×

NMB BANK
NIC ASIA

हरिवंश, विपिन र वर्षा स्टारर चलचित्र ‘महाजात्रा’को छायांकन सुरु

काठमाडाैं | कात्तिक १५, २०८०

NTC
Premier Steels

चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । 

Muktinath Bank

काठमाडौंको शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा बुधवार पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुभमुहूर्तसँगै चलचित्रको छायांकन पनि बुधवारबाटै सुरु गरिएको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दैछन् । 


Advertisment
Nabil box
Kumari

चलचित्रको लेखक पनि उनी​ स्वयंम हुन् । 

Vianet communication

यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्का लगायतका कलाकारहरूको अभिनय रहनेछ । 

शुभमूहुर्त समारोहमा चलचित्रका अधिकांश कलाकारहरू उपस्थित थिए । शुभमूहुर्तपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेताद्वय हरिवंश र विपिनले चलचित्रलाई लिएर उत्साहित रहेको बताए ।

अभिनेत्री वर्षाले पनि यसका अघिल्ला श्रृङ्खलामा भन्दा यसमा काम गर्दा अझ​ रमाइलो हुने विश्वास व्यक्त गरिन् । अन्य कलाकारहरू पनि चलचित्रलाई लिएर उत्साहित सुनिए । 

‘महाजात्रा’मा बटमलाइनका रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक प्रदीप भट्टराईले यसपटक चलचित्रमा रमाइलो मात्र नभएर नेशनल इस्यु उठाउने प्रयास रहने बताए । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रमा रोचक रुपले प्रस्तुत गरिने जनाइएको छ । 

यो चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले​ छायांकन गर्दैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x