्तिक १३, २०८०

NTC
Premier Steels

बागलुङ जिल्लामा सरकारी सवारीको दुरुपयोग बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारीको दुरुपयोग बढेपछि धमाधम कारबाहीको दायरामा ल्याउन थालेको हो । 

Muktinath Bank

जिल्लामा सार्वजनिक बिदाको दिन सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारीसधान प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियताका साथ कारबाही गर्न थालेको छ । असोजभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ सरकारी सवारीसधान कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । जिल्लामा असोज महिनादेखि सरकारी सवारीको जाँचमा कडाइ गरिएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी सवारी लिएर पर्यटकीयस्थल हिँडेको, घुम्न हिँडेको र विना काममा सरकारी सवारीको प्रयोग बढेपछि कारबाही गर्न थालिएको छ । स्थानीय तहका सरकारी सवारी बढी दुरुपयोग भएको प्रहरीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

असोज महिनाको तीन दिनमा मात्रै १६ सरकारी सवारी मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए । 

Vianet communication

खड्काले असोजको ३ गते, असोजको ६ गते र असोजको २० गते मात्रै १६ वटा सरकारी सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताउनुभयो । जसमध्ये तीन वटा जीप र १४ वटा मोटरसाइकल रहेका छन् ।  तीन दिनको सार्वजनिक बिदाको दिनमा सरकारी सवारीको कारबाहीबाट तीन दिनमै रु १६ हजार राजस्व सङ्कलन भएको छ  । “सरकारी सवारी दुरुपायोग बढ्न थालेपछि सार्वजनिक बिदाको समयमा ठाउँ–ठाउँमा सरकारी सवारीको जाँच गर्दै आएका छौँ, खासगरी दसैँ सुरु भएपछि बढी सरकारी सवारीको दुरुपयोग भएको भन्ने गुनासो आएपछि होल्ड गर्न थालिएको छ”, ट्राफिक प्रहरी प्रमुख खड्काले भने, “जिल्ला प्रशासनको अनुमति विना सञ्चालनमा आएका सरकारी सवारीलाई होल्ड गरेर रु एक हजार जरिवाना गरिएको छ, यो अभियानले आगामी दिनमा निरन्तरता पाउनेछ ।”

खड्काका अनुसार अन्य समयमा सार्वजनिक र निजी सवारीको जाँच बढाएपनि सार्वजनिक बिदाको समयमा सरकारी साधन लक्षित जाँच गरिदै आइएको छ । बागलुङ बजारको मुख्य प्रवेशद्वारमा सार्वजनिक बिदाको दिन अनुमतिविनै प्रवेश गर्न खोजेका दर्जनौँ सवारीलाई गन्तव्यमा पुग्न रोक लगाएर फकाईएको छ । 

अनुमतिविना जिल्लामा सरकारी सवारी प्रवेश गर्न नदिएपछि प्रवेशद्वारबाटै फर्काइएको ट्राफिक प्रहरीको भनाइ छ । पछिल्लो समय धार्मिक पर्यटकीयस्थल, होटल तथा रेष्टुरामा बिदाको समयमा सरकारी सवारी देखिन थालेपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीब्रता दिन थालेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x